• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    विद्युत्को नौ करोड बक्यौता

  • वीरगंज संजाल
  • Sep 21, 2019, 9:30 am
  • ६४६३

    दाङ । दाङमा विद्युत्को करिब नौ करोड उठन बाँकी रहेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुर र घोराहीको रु आठ करोड ८१ लाख ६९ हजार ८७२ बक्यौता उठ्न बाँकी रहेको छ । तुलसीपुर वितरण केन्द्रबाट गएको आर्थिक वर्षको रु चार करोड ४५ लाख ३४ हजार ४०४ बक्यौता उठ्न बाँकी छ, भने घोराहीबाट रु चार करोड ३६ लाख ३५ हजार ४७२ बक्यौता उठ्न बाँकी रहेको छ ।

    नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख दीपक चौधरीका अनुसार सरकारी कार्यालयले समेत विद्युत्को बक्यौता बुझाएका छैनन् । गएको वर्ष विद्युत्को महशुल नबुझाउनेमध्ये तुलसीपुरमा ५९ वटाको लाइन काटिएको प्रमुख चौधरीको भनाइ छ । लाइन काटिएपछि जरिवाना तिरेर पुनः विद्युत् जडान गर्न सकिने उनको भनाइ छ ।

    ग्राहकको काटिएको लाइन जडान गरेबापत रु २५ लाख ६४ हजार ३८३  राजश्व सङ्कलन भएको छ । लाइन काटिएर बाँकी बक्यौता नतिर्ने ग्राहकमध्ये अघिल्लो आवसम्ममा ४८ जनालाई कालोसूचीमा राखिएको छ । साथै चालू आव २०७६/०७७ मा तीन जना ग्राहकबाट रु एक लाख ७८ हजार ३० असुल गरिएको उनले बताए ।

    बक्यौता उठाउनका लागि पटक–पटक पत्र पठाउनुका साथै पत्रचार गर्ने गरेको प्रमुख चौधरीको भनाइ छ । महशुल नबुझाएको दुई महीनापछि लाइन काटिने गर्छ । तुलसीपुरमा ३८ हजार ९९१ ग्राहक रहेका छन् । घोराहीमा करीब ३५ हजार ग्राहक छन् । लमही नगरपालिका क्षेत्रमा २५ हजार रहेका छन् ।

    विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत् चुहावट नियन्त्रण कार्यलाई प्रभावकारी बनाउँदै आएको छ । पछिल्लो समय विद्युत् चुहावट अत्यधिक हुने गरेको भन्दै त्यसको निगरानीलाई कडाइ गरेको प्रमुख चौधरीले बताए । चुहावट रोक्न टोली परिचालन गरिएको छ । गएको आवमा ४७ वटा चुहावट कारवाही गरिएकोमा त्यसबाट रु चार लाख ९२ हजार ४१२  असुल गरिएको थियो ।

    अघिल्लो आव २०७४/०७५ मा ३०.८६ प्रतिशत चुहावट रहेको थियो भने गत आव २०७५/०७६ मा त्यसलाई २१.६८ प्रतिशतमा ल्याउने लक्ष्य राखिएकोमा १९.३० प्रतिशत कायम भएको थियो । बजार क्षेत्रभन्दा गाउँमा बढी चुहावट हुने गरेको छ । गएको वर्ष सबैभन्दा बढी गोलटाकुरीमा चुहावट भएको थियो । त्यसैगरी फूलबारी र कचिलामा भएको थियो । बजार क्षेत्रमा भने फाटफुट मात्रामा चुहावट हुने गरेको छ ।

    विद्युत्को पोलबाटै हुकिङ गरी लैजाने गरेको छ । घरमा मिटर नै जडान नगर्ने तर विद्युत चोरी गरी चलाउने गरेको भन्दै यस्तालाई कारवाही गर्न थालिएको बताइएको छ । कारवाही गरिएकाबाट प्रयोग गरेको परिमाणको आधारमा जरिवाना गर्ने गरिएको छ । प्रायः गर्मी समयमा बढी चुहावट हुने र पानी तान्ने मोटरलगायत अन्य इलेक्टोनिक्स सामग्री बढी प्रयोग गर्ने गरेका छन् । उनीहरुलाई कम्तीमा रु दुई हजारदेखि बढी जरिवाना हुने गरेको छ । त्यसरी प्रयोग गर्दा मिटरमा युनिट नदेखिने हुनाले विद्युत्लाई राजश्वमा घाटा लाग्ने गरेको छ । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑