• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    आकाशको गतिलाई चुनौती दिने चिनियाँ रेलको कथा, विश्वलाई कसरी पार्दै छ चकित?

  • वीरगंज संजाल
  • Aug 19, 2026, 10:35 am
  • ०

    वीरगंज | १४ अगस्ट अर्थात् शुक्रबार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले धेरै प्राथमिकताका साथ एउटा समाचार प्रकाशित गरे। जहाँ चीनले अत्यधिक तीव्र गतिको म्याग्लेभ रेल प्रविधिमार्फत परीक्षणका क्रममा केवल ५.३ सेकेन्डमै शून्यबाट ८०० किलोमिटर प्रतिघण्टाको गति हासिल गरेको र सोही गतिमा रोकिएर नयाँ र दुर्लभ विश्वकीर्तिमान बनाउन सफल भयो।

    चिनियाँ रेलको लोभलाग्दो प्राविधिक फड्को यो पहिलो भने होइन। यो प्रविधि परीक्षणमार्फत पछिल्लो ६ महिनामा तेस्रोपटक आफ्नै विश्व कीर्तिमान तोड्न म्याग्लेभ रेल प्रविधि सफल भयो। तर यात्रुवाहक रेलमा पनि चीनले कीर्तिमानी गतिमा सेवा दिइरहेको छ। अहिले ३ सय ५० किलोमिटर प्रतिघन्टाको गतिमा रेल सञ्चालनमा छन्। तर प्राविधिक परीक्षणले पक्कै पनि यी प्रश्नहरू उठाएको छ कि के चिनियाँ रेल प्रविधिले आकाशको गतिलाई चुनौती दिँदै छ? आज हामी चीनको रेल प्रविधिले मारेको फड्को र यसले विश्व यातायातलाई कसरी नयाँ उचाइमा पुर्‍याउँदै छ भन्ने विषयमा विश्लेषण गर्दै छौँ।

    निरन्तर आफ्नै कीर्तिमान गतिसँगको प्रतिस्पर्धा
    चीनले पछिल्लो दशकमा अनुसन्धान र प्रविधिमा ठूलो फड्को मारेको छ। तर आफ्नै गतिमा निरन्तर सुधार गर्दै उसले निरन्तर कीर्तिमान भंग गर्दै छ। सोही प्रविधिमार्फत भइरहेको गतिको प्रतिस्पर्धालाई उसले अब यात्रुवाहक रेलको गतिमा कसरी परिवर्तन गर्दै अघि लैजान्छ हेर्न बाँकी छ। तर उसले अब रेलको यो गतिलाई मिसाइल र युद्धका सामग्री बोक्नका लागि समेत प्रयोग गर्न सक्ने सञ्चारमाध्यमहरूले जनाएका छन्।

    चीनको हुबेई प्रान्तस्थित इस्ट लेक ल्याबोरेटरीका अनुसन्धानकर्ताले १ हजार ११० किलोग्राम तौलको उच्चगतिको रेल मोडललाई केवल ५.३ सेकेन्डमा ८०० किलोमिटर प्रतिघण्टाको गतिमा पुर्‍याएका हुन्। यसका लागि चुम्बकीय लेभिटेसन र विद्युत्चुम्बकीय प्रोपल्सन (इलेक्ट्रोम्याग्नेटिक प्रोपल्सन) प्रविधि प्रयोग गरिएको प्रयोगशालाले दिएको जानकारीमा उल्लेख छ।

    प्रयोगशालाका अनुसार पछिल्लो उपलब्धि पछिल्लो छ महिनामा सोही प्रकारको परीक्षण प्लेटफर्ममा कायम गरिएको तेस्रो विश्व कीर्तिमान हो। हुबेईस्थित इस्ट लेक ल्याबोरेटरीका एक अधिकारीका अनुसार टोलीले यसअघि जुलाई १४ मा ७०० किमि प्रतिघण्टाको विश्व कीर्तिमान कायम गरेको थियो। त्यसपछि नोभेम्बर २४ मा १ हजार ११० किलोग्रामको उच्चगतिको रेल मोडललाई ५.३ सेकेन्डमै ८०० किमि प्रतिघण्टाको गतिमा पुर्‍याउँदै अर्को महत्वपूर्ण सफलता हासिल गरिएको हो।

    केन्द्रका निर्देशक ली वेइचाओले परीक्षण लाइनलाई अन्ततः ८०० किमि प्रतिघण्टाको गतिका लागि डिजाइन गरिएको र यसको निर्माण वर्षको अन्त्यसम्म पूरा गर्ने लक्ष्य रहेको बताएका थिए। उनका अनुसार निर्माण सम्पन्न भएपछि एक किलोमिटर लामो उक्त उच्चगतिको म्याग्लेभ परीक्षण लाइनलाई खुला, सहकार्यमा आधारित र साझा अनुसन्धान प्लेटफर्मका रूपमा प्रयोग गरिने छ। यसबाट खुला वातावरणमा गतिशील मोडलको वायुगतिकी, गति क्यालिब्रेसन तथा अत्यधिक भारको प्रभाव सहन सक्ने क्षमता लगायतका विषयमा परीक्षण गर्न सकिने छ।

    अन्तरिक्षदेखि यातायातसम्म प्रयोगको सम्भावना
    लीका अनुसार यस प्रविधिले भविष्यको उच्चगतिको म्याग्लेभ यातायात, अति उच्चगतिको विद्युत्चुम्बकीय स्लेड, अन्तरिक्ष प्रयोजनका विद्युत्चुम्बकीय प्रक्षेपण प्रणाली तथा चीनको ‘लो-अल्टिच्युड इकोनोमी’ अर्थात् न्यून उचाइमा सञ्चालन हुने प्रविधिको विकासमा समेत प्राविधिक आधार प्रदान गर्ने छ।

    ‘मोडर्नाइजेसन अफ म्यानेजमेन्ट’ पत्रिकाका कार्यकारी उपसम्पादक बियान योङ्जुले ग्लोबल टाइम्ससँग कुरा गर्दै इस्ट लेक ल्याबोरेटरीको पछिल्लो उपलब्धिले चीनलाई म्याग्लेभ यातायात प्रविधिको अग्रपंक्तिमा पुर्‍याएको बताएका थिए।

    परम्परागत सीमा भत्काउँदै अघि बढ्दै प्रविधि
    बेइजिङ एकेडेमी अफ सोसल साइन्सेसका सहअनुसन्धानकर्ता वाङ पेङका अनुसार चुम्बकीय उत्तोलन र विद्युत्चुम्बकीय प्रणालीमा भएका पछिल्ला उपलब्धिले परम्परागत प्रविधिभन्दा अगाडि बढ्दै उच्च गति हासिल गर्ने नयाँ बाटो खोलेका छन्।

    उनका अनुसार यस अनुसन्धानका आधारभूत सिद्धान्तलाई भविष्यमा वास्तविक उच्चगतिको रेलमा प्रयोग गर्न सकिएमा रेलको सञ्चालन गति बढाउन, यात्राको समय घटाउन र समग्र यातायात दक्षता सुधार गर्न सकिने सम्भावना छ।

    २००८ बाट सुरु भएको रेल क्रान्ति
    चीनको आधुनिक उच्चगति रेल क्रान्तिको औपचारिक सुरुवात सन् २००८ मा बेइजिङ-थियान्जिन अन्तरसहर रेलमार्गबाट भयो। यसको डिजाइन गति ३५० किमि प्रतिघन्टा थियो। बेइजिङ ओलम्पिकको पूर्वसन्ध्यामा सुरु भएको यो रेलमार्गले राजधानी बेइजिङ र नजिकैको थियान्जिनबीचको यात्रा समय नाटकीय रूपमा घटायो।

    त्यसपछि चीनले उच्चगति रेललाई केही ठूला सहरबीचको सेवा मात्र बनाएन; देशव्यापी पूर्वाधारको मेरुदण्ड बनाउँदै गयो। सन् २०१९ को अन्त्यसम्म चीनमा उच्चगति रेलमार्गको लम्बाइ ३५ हजार किलोमिटरभन्दा बढी पुगिसकेको थियो, जुन त्यसबेला विश्वको कुल उच्चगति रेलमार्गको दुईतिहाइभन्दा बढी थियो। त्यही अवधिमा चीनले ३५० किमि प्रतिघन्टाको गतिमा चल्ने फक्सिङ रेल पनि सञ्चालनमा ल्याइसकेको थियो।

    यसको अर्थ चीनले केवल तीव्र रेल बनाइरहेको थिएन; उसले रेललाई देशको आर्थिक र भौगोलिक एकीकरणको साधनका रूपमा प्रयोग गर्न सुरु गर्‍यो।

    ५० हजार किलोमिटरभन्दा ठूलो सञ्जाल
    चीनको रेल विकासको सबैभन्दा ठूलो प्रमाण अहिलेको सञ्जाल हो। २०२५ को अन्त्यमा चीनको उच्चगति रेलमार्ग ५० हजार किलोमिटर नाघ्यो। पाँच वर्षअघि अर्थात् २०२१ मा यसको सञ्चालन लम्बाइ करिब ३७ हजार ९०० किलोमिटर थियो। २०२१-२०२५ को पाँच वर्षमा मात्रै चीनले करिब १२ हजार किलोमिटर नयाँ उच्चगति रेल सञ्चालनमा ल्यायो।

    यसले चीनलाई संसारका अन्य सबै देशको संयुक्त उच्चगति रेलमार्गभन्दा ठूलो सञ्जाल भएको मुलुक बनाएको छ। चीनका ५ लाखभन्दा बढी जनसंख्या भएका करिब ९७ प्रतिशत सहर उच्चगति रेल सेवासँग जोडिएका छन्। सिन्ह्वाका अनुसार यसको दैनिक यात्रु क्षमता १ करोड ६० लाखसम्म पुग्छ। अर्थात् चीनमा रेल अब केवल सहरबीचको यातायात होइन, दैनिक जीवनकै एउटा आधारभूत संरचना बनिसकेको छ।

    ३५० किमि प्रतिघन्टाको रेल अब सामान्य बन्दै
    चीनले अहिले सञ्चालनमा रहेका उच्चगति रेलको गति ३५० किमि प्रतिघन्टासम्म पुर्‍याइसकेको छ। फक्सिङ रेलले बेइजिङ-शाङ्घाईलगायतका प्रमुख मार्गमा ३५० किमि प्रतिघन्टाको सञ्चालन गति हासिल गरेको छ। चीनले ३५० किमि प्रतिघन्टाको गतिमा चल्ने रेलमा स्वचालित सञ्चालन प्रविधिसमेत प्रयोग गरेको सरकारी दस्तावेजमा उल्लेख छ।

    यसको प्रभाव यात्रामा प्रत्यक्ष देखिन्छ। उदाहरणका लागि १,३१८ किलोमिटर लामो बेइजिङ-शाङ्घाई उच्चगति रेलमार्गमा अहिले सबैभन्दा छिटो एकतर्फी यात्रा ४ घण्टा १८ मिनेटमा गर्न सकिन्छ। सन् २०११ मा सञ्चालनमा आएको यो मार्गले १५ वर्षमा २.३ अर्बभन्दा बढी यात्रु यात्रा गराइसकेको छ।

    अब पालो सीआर ४५० को
    अब चीनले सीआर ४५० लाई व्यावसायिक रूपमा ४०० किमि प्रतिघन्टाको गतिमा सञ्चालन गर्ने लक्ष्य राखिएको छ भने परीक्षणमा यसको गति ४५० किमि प्रतिघन्टासम्म पुर्‍याउने गरी डिजाइन गरिएको छ। यसको प्रोटोटाइप सन् २०२४ को अन्त्यमा सार्वजनिक गरिएको थियो।

    सीआर ४ सय ५० को विशेषता केवल गति होइन। उच्च गतिका कारण ऊर्जा खपत, ब्रेकिङ दूरी, कम्पन, आवाज र सुरक्षामा आउने चुनौती समाधान गर्नु रहेको छ। २०२६ मा चाइना डेलीले उद्धृत गरेको चाइना स्टेट रेलवे ग्रुपका अनुसार ४०० किमि प्रतिघन्टाको गतिमा सीआर ४ सय ५० को आपत्कालीन ब्रेकिङ दूरी ६,५०० मिटरभन्दा कम राखिएको छ। ऊर्जा खपत २२ किलोवाट–घण्टा प्रतिकिलोमिटरभन्दा कम र भित्री आवाज ६८ डेसिबलभित्र राख्ने लक्ष्यसमेत राखिएको छ।

    यसले देखाउँछ कि चीनको दौड केवल ‘सबैभन्दा छिटो रेल’ बनाउने होइन; उच्च गति र सुरक्षा, ऊर्जा दक्षता तथा यात्रु आरामबीच सन्तुलन कायम गर्नु पनि हो।

    रेल केवल यातायात होइन, आर्थिक रणनीति पनि
    चीनको रेल क्रान्तिलाई केवल प्रविधिको उपलब्धिका रूपमा बुझ्नु अधुरो हुन्छ। रेलले चीनका सहरहरूबीचको दूरी घटाएको छ, श्रम बजार विस्तार गरेको छ र मानिसलाई ठूलो भौगोलिक क्षेत्रमा दैनिक आवतजावत गर्न सम्भव बनाएको छ। सरकारी तथ्यांकअनुसार २०२५ मा चीनको रेल सेवाले करिब ४.५९ अर्ब यात्रु यात्रा व्यवस्थापन गरेको थियो। सोही वर्ष रेलमार्फत ५.२७ अर्ब टनभन्दा बढी मालसामान ढुवानी भएको थियो।

    अर्थात् रेल चीनको अर्थतन्त्रमा यात्रु बोक्ने माध्यम मात्र होइन, औद्योगिक र व्यापारिक आपूर्ति शृंखलाको महत्वपूर्ण हिस्सा पनि हो। बेइजिङ-शाङ्घाई रेलमार्गमा १५ वर्षमै २.३ अर्ब यात्रु यात्रा हुनु यसको आर्थिक तथा सामाजिक प्रभावको एउटा उदाहरण हो।

    २०३० सम्म कति विस्तार होला रेलमार्ग?
    चीनले अहिलेको ५० हजार किलोमिटरभन्दा ठूलो सञ्जालमा पनि विश्राम लिएको छैन। चीनको राष्ट्रिय रेल सञ्चालकका अनुसार २०३० सम्म देशको कुल रेलमार्ग करिब १ लाख ८० हजार किलोमिटर पुर्‍याउने र त्यसमध्ये उच्चगति रेलमार्ग करिब ६० हजार किलोमिटर पुर्‍याउने लक्ष्य छ। सन् २०२५ मै चीनले रेल पूर्वाधारमा ९०१.५ अर्ब युआन लगानी गरेको थियो र ३,१०९ किलोमिटर नयाँ रेलमार्ग सञ्चालनमा ल्याएको थियो, जसमा २,८६२ किलोमिटर उच्चगति रेल थियो।

    यसले चीनको रेल विकासलाई अझै दशकौँसम्म चल्ने राष्ट्रिय पूर्वाधार परियोजनाका रूपमा देखाउँछ।

    चीनको रेल क्रान्तिको कथा म्याग्लेभ रेल प्रविधिमार्फत परीक्षणसम्म आइपुग्दा केवल ५.३ सेकेन्डमै शून्यबाट ८०० किलोमिटर प्रतिघण्टाको गति देखिएको छ। यसको वास्तविक कथा सन् २००८ को ३५० किमि प्रतिघन्टाको रेलको परीक्षणबाट सुरु भएर ५० हजार किलोमिटरभन्दा ठूलो उच्चगति रेल सञ्जाल निर्माण, ३५० किमि प्रतिघन्टाको नियमित सेवा, ४०० किमि प्रतिघन्टाको सीआर ४५०, ६०० किमि प्रतिघन्टाको म्याग्लेभ प्रणाली र परीक्षणमा ६५० किमि प्रतिघन्टासम्म पुग्ने प्रविधिको विकासलाई अब यात्रुवाहक बनाउने क्षणको प्रतीक्षामा छ। २० वर्षभन्दा कम अवधिमा चीनले रेललाई ‘छिटो यातायात’बाट ‘राष्ट्रिय प्रविधि र आर्थिक शक्तिको प्रतीक’मा रूपान्तरण गरेको छ।

    अब चीनको प्रश्न केवल ‘रेल कति छिटो दौडिन्छ?’ भन्ने होइन। प्रश्न हो कि रेलले मानिस, सहर, अर्थतन्त्र र प्रविधिलाई कति छिटो जोड्न सक्छ भन्ने हो।

    त्यसैले म्याग्लेभ रेल प्रविधिमार्फत ८०० किलोमिटर प्रतिघण्टाको गतिको परीक्षणलाई एउटा अलग्गै रेलको रेकर्डभन्दा पनि दुई दशक लामो चिनियाँ रेल क्रान्तिको अर्को अध्यायका रूपमा हेर्नुपर्ने देखिन्छ। जसले अब आकाशको गतिलाई चुनौती दिने चीनको प्रविधि सक्षम मानिँदै गएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।
  • सहमति कार्यान्वयन नहुँदा वीरगंज बसपार्क पुनः अस्तव्यस्त
  • छालाको क्यान्सर निराकरणमा ऐतिहासिक सफलता, खोपले क्यान्सर नफर्किने दाबी
  • नवलपुरमा समस्याग्रस्त बाघ खोज्न ट्रयापिङ क्यामेरा जडान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    सहमति कार्यान्वयन नहुँदा वीरगंज बसपार्क पुनः अस्तव्यस्त

    छालाको क्यान्सर निराकरणमा ऐतिहासिक सफलता, खोपले क्यान्सर नफर्किने दाबी

    नवलपुरमा समस्याग्रस्त बाघ खोज्न ट्रयापिङ क्यामेरा जडान

    प्रधानमन्त्री शाहको ‘एक्लो’ स्टाटसबारे रवि लामिछानेले के भने?

    यस्तो छ सरकारको प्रस्तावित आपूर्ति नीति, खाद्य सामग्री खुला बेच्न नदिने

    सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

    ओली पथमा बालेन

    रास्वपा सांसद अमरेश सिंहले भनेः छठपछि मधेसमा रास्वपाका सांसदहरुले कुटाइ खान्छन्

    साजिदाले चिट्ठामा रमाउने भनेपछि आशिकाको नियमापत्ति

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    सहमति कार्यान्वयन नहुँदा वीरगंज बसपार्क पुनः अस्तव्यस्त

    छालाको क्यान्सर निराकरणमा ऐतिहासिक सफलता, खोपले क्यान्सर नफर्किने दाबी

    नवलपुरमा समस्याग्रस्त बाघ खोज्न ट्रयापिङ क्यामेरा जडान

    प्रधानमन्त्री शाहको ‘एक्लो’ स्टाटसबारे रवि लामिछानेले के भने?

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    News

    सहमति कार्यान्वयन नहुँदा वीरगंज बसपार्क पुनः अस्तव्यस्त

    News

    छालाको क्यान्सर निराकरणमा ऐतिहासिक सफलता, खोपले क्यान्सर नफर्किने दाबी

    News

    नवलपुरमा समस्याग्रस्त बाघ खोज्न ट्रयापिङ क्यामेरा जडान

    News

    प्रधानमन्त्री शाहको ‘एक्लो’ स्टाटसबारे रवि लामिछानेले के भने?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑