• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    यसरी भयो २२ जनाको सामूहिक हत्या

  • वीरगंज संजाल
  • २७ आश्विन २०७६, सोमबार ०८:१५
  • ७७९

    Shares

    काठमाडौं । २०६४ चैत २७ । दिनको २ बजे नेपाली कांग्रेससँग सम्बद्ध स्थानीय नेताहरु श्रीनारायण सिंहको घरमा पुग्छन् । ऐतिहासिक संविधानसभाको चुनावको अघिल्लो दिन थियो– त्यो दिन । उनीहरुले सिंहका छोरा त्रिलोकप्रताप सिहलाई ‘नेताजीले बोलाउनुभएको छ’ भन्दै चुनावको प्रचारप्रसारमा सलग्न हुन भन्छन् । ती नेताजी अरु कोही नभई काग्रेस नेता मोहम्मद आफताव आलम हुन् ।

    श्रीनारायणका लागि, जो अहिले ७० वर्ष नाघिसकेका छन्, आफ्नो २२ वर्षीय छोरालाई चुनावी अभियानमा संलग्न गराउने निर्णय गर्न सजिलो थिएन । उनी अन्योलमा थिए । चुनावका लागि केही घण्टा मात्र बाँकी थियो । स्थानीय कांग्रेस नेतृत्व मतदातालाई आकर्षित गर्न भरमग्दुर प्रयासमा थियो ।

    सुरुमा उनले छोरो त्रिलोकलाई चुनावमा संलग्न गराउन आनाकानी गरे पनि कांग्रेस नेता आलमकै जोडबलमा अन्ततः चुनाव प्रचारप्रसार टिममा सहभागी हुने अनुमति दिए । यसरी आलमकै दबाबमा गाउँमा पिन्टु भनेर चिनिने त्रिलोकप्रताप चुनावी प्रचारप्रसारमा सहभागी भए ।

    त्रिलोकका पिता श्रीनारायणलाई धेरैपछि मात्र थाहा भयो कि उनका छोरालाई चुनावी बुथहरु र प्रतिपक्षी उम्मेदवारका घरमा बम बिस्फोट गर्ने अभिप्रायले बम बोक्ने कामका लागि प्रचासप्रसार टिममा समावेश गराइएको रहेछ । बम बिस्फोट गराएर मतदातामा डर पैदा गर्ने र बुथ कब्जा गर्ने नियत आलमको थियो ।

    बम बनाउने काम स्थानीय शेख इन्डियासको गोठमा गरिएको थियो । पिन्टुसहित अर्का युवा ओसी अख्तरलाई यो काममा संलग्न गराइएको थियो । त्यो टिममा सहभागी भएपछि त्रिलोकसँगै अख्तर पनि कहिल्यै घर फर्केनन् ।

    त्यस दिन साँझ ढिलोसम्म छोराहरु घर नफर्केपछि उनीहरुको सोधखोज भएको थियो । धेरै प्रयास गरिए पनि कुनै जानकारी प्राप्त हुन सकेन । त्रिलोकका परिवारको चिन्ता त्यतिबेला झन् बढ्यो जतिबेला गाउँलेले त्यही रात बम बिस्फोटको ठूलो आवाज सुनेको बताए । स्थानीयका अनुसार त्यो बिस्फोट निकै शक्तिशाली थियो ।

    बिस्फोटको सूचना पाएपछि छिमेकी लिएर राजपुर फरदवा पुगेका थिए श्रीनारायण । घटनास्थल गाउँबाट दुई कोेष टाढा थियो । उनीहरु घटनास्थलनजिक पुगे । त्यतिबेलाका प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने (जो पछि टीकापुर झडपमा मारिए) लगायत सशस्त्र प्रहरीका जवान कुनै पनि अपरिचितलाई उक्त गाउँ पस्न नदिने उद्देश्यले तैनाथ थिए । उक्त गाउँमा रहेको इँटाभट्टामा बिस्फोटमा मारिएका र घाइतेलाई जलाइएको आशंका थियो ।

    श्रीनारायण र उनका छिमेकीलाई उक्त गाउँमा जान दिइएन तर बम बनाउने क्रममा भएको विस्फोटमा त्रिलोक र अन्य एक नेपाली तथा २० जना भारतीयको मृत्यु भएको जानकारी दिइयो । चुरोटको आगोले सल्किएर बनाउन लागेका बम बिस्फोट भएको आशंका छ । त्यतिबेला उनीहरु बम बनाउँदै चुनावी बुथहरु र प्रतिपक्षी उम्मेदवारका गढहरुमा कसरी पड्काउने भन्ने विषयमा छलफलमा पनि गर्दै थिए ।

    आजको नागरिक दैनिकमा भद्र शर्माको बाइलाइनमा यो समाचार प्रकाशित छ ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इन्धनको मूल्य फेरि बढ्यो : पेट्रोल १२१ पुग्यो
  • आज आइतवार- ०५ बैशाख २०७८ को राशिफल
  • धनुषामा बस र टिपर एकआपसमा ठोक्किँदा १७ जना घाइते
  • वीरगञ्जमा थपिए ३८ जना कोरोना संक्रमित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इन्धनको मूल्य फेरि बढ्यो : पेट्रोल १२१ पुग्यो

    आज आइतवार- ०५ बैशाख २०७८ को राशिफल

    धनुषामा बस र टिपर एकआपसमा ठोक्किँदा १७ जना घाइते

    वीरगञ्जमा थपिए ३८ जना कोरोना संक्रमित

    सामाजिक रुपान्तरणको लागि दलित समुदाय सशक्तीकरण कार्यक्रम तथा दलित दबाब समुह गठन

    भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण

    थप ८४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

    दुर्गा पुजा सेवा समिति रानिघाटको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    पर्सामा थपिए ५० बाराका ४ रौतहटका ३ जना कोरोना सङ्क्रमित पुष्टी

    आज शनिवार-०४ बैशाख २०७८ को राशिफल

    इन्धनको मूल्य फेरि बढ्यो : पेट्रोल १२१ पुग्यो

    आज आइतवार- ०५ बैशाख २०७८ को राशिफल

    धनुषामा बस र टिपर एकआपसमा ठोक्किँदा १७ जना घाइते

    वीरगञ्जमा थपिए ३८ जना कोरोना संक्रमित

    सामाजिक रुपान्तरणको लागि दलित समुदाय सशक्तीकरण कार्यक्रम तथा दलित दबाब समुह गठन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    इन्धनको मूल्य फेरि बढ्यो : पेट्रोल १२१ पुग्यो

    News

    आज आइतवार- ०५ बैशाख २०७८ को राशिफल

    News

    धनुषामा बस र टिपर एकआपसमा ठोक्किँदा १७ जना घाइते

    News

    वीरगञ्जमा थपिए ३८ जना कोरोना संक्रमित

    News

    सामाजिक रुपान्तरणको लागि दलित समुदाय सशक्तीकरण कार्यक्रम तथा दलित दबाब समुह गठन


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑