एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ । मंगलबार राति भएको खेलमा सिटीले डायनामो जाग्रेबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन रहिम स्टर्लिङ र फिल फोडिनले एक–एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको सिटीले दोस्रो हाफमा दुई गोल गरेको हो । खेलको ६६ औँ मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । सिटीका लागि खेलको ईन्जुरी समयमा फोडिनले गोल गर्दै सिटीलाई २–० गोलको जित दिलाए ।
समुह ‘सी’मा सिटी दुई खेलबा ६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । डायनामो ३ अंक सहित दोस्रो स्थानमा छ ।