एजेन्सी : लोकतान्त्रीक गणतन्त्र कङ्गोमा बिहीबार भएको रेल दुर्घटनामा ५० जनाको मृत्यु भएको छ। अरु धेरै घाइते भएका छन् । दुर्घटनामा परेको रेल रेलमार्गबाट बाहिर निस्किएर बिहीबार बिहान दुर्घटना भएको मानवीय सहायता मन्त्री स्टेभ एमबिकायीले जानकारी दिए।
स्थानीय समय अनुसार विहान ३ बजेतिर ताङगणन्यिक प्रान्तको मायिबारीदीमा रेलले लिक (मार्ग) छाडेकोले दुर्घटना भएको हाे।
खराब अवस्थाको रेल मार्गका कारण धेरै दुर्घटना हुने र धेरै जनाको ज्यान जाने गरेको छ।