• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    तीन बर्षभित्र सबै जनताको घरमा बिजुली पुग्ने उर्जामन्त्री पुनको दाबी

  • वीरगंज संजाल
  • ६ कार्तिक २०७६, बुधबार १५:३९
  • ८५१

    Shares

    चितवन  | उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले तीन बर्षभित्र सबै जनताको घरमा बिजुली पुग्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकामा भएको एक कार्यक्रमलाई संबोधन गर्दै चालू आर्थिकमा वर्ष २८ करोड बजेट छुट्टाएको बताउनुभयो । मन्त्री पुनका अनुसार ४१ जिल्लामा यसपटक पूर्ण विद्युतीकरण गर्ने काम सुरु भएको छ, त्यसमा चितवन पनि परेको छ ।’

    मन्त्री पुनले भरतपुर महानगरलाई उज्यालो बनाउनका लागि स्मार्ट लाइटको अवधारणालाई अगाडि बढाइएको बताउनुभयो । मन्त्री पुनले २० करोडको लागतमा भरतपुर महानगरमा स्मार्ट स्ट्रिट लाइट जडान गर्न लागिएको समेत बताउनुभएको छ । नेपाल सरकारले एउटा मोडेल प्रोजेक्टका रुपमा भरतपुरमा स्मार्ट स्ट्रिट लाइट जडान गर्न लागिएको उहाँको भनाइ छ ।

    भरतपुर महानगरपालिकाले गरेको नारायणी र राप्ती नदी तटबन्धसम्बन्धि छलफल कार्यक्रममा मन्त्री पुनले करीब ६ अर्बको हाराहारीमा नदी नियन्त्रण र तटबन्धनको लागि बजेट विनियोजन गरेको जानकारी दिनुभएको छ ।

    उहाँले नारायणी नदी तटबन्धलाई प्रामिकताका साथ काम अगाडि बढाउन सम्बन्धित आयोजना प्रमुखहरुलाई निर्देशन समेत दिनुभएको छ । उहाँले भन्नुभयो, ‘बजेटको कमी हुन दिने छैन, काम अगाडि बढाउनुस् ।’ अबको विकास साझेदारी मोडलमा अगाडि बढाउँदा आशातित उपलब्धि हाँसिल गर्न सकिने उहाँको भनाइ थियो ।

    कार्यक्रमका प्रदेश सांसद विजय सुवेदीले समयमै नारायणी र राप्ती नदी तटबन्धलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । अर्का प्रदेश सांसद मिलनबाबु श्रेष्ठले विकासका कार्यक्रमहरु योजनाबद्ध ढंगले अगाडि बढाउनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले नारायणी नदी तटबन्धन, पश्चिम चितवनका सिंचाइको व्यवस्था र रिंगरोडको कामलाई तीव्रताका साथ पर्याप्त बजेटसहित अगाडि बढाइदिन उर्जामन्त्री पुनसमक्ष आग्रह गर्नुभएको थियो । उहाँले मन्त्रीसामु स्मार्ट सडक बत्ती र सिंचाइको लागि नारायणी लिफ्ट र खगेरी सिंचाइको विस्तारको लागि पर्याप्त बजेटको व्यवस्था गर्नसमेत आग्रह गर्नुभएको थियो ।

    कार्यक्रममा जलस्रोत तथा उर्जा मन्त्रालयका सचिव रविन्द्र श्रेष्ठ, वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका प्रमुख मधुसुदन अधिकारी, भरतपुर २६ का वडाध्यक्ष ज्ञानप्रसाद खनाल, भरतपुर महानगरका इन्जिनियर भरत आचार्य, भरतपुर १६ कार्यवहाक अध्यक्ष ओम रावल, उवासंघ चितवनका अध्यक्ष सहनलाल प्रधानलगायतले आफ्नो धारण राख्नुभएको थियो ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वास्तुशास्त्रका यी ८ उपाय जसले तपाईंको भाग्य चम्किन्छ
  • यस्तो छ गरीबी हटाउन श्रीकृष्णले युधिष्ठिरलाई दिएको उपाय
  • वीरगन्जको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न
  • भीमले कसरी पाए हजार हात्तीको बल ? महाभारतको रोचक कथा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वास्तुशास्त्रका यी ८ उपाय जसले तपाईंको भाग्य चम्किन्छ

    यस्तो छ गरीबी हटाउन श्रीकृष्णले युधिष्ठिरलाई दिएको उपाय

    वीरगन्जको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न

    भीमले कसरी पाए हजार हात्तीको बल ? महाभारतको रोचक कथा

    आज शनिवार – ३ माघ, २०७७ – को राशिफल

    दिल्लीमा परराष्ट्रमन्त्रीले भने : सीमा समस्या चाँडो समाधान गरौँ

    मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन फोडेर डिजल चोरी

    नेपाल लेखापढी व्यवसायी एसोसिएसन बारा मा सम्पन्न

    जन्मजयन्तीको अवसरमा निसुल्क आखा शिबिरको आयोजना

    राम राजा मा.वि. शाह बहुमुखी क्याम्पको १३ औँ क्याम्पस सभा सम्पन्न

    वास्तुशास्त्रका यी ८ उपाय जसले तपाईंको भाग्य चम्किन्छ

    यस्तो छ गरीबी हटाउन श्रीकृष्णले युधिष्ठिरलाई दिएको उपाय

    वीरगन्जको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न

    भीमले कसरी पाए हजार हात्तीको बल ? महाभारतको रोचक कथा

    आज शनिवार – ३ माघ, २०७७ – को राशिफल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    वास्तुशास्त्रका यी ८ उपाय जसले तपाईंको भाग्य चम्किन्छ

    समाचार
    News

    वास्तुशास्त्रका यी ८ उपाय जसले तपाईंको भाग्य चम्किन्छ

    News

    यस्तो छ गरीबी हटाउन श्रीकृष्णले युधिष्ठिरलाई दिएको उपाय

    News

    वीरगन्जको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न

    News

    भीमले कसरी पाए हजार हात्तीको बल ? महाभारतको रोचक कथा

    News

    आज शनिवार – ३ माघ, २०७७ – को राशिफल


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑