• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    कसरी भेटिन्छ सुन ? खोज्न आइपुग्छन् भारतीय (फोटो फिचर)

  • वीरगंज संजाल
  • Oct 20, 2019, 8:50 am
  • ५१४१

    सुनसरी । भारत पश्चिम बंगलका लक्षुराम मेताम हरेक सोमबार धरानको सडकमा सुन खोज्न आईपुग्छन् । सडकमा सुन खोज्नु उनको जिविकोपार्जनको एउटा गतिलो माध्यम हो ।

    लक्षुराम जस्तै दर्जन भन्दा बढी मानिस धरानको सडकमा सुन खोज्न आउने गरेका छन् । धरानको रत्नरोडमा हरेक सोमबार सडकमा ब्रस लगाएर सडकको धुलो बढारिरहेका थुप्रै मानिस देख्न सकिन्छ ।

    उनीहरुले किन यसरी सडकमा मन लगाएर बढारेका हुन भन्ने जो कोहीलाई लाग्न सक्छ । तर धरानको रत्नरोडमा रहेको सुन पसल अगडी यसरी सडकको धुलो बढारेर सुन खोजिन्छ । सुन पसलको अगडिको धुलो बढारेर जम्मा पारिएको धुलो, फोहोर मैलालाई काठको आरीमा पानीले पखाल्दा सुन, चाँदी फेला पर्ने गरेको लक्षुराम मेताम बताउछन् ।

    हरेक हप्ता सोमवारको दिन धरानको बजार बन्द हुने र रत्नरोडमा रहेका सुन पसलहरु पनि बन्द हुने भएकोले हरेक सोमबार धरानको रत्नरोडमा सुन खोज्नेहरुको भिड हुन्छ । कत्ति मानिसलाई यसरी सडकको धुलो ब्रस लगाएर बढारेर जम्मा गरी बोरामा पोको पार्ने ती मानिसहरुलाई देखेर अचम्म मानेर हेर्ने गर्दछन् । तर उनीहरुले दिनमा एक जना बराबर पाँच आनी सम्म सुन र चादी फेला पार्ने गरेको बताउँछन् ।

    लक्षुराम जस्तै अर्का भारतीय राजु पहिरे पनि धरानमा हरेक हप्ता सडकमा सुन खोज्न आईपुग्छन् । उनी पनि धरानको रत्नरोडमा सडक बढारेर सुन फेला पर्ने गरेकोले गर्दा आफनो जीवन उपर्जनमा सहजता मिलेको बताउँछन् ।

    यसैगरी अर्का सुन खोज्न धरान आईपुगेका राजेशको पनि घर भारत नै हो । उनी पनि धरानको सडकमा सुन खोज्न नियमित आउने गरेको बताउँछन् । धरानको रत्नरोडमा सडकको धुलो बढारेर सुन खोज्नेहरु सबै जसो भारतीय नै रहेका छन् । उनीहरुले धरानमा मात्रै होईन पूर्वका विभिन्न शहरहरु विराटनगर, इटहरी, दुहवी, लाहान लगायतका स्थानहरु सम्म पुगेर यसरी सुन खोज्ने गर्दछन् । सुन पसल र सुन बनाउने ठाउँ अगडीको सडकको धुलो बढारेर काठको आरीमा पानीले पखाल्दा सुन चाँदी भेटिने भएकाले उनीहरु पूर्वका विभिन्न ठाउ सम्म पुगेर सडकको धुलोमा सुन खोज्ने गरेको राजेशले बताए ।

    सुनका गहना बनाउँदा सानो सानो धुलो सुन र चादीका टुक्रा टुक्रिने भएकोले यस्ता सुन चाँदीहरु धुलोमा हुने भएकाले एक प्रकारको काठको आरीमा पानीले पखाल्दा सुन निस्कने उनीहरु बताउँछन् । त्यही सुन प्रशोधन गरेर पुनः विक्रि गर्दा राम्रो पैसा आउने भएकाले पनि उनीहरु पूर्वका विभिन्न शहरहरु सम्म पुगेर सडक बढार्ने गर्दछन् । धरानको अरु सडकहरुमा सोमबार बजार बन्द हुने भएकोले अलि फोहोर देखिने गरे पनि धरानको रत्नरोडमा भने बिहानै देखि सडकमा ब्रस लगाएर बढार्नेहरुको उपस्थितिले गर्दा रत्नरोड अरु सडकको तुलनामा सफा देखिने गर्दछ ।

    हरेक सोमबार झिसमिसे देखिनै सडकमा धुलो बढारेर जम्मा गर्न आउने भारतीयहरुले सुन चाँदी फेला पार्ने गरेको देख्दा पहिले पहिले निकै अनौठो लाग्ने गरेको बताउने स्थानीय व्यापारी जितुराज गुप्ता भन्छन् उनीहरुको मेहेनेत हे¥यो भने साँच्चै सुन पाउन गाह्रो रहेछ । हरेक हप्ताको सोमबार सुन खोज्दै आईपुग्ने कतिपय भारतीयहरु धरानका होटल र स्थानीय धर्मशालामा बास बसेर पनि सुन खोज्ने गर्दछन् ।

    उनीहरुले जम्मा गरेको सडकको धुलो, फोहोर मैलालाई बोरामा लगाएर नजिकै तुर्के खोलामा लगेर काठको आरीमा पखाल्ने र सुन निकाल्ने गर्दछन् । यसरी उनीहरुले निकालेको सुन पुनः प्रशोधन गरी विक्रि गर्ने गरेका छन् । सडकको धुलो मैलो बढारेर दैनिक ५, ६ आनी सुन चाँदी भेटिनुले गर्दा पनि धरानको रत्नरोड सुन खोज्ने भारतीयहरुको मुख्य आर्कषण स्थल बनेको छ ।

    सडकको फोहोर धुलोमा सुन खोज्नेहरुले गर्दा धरानको रत्नरोड निकै सफा हुने गरेको स्थानीयको भनाई छ । जे होस मेहेनत ग¥यो भने धुलोमा सुन भेटिदो रहेछ भन्ने भारतीयहरुले पुष्टि गरेका छन् । धरानको रत्नरोडको धुलोमा सुन भेटिदोरैछ भन्ने उनीहरुले सावित गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ
  • २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल
  • प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।
  • म्यानपावर व्यवसायीको आन्दोलन स्थगित
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    तोलामा एक हजार छ सय बढ्यो सुनको भाउ

    सिम्पानीबाट लागुऔषधसहित छ जना पक्राउ

    नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी नियन्त्रणमा

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    News

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    News

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    News

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    News

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑