राष्ट्र बैंक भन्छ- दक्षिणा लेनदेन गर्दा नोट मैलो नपारौँ
वीरगंज संजाल
६ आश्विन २०७६, सोमबार २३:५१
७६०५
काठमाडौं : नेपालीहरुको महान चाड दसैंलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले आउँदो शुक्रबारदेखि नयाँ नोट साट्ने भएको छ ।
१७ गतेसम्म राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभाग अन्तर्गतका कार्यालय र अरु सरकारी बैंकका शाखाबाट नयाँ तथा सुकिला नोट लिन सकिनेछ । एक जनाले ५, १०, २०, ५० र १०० दर एक एक पाकेट गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैँयासम्म साट्न मिल्ने राष्ट्र बैंकले जनाएको छ ।
बर्सेनि नयाँ नोट बजारमा पठाइने भए पनि कम समयमा नै नोट झुत्रा हुने, फाट्ने भएपछि दसैंमा यसको सुरक्षा गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ । यसका लागि दक्षिणा लेनदेन गर्दा रंग तथा अबिर नलगाउनसमेत राष्ट्र बैंकले अनुरोध गरेको छ ।
यस्तै नोटमा जथाभावी केरमेट गर्ने, मैलो बनाउने, च्यात्ने, आकार बिगार्नेलगायतका काम गर्नेलाई कारबाही गर्ने पनि राष्ट्र बैंकले जनाएको छ ।