• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    मैलुङ राजमार्ग सञ्चालनको तयारी

  • वीरगंज संजाल
  • ३० भाद्र २०७६, सोमबार २३:०२
  • ५७८१

    रसुवा : वर्षाकाका कारण अवरुद्ध मैलुङ—स्याफ्रुवेँशी खण्डको राजमार्ग सुचारु गराउने प्रयास द्रुत रुपमा अगाडि बढेको छ । जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टका अनुसार स्याफ्रुबाट धुन्चे पुछारको त्रिशूली दोभानसम्म र मैलुङ तर्फबाट सोले दोभानसम्म राजमार्गको अवरोध हटाउने कार्य सम्पन्न भइसकेको छ ।

    राजमार्गमा रहेका बाँकी अवरोध हटाउने काम भइरहेको र अब पाँच किमी दुरी सफा गरेपछि एक दुई दिनभित्र रोकिएका सबै सवारीसाधन आवतजावत हुने अपेक्षाका साथ ट्रक कन्टेनरका चालक खुशी भएका छन् ।

    राम्चे ग्राङबीचको पासाङल्हमु मार्गमा पहिरो गई मर्मत सम्पन्न गराउन समयावधि निकै लाग्ने भएकाले सांसद मोहन आचार्य प्रदेशसभा सदस्य प्रेम तामाङ, प्रभात तामाङ, शान्ति थिङ एवं स्थानीय प्रशासक, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष कर्नेल तामाङ, नेपाली काङ्ग्रेसका सभापति पेम्बा छिरिङ तामाङसमेतको समन्वय र सहकार्यमा सहभागी जुटाई असारदेखि बन्द स्याफ्रु मैलुङ खण्डको राजमार्ग सञ्चालन गर्न काम अगाडि बढाइएको प्रमुख भट्टले बताए।

    राजमार्गको अवरोध हटाउन मैलुङतर्फ सांसद आचार्यका दुई वटा, गल्छी त्रिशूली स्याफ्रुबेँशी सडक सुधार आयोजनाका दुई, स्याफ्रु बेँशीतर्फ गोसाइँकुण्ड गाउँपालिकाको एक, संविधानसभा सदस्य जनार्दन ढकालको एक स्काभेटर तथा रसुवागढी हाइड्रोपावर र डिभिजन सडक कार्यालयका एक÷एक लोडर प्रयोग भइरहेका गल्छी स्याफ्रुबेँशी सडक सुधार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए।

    सडक सुधार कार्यमा मैलुङतर्फबाट स्थलगतरुपमै प्रदेशसभा सदस्य तामाङ र प्रजिअ अर्जुन भण्डारीको अगुवाइमा द्रुत रुपमा काम अगाडि बढिरहेको र छोकलतर्फबाट गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पुको नेतृत्वमा काम अगाडि बढेको सडक सुधार आयोजनाले जनाएको छ ।

    मैलुङ—स्याफ्रु नदी किनारको १७ किमि राजमार्ग गत असारदेखि र राम्चे खण्डको पासाङल्हमु मार्ग यही भदौ २५ गतेदेखि बन्द भएपछि केरुङबाट सामान लिई नेपाल भित्रिएका सात सय भन्दा बढी ट्रक तथा कन्टेनर रोकिँदा अभियानका रुपमा सहभागितात्मक तवरले राजमार्ग खोल्न लागिएको बताइएको छ ।

    व्यापारीले दशैँका लागि बढी मात्रामा सामान ल्याएका र आयात भएका सामान सडक अवरोधले टिमुरे क्षेत्रमा भरिभराउ भएका भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए।

    यस्तै राम्चे क्षेत्रमा पहिराका कारण क्षति भएको पासाङल्हमु मार्ग मर्मतको कार्य अगाडि बढे पनि काम गर्न मजदूर अत्यन्तै न्यून लगाउँदा ढिलाइ भइरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑