• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    वीरगन्जमा हालै निर्माण भएको बस टर्मिनल प्रयोगमा नआउँदै भासियो कालोपत्रे

  • वीरगंज संजाल
  • २१ आश्विन २०७६, मंगलवार २०:५६
  • ११३३

    Shares

     वीरगन्ज | वीरगन्जमा हालै निर्माण भएको बस टर्मिनलको कालेपत्रे भासिएको छ  । बसमा यात्रु चढाउनेरओराल्ने क्षेत्रमा कालोपत्रे भासिएको हो  ।

    बस टर्मिनल सञ्चालनका लागि ठेकेदारले सरसफाइ गर्ने क्रममा कालोपत्रे उप्केको र भासिएको थियो। असोज पहिलो साता महानगरपालिका कार्यालयले सार्वजनिक निजी साझेदारीअन्तर्गत एनके इन्टरनेसनललाई ५ वर्षका लागि ७ करोड ५० लाख रुपैयाँमा बस टर्मिनल सञ्चालनका लागि सम्झौता गरेको थियो ।

    ‘ठेक्का परेपछि सञ्चालनका लागि सरसफाइ गरिंदैथियो,’ एनके इन्टरनेसनलका निर्देशक केशव नेपालले भने, ‘प्रयोगमा नआउँदै यात्रु चढाउनेरओराल्ने क्षेत्रको कालोपत्रे ठाउँरठाउँमा भासिएको पाइयो ।’

    नेपालका अनुसार बस टर्मिनलको नवनिर्मित भवनमा समेत समस्या देखिएका छन् । ‘छतमा जम्मा भएको वर्षातको पानीको निकास निकालिएको छैन,’ उनले भने, ‘ट्यांकीमा पानी भर्ने पाइप जडान गरिएको छैन, पानी बाहिरिने पाइप मात्र छ । अन्य दुईवटा ट्यांकीमा पाइप जडान गरिएको छैन ।’ नाला सफा नगरी ढक्कन लगाइएको छ, जसले गर्दा ढलको पानी ‘ओभर फ्लो’ भइरहेको छ । ‘बिजुली जडानमा समेत कैफियत छ,’ उनले भने, ‘मोज्याक र टाइल्सको ‘फिनिसिङ’ समेत गरिएको छैन ।’

    गत भदौ १० मा उपप्रधान स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र प्रदेश– २ का मुख्यमन्त्री लालबाबु राउतले बस टर्मिनलको उद्घाटन गरेका थिए । १५ करोड ७० लाख ८६ हजार रुपैयाँमा निर्माण सम्पन्न भएको बस टर्मिनलको ठेक्का आशिषरपप्पुररोशन जेभीले पाएका थिए । २ वर्षभित्र निर्माण गर्ने गरि २०७१ माघ २२ मा सम्झौता भए पनि विभिन्न कारणले निर्माणमा ढिलाइ भएको महानगरपालिकाले जनाएको छ । ९० प्रतिशत सफ लोन, साढे ७ प्रतिशत सरकारी अनुदान र दुई दशमलव पाँच प्रतिशत महानगरपालिकाको म्याचिङ फन्डबाट ५ बिघा ५ कट्ठामा बस टर्मिनल निर्माण भएको हो ।

    बस टर्मिनल निर्माणका लागि १९ करोड ८ लाख ९५ हजार रुपैयाँ इस्टिमेट गरिएको थियो । ठेकेदार कम्पनीले १७ करोड ७३ लाख ५० हजार रुपैयाँमा ठेक्का सकार गरे पनि १५ करोड ७० लाख ८६ हजार मात्र खर्च भएको महानगरपालिकाले जनाएको छ ।

    बस टर्मिनल प्रयोगमा नआउँदै पिच भासिएको र भवनमा समेत विभिन्न कैफियत देखिएपछि के आधारमा ठेकेदारलाई भुक्तानी गरियो भन्ने विषयमा महानगरवासीले चासो लिएका छन् । वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाईंले बस टर्मिनल निर्माणमा भएको अनियमितताबारे छानबिन गर्नुपर्ने बताए ।

    महानगरपालिकाको योजना शाखाका इन्जिनियर कुमारकान्त झाका अनुसार कन्सल्ट्यान्टले बिल पेस गरेपछि भुक्तानी दिने हो । ‘कन्सल्ट्यान्ट २४ औँ घन्टा निर्माणस्थलमै हुन्छ,’ उनले भने, ‘उसैले फाइनल गरेको बिलको आधारमा भुक्तानी गरिन्छ ।’ झाका अनुसार बस टर्मिनल निर्माण भएको क्षेत्र पहिले दलदल थियो । ‘दलदल क्षेत्र भएकाले ठेकेदारले कटिङ गरेर नयाँ माटो फिलिङ गर्नुपर्थ्यो,’ उनले भने, ‘बेस राम्रो नभएकाले पिच भासिएको हो ।’ यस अघि ठेकेदारलाई पटकपटक भन्दा पनि भवनको छतको काम गरेनन् ।

    महानगरपालिकाले २ दिन अगाडि योजनाका कन्सल्ट्यान्ट र ठेकेदार कम्पनीका प्रतिनिधिलाई बोलाएर स्थलगत अनुगमन गरेको थियो । ‘हस्तान्तरण गरेको एक वर्ष भित्रसम्म योजनाको मर्मत सम्भारको जिम्मेवारी ठेकेदार कम्पनीकै हुन्छ,’ इन्जिनियर झाले भने, ‘यथाशीघ्र मर्मत गर्न निर्देशन दिएका छौँ ।’

    ठेकेदारले बस टर्मिनल हस्तान्तरण गरेको झन्डै ८ महिनापछि महानगरपालिकाले गत भदौमा उद्घाटन गरेको हो । ‘पैसा भुक्तानीका लागि ठेकेदारले गत पुसमै बस टर्मिनल हस्तान्तरणको कागजात बुझाएको थियो,’ नाम उल्लेख नगर्ने सर्तमा महानगरका एक अधिकृतले भने, ‘मर्मत सम्भारको अवधि अब तीन महिना मात्र बाँकी छ ।’ महानगरपालिकाले सितारा कन्सल्ट्यान्टलाई बस टर्मिनलको कन्सल्टयान्ट नियुक्त गरेको थियो ।

    कन्सल्ट्यान्टका इन्जिनियर अमित श्रीवास्तवका अनुसार वर्षातमा पानी जमेकाले पिच भासिएको हो । ‘पानी जम्यो,’ उनले भने, ‘महानगरपालिकाको निर्देशन दिएबमोजिम मर्मत सम्भारका लागि ठेकेदार कम्पनीलाई भनेका छौँ ।’ मर्मत सम्भार नगरे निर्माण कम्पनीले राखेको करिब डेढ करोड धरौटी रकम फिर्ता नगर्ने महानगरपालिकाले जनाएको छ ।

    मुख्य भवन भएको बस टर्मिनलमा ५५ वटा सटर, रेस्टुरेन्ट, यात्रु प्रतीक्षालय, चालकलाई आराम कक्ष र प्राथमिक स्वास्थ्य कक्षको पनि व्यवस्था छ । लामो दूरीका ५९ बसका साथै ट्याक्सी, लोकल बस, मिनी बस, रिक्सा, मोटरसाइकलको छट्टाछुट्टै पार्किङको व्यवस्था गरिएको छ । बैंक एटीएम, सैलुन र ब्युटीपार्लरको समेत सुविधा रहने महानगरपालिकाले जनाएको छ । ekantipur.com बाट

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • देशैभरका कुखुरामा रानिखेत रोगको प्रकोप, के हो रानिखेत रोग ?
  • दिवा खाजाको समितिबाट श्रीमतीकाे नाम हटाइएको भन्दै प्रधानाध्यापकमाथि हातपात
  • प्यालेस्टाइन क्षेत्रमा भएको युद्ध अपराधबारे अनुसन्धान सुरु
  • सुगौली सन्धिको २०५ वर्ष : नेपालको भूगोल र स्वाभिमान खुम्च्याउने सन्धिको सक्कल प्रति नै छैन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    देशैभरका कुखुरामा रानिखेत रोगको प्रकोप, के हो रानिखेत रोग ?

    दिवा खाजाको समितिबाट श्रीमतीकाे नाम हटाइएको भन्दै प्रधानाध्यापकमाथि हातपात

    प्यालेस्टाइन क्षेत्रमा भएको युद्ध अपराधबारे अनुसन्धान सुरु

    सुगौली सन्धिको २०५ वर्ष : नेपालको भूगोल र स्वाभिमान खुम्च्याउने सन्धिको सक्कल प्रति नै छैन

    दुबईमा सय नेपालीले ८ महिनादेखि तलब पाएनन्

    ३३ महिनामा साढे ४७ अर्बको आर्थिक अपराध

    अब मोबाइल बैंकिङबाट २ लाख र इन्टरनेट बैंकिङबाट २० लाख कारोबार गर्न पाइने

    सरकारमा जानेबारे काँग्रेसमा दुई धार

    म्यानमारमा झडप हुँदा ३८ जनाको मृत्यु

    सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता पनि सम्पन्न

    देशैभरका कुखुरामा रानिखेत रोगको प्रकोप, के हो रानिखेत रोग ?

    दिवा खाजाको समितिबाट श्रीमतीकाे नाम हटाइएको भन्दै प्रधानाध्यापकमाथि हातपात

    सुगौली सन्धिको २०५ वर्ष : नेपालको भूगोल र स्वाभिमान खुम्च्याउने सन्धिको सक्कल प्रति नै छैन

    दुबईमा सय नेपालीले ८ महिनादेखि तलब पाएनन्

    ३३ महिनामा साढे ४७ अर्बको आर्थिक अपराध

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    देशैभरका कुखुरामा रानिखेत रोगको प्रकोप, के हो रानिखेत रोग ?

    समाचार
    News

    देशैभरका कुखुरामा रानिखेत रोगको प्रकोप, के हो रानिखेत रोग ?

    News

    दिवा खाजाको समितिबाट श्रीमतीकाे नाम हटाइएको भन्दै प्रधानाध्यापकमाथि हातपात

    News

    प्यालेस्टाइन क्षेत्रमा भएको युद्ध अपराधबारे अनुसन्धान सुरु

    News

    सुगौली सन्धिको २०५ वर्ष : नेपालको भूगोल र स्वाभिमान खुम्च्याउने सन्धिको सक्कल प्रति नै छैन

    News

    दुबईमा सय नेपालीले ८ महिनादेखि तलब पाएनन्


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑