काठमाडाैं : नेपालमा हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीलाई मध्यनजर गर्दै नेपाली पौडी टोलीले भारतमा हुने १०औँ एशियाली उमेरसमूह पौडी प्रतियोगितामा सहभागिता जनाउने भएको छ । भारतको बैङ्गलोरमा हुने उक्त प्रतियोगिता यही असोज ७ देखि १५ गतेसम्म हुनेछ ।
टोली नेतामा नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्य, व्यवस्थापकमा सागर शाक्य र दीपकसागर सिंह, प्रशिक्षकमा रत्नलाल महर्जन र नयना शाक्य, निर्णायकमा विजेन श्रेष्ठ, योगेन्द्रमान श्रेष्ठ, बैकुण्ठ प्रधान र विष्णु खड्का छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले आज एक कार्यक्रमबीच बिदाइ गरे । । टोली आजै बैङ्गलोर प्रस्थान गरेको छ । रासस