• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / अर्थतन्त्र

    ८ अर्बले पनि पुरिएन खाल्टाखुल्टी

  • वीरगंज संजाल
  • १४ आश्विन २०७६, मंगलवार ०८:४६
  • ९२७

    Shares

    काठमाडौं । खाल्टाखुल्टीका कारण मुख्य राजमार्गहरूमा सहजरूपमा सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुँदै आएको छ । सरकारले स्तरोन्नति गर्ने सडकमा वर्षेनी टालटुल मात्र गर्ने नीतिका कारण अधिकांश सडकमा खाल्टाखुल्टी पर्ने गरेको छ ।

    व्यवस्थित राख्नुपर्ने मुख्य राजमार्गमा खाल्टाखुल्टीका कारण यातायात सञ्चालन गर्न कठिनाइ त छँदै छ समयमा नै यात्रुले गन्तव्यमा पुग्न नसक्ने सास्ती पनि खेप्दै आएका छन् ।

    सरकारले सडकको स्तरोन्नति गर्नेतर्फ भन्दा पनि टालटुल गर्न ध्यान दिएका कारण मर्मत गर्न खर्चिएको लगानी बालुवामा पानीजस्तै भएको छ । टालिएका सडक दुई महिना पनि टिक्दैनन् । तर, सरकारले भने सडक टाल्ने कामलाई नै प्राथमिकता दिँदै आएको छ ।

    गुणस्तरहीन सडक निर्माण गर्दा वार्षिक अर्बौं रुपियाँ सडकका खाल्टाखुल्टी पुर्नमा खर्च गर्दै आएको छ । अधिकांश सडक निर्माण सम्पन्न नहुँदै भत्कने क्रम सुरू हुने भएकाले सरकारले ठूलो बजेट सडक टाल्नकै लागि खर्च गर्नुपर्ने बाध्यता रहेको छ ।

    सडक बोर्ड नेपालले सडक मर्मत गर्न सडक विभागलाई बजेट दिने गरेको छ । यस आर्थिक वर्षमा बोर्डले सरकारसँग २४ अर्ब रुपियाँ बजेट माग गरे पनि ८ अर्ब रुपियाँ मात्र प्राप्त छ । बोर्डले देशभर रहेका रणनैतिक सडकहरूको अवस्था अध्ययन गर्न २४ अर्बको लागत स्टिमेट तयार गरेको थियो ।

    सडक विभागले मागअनुसारको बजेट नहुँदा खाल्टाखुल्टी पुर्न समस्या हुने गरेको बताएको छ । सडक बोर्डले यस वर्ष प्राप्त गरेको ८ अर्ब बजेटमा १ अर्ब ३४ करोड ७ सय ४० वटा स्थानीय तहलाई दिएको छ भने ६४ करोड अवन्डा शीर्षकमा बोर्डमै राखेको छ ।

    बाँकी बजेटले देशका रणनैतिक सडक मर्मतका लागि सडक विभागलाई दिएको छ । प्राविधिक अध्ययन गरेर सडक निर्माणका लागि सरकारले ठेक्का आह्वान गर्ने गरेको छ । तर, निर्माण व्यवसायीहरूले घटाघटमा ठेक्का हाल्ने प्रचलन रहेको हुँदा सडकको गुणस्तर खस्किने गरेको छ ।

    सडक बोर्ड नेपालका निर्देशक सागर ज्ञवालीले यस आर्थिक वर्ष सडक मर्मतका लागि २४ अर्ब बजेट माग गरे पनि ८ अर्ब मात्र प्राप्त गरेको बताउँदै भने, ‘सडकलाई व्यवस्थित राख्न धेरै ठाउँमा मर्मत गर्नुपर्ने देखिन्छ, अहिले सरकारले उपलब्ध गराएको बजेटबाटै रणनैतिक सडकको मर्मत गर्ने काम गरिरहेका छौं ।’

    मधुसूदन रायमाझीले आजको नेपाल समाचारपत्र दैनिकमा यो समाचार प्रकाशित गरेका छन् ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज आइतवार- ११ माघ २०७७ को राशिफल
  • विकास निर्माणको नाउमा प्रवेशद्धार निर्माण गर्नु गलत हो : प्रदेश सभासद रमेश पटेल
  • हेटौंडा-कुलेखानी सडक खण्ड दुई महिनाका लागि बन्द
  • २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज आइतवार- ११ माघ २०७७ को राशिफल

    विकास निर्माणको नाउमा प्रवेशद्धार निर्माण गर्नु गलत हो : प्रदेश सभासद रमेश पटेल

    हेटौंडा-कुलेखानी सडक खण्ड दुई महिनाका लागि बन्द

    २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

    पर्सा ग्यास अधिकृत बिक्रेता संघको अध्यक्षमा बीरेन्द्र साह

    चितुवाको आक्रमण प्रयासबाट मोटरसाइकलमा सवार २ जना घाइते

    जिल्ला ट्राफिक प्रहरीकार्यालय पर्साद्वारा जनचेतनामुलक कार्यक्रम सम्पन्न

    नेपालका किसान पीड़ामा छन्: प्रदेश प्रवक्ता अकरम पठान

    गजेन्द्र नारायाण सिंहको १९ औं पुण्य तिथिको अवसरमा वीरगन्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आँखा पोल्ने वा दुख्ने समस्या छ? अपनाउनुस् यस्ता उपाय

    आज आइतवार- ११ माघ २०७७ को राशिफल

    विकास निर्माणको नाउमा प्रवेशद्धार निर्माण गर्नु गलत हो : प्रदेश सभासद रमेश पटेल

    हेटौंडा-कुलेखानी सडक खण्ड दुई महिनाका लागि बन्द

    २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

    पर्सा ग्यास अधिकृत बिक्रेता संघको अध्यक्षमा बीरेन्द्र साह

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    आज आइतवार- ११ माघ २०७७ को राशिफल

    समाचार
    News

    आज आइतवार- ११ माघ २०७७ को राशिफल

    News

    विकास निर्माणको नाउमा प्रवेशद्धार निर्माण गर्नु गलत हो : प्रदेश सभासद रमेश पटेल

    News

    हेटौंडा-कुलेखानी सडक खण्ड दुई महिनाका लागि बन्द

    News

    २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

    News

    पर्सा ग्यास अधिकृत बिक्रेता संघको अध्यक्षमा बीरेन्द्र साह


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑