• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    फेसबूकले मुद्रा ‘लिब्रा’ प्रयोगमा ल्याउन चाल्यो यस्तो कदम

  • वीरगंज संजाल
  • ६ आश्विन २०७६, सोमबार ०५:५४
  • ७४७७

    बहुप्रतिक्षित कम्पनी फेसबुकले २०२० को लागि डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी लिब्रा) विश्वव्यापी रुपमा लन्च गर्ने भएको छ

    फेसबुकले लिब्रालाई प्रयोगकर्ताहरुको लागि सहज वातावरण सिर्जना गर्न इजरायलको कम्पनी सर्विसफ्रेन्डसँग सहकार्य गरेर फेसबुकको लागि आर्टिफिशियल इन्टेलिजेन्स टेकनिकबाट तयार गरिने बताइएको छ ।

    सर्विसफ्रेन्ड हाइब्रिड बान्ट आर्किटेक्चर बनाउनको लागि परिचित छ । यस प्रविधिको माध्यमबाट लिब्राको विषयमा प्रयोगकर्ताहरुलाई जागरुक बताइन्छ ।

    के हो लिब्रा (डिजिटल मुद्रा) ? 

    फेसबूकले आगामी वर्षदेखि प्रचलनमा ल्याउन खोजेको विश्वव्यापी डिजिटल मुद्रा हो, लिब्रा । डिजिटल मुद्रा भन्नाले नोट या सिक्का जत्तिकै मूल्य हुने तर इन्टरनेट मार्फत मात्रै कारोबार गर्न सकिने पैसा हो ।

    यो डिजिटल पैसा मेसेन्जर, ह्वाट्सएप जस्ता एप प्रयोग गरी छिनभरमै विश्वको जुनसुकै कुनामा पठाउन र पाउन सकिनेछ, त्यो पनि लगभग शून्य खर्चमा । हामीले रकम ब्याङ्क खातामा राखे झैं लिब्रा राख्न फेसबूकले आगामी वर्ष छुट्टै एप सार्वजनिक गर्ने तयारी गरेको छ ।

    लिब्रा ‘ओपन सोर्स’ डिजिटल मुद्रा भएकाले अन्य कम्पनीहरूले समेत लिब्रा राख्ने छुट्टै एप बनाउन सक्नेछन् । त्यसपछि मेसेन्जर या ह्वाट्सएपसँग जोडेर अर्को त्यस्तै प्रयोगकर्तालाई लिब्रा पठाउन या पाउन सकिनेछ । अर्थात्, विश्वभरि यही एउटा मुद्रा चल्नेछ ।

    स्थानीय मुद्रालाई लिब्रामा र लिब्रालाई स्थानीय मुद्रामा साटफेर समेत गर्न मिल्ने फेसबूकले जनाएको छ । यी विशेषताका आधारमा लिब्रा र अहिलेको चर्चित, महँगो क्रिप्टोकरेन्सी बिटक्वाइन लगभग उस्तै हुन् । बिटक्वाइनको मूल्य तल–माथि भइरहन्छ, तर लिब्रा त्यसो नहुने फेसबूक बताउँछ ।

    बिटक्वाइनलाई नियमन गर्ने कुनै नियमनकारी निकाय नभएका कारण त्यसमा ठगी हुनसक्ने सम्भावना पनि हुन्छ । लिब्रालाई भने एउटा ‘रिजर्भ फण्ड’ ले निरन्तर अनुगमन गर्नेछ ।

    फेसबूकले करीब चार वर्षअघि पनि डिजिटल तरिकाले भुक्तानी गर्ने प्रविधिको परीक्षण गरेको थियो । तर कुनै ब्याङ्कको खातासँग जोडेर चलाउनुपर्ने अन्य भुक्तानी प्रविधि जस्तै बनाइएकाले त्यो सफल हुन सकेन ।

    लिब्रा चलाउन भने प्रयोगकर्ताले ब्याङ्क खाता खोल्नुपर्दैन । मोबाइल फोन रिचार्ज गरे जस्तै ‘लिब्रा वालेट’ रिचार्ज गर्न र ब्याङ्कमा भएको आफ्नो रकम सहजै लिब्रामा परिणत गर्न सकिनेछ ।
    ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑