• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  गण्डकी

    इतिहास कोर्ने हातहरू…

  • वीरगंज संजाल
  • Sep 7, 2019, 4:53 pm
  • ४२९५

    काठमाडौं : राजा प्रताप मल्लले पाँच वर्ष लगाएर बनाएको रानीपोखरी काठमाडौँ उपत्यकाको शोभा हो । यसको बिचमा शिखर शैलीमा मन्दिर बनेको थियो । विसं १७२७ कात्तिकमा रानीपोखरी निर्माण भएपछि आयोजित भव्य सभामा राजा सरिक भएका थिए । त्यही सभाको दृश्यलाई वरिष्ठ कलाकार हरिप्रसाद शर्माले चित्रमा उतारेका छन् ।

    राजा प्रताप मल्ल बाजागाजाका साथ आइरहेका छन् । राजाका भारदारी लम्बकर्ण भट्ट, जमुना गोभाजु पनि छन् । रानी र राजकुमारी घडाबाट पोखरीमा जल खन्याइरहेका र भरिरहेका छन् । अलि पर तान्त्रिक विधिअनुसार यज्ञ भइरहेको छ भने नजिकै धिमेलगायत पौराणिक बाजासहित नगरवासीको लस्कर देखिन्छ । वरिपरि काठमाडौँ उपत्यकाका दृश्य स्वयम्भू, नागार्जुन, चन्द्रागिरि, दहचोक, तलेजु भवानीको मन्दिर, दरबार र उपत्यका सहरको दृश्यलाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ ।

    सुन्दर लाग्ने ती चित्रहरू हेर्दा १८औँ शताब्दीमा प्रवेश गरेझैँ लाग्छ । बयासी वर्षीय कलाकार शर्मा भन्छन, “यो कल्पना मात्रै होइन, सत्यमा आधारित छ, बच्चामा हामी यहाँको हात्तीपाटीमा खेल्न जान्थ्यौँ, अहिले हात्तीपाटी छैन, शेर्पाहरूले च्याड्ग्रा बेच्न ल्याउँथे, सबै हराए ।” रानीपोखरी भूकम्पले तहसनहस भएपछि पुनःनिर्माणले खासै गति लिन सकिरहेको छैन । यस्ता दर्जनाैँ इतिहासलाई उनले कलामा उत्खनन गरेका छन ।

    पृथ्वीनारायण शाहको शासनकालमा भएका महत्त्वपूर्ण गतिविधि, अरनिको चीन यात्रा, पृथ्वीनारायण शाहले विसं १८२५ मा गरेको कान्तिपुरमाथिको आक्रमण, विसं १९०३ मा हनुमानढोका नजिक भएको कोत हत्याकाण्ड, स्वयम्भूमा बज्र चढाउँदै गर्दाका प्रताप मल्ल, पुरानो लुम्बिनी, भृकुटीको विवाहलगायतका ऐतिहासिक दृश्यलाई चित्रमा दुरुस्त कोर्नुभएको छ । ती दृश्य अहिले नेपाल कला परिषद् पुगेर हेर्न सकिन्छ ।

    सम्राट् अशोकले इस्वी संवत् २४९ मा लुम्बिनीको तीर्थयात्रा गरेका थिए । त्यो बेलाको अशोकस्तम्भ र सिरानीमा रहेको शीर्षघोडा राखेको दृश्यावलोकन गर्दै गरेका अशोकसहितको समग्र लुम्बिनीको ऐतिहासिक तथ्य चित्रमा समावेश छ । राजा मानदेवको कार्यकक्ष, श्रङ्चङ्गम्पो र राजकुमारी भृकुटीको साक्षात्कार भएको क्षण, मल्लकालीन हात्तीखेदा, तलेजु भवानीको मन्दिर र जयप्रकाश मल्ल, फागु पूर्णिमामा राजा प्रताप मल्ले रानीहरूसँग खेलेको होलीलाई पनि उनले चित्रमा सुन्दर ढङ्गले तेल रङमार्फत कला भरेर उतारेका छन् ।

    रहनसहन र संस्कृतिका १७ चित्रले यहाँको दैनिक जनजीवनलाई झल्काउँछ । नेवारी संस्कृति, नङ्नी र युवती, तान्त्रिक झारफुक पूजा, तिब्बतमा व्यापारका लागि जाने व्यापारीको कथा पनि चित्रमा देख्न सकिन्छ । उनी चित्रमा तेल र पानी रङको प्रयोग बढी गर्थे । यसपालिको प्रदर्शनमा तेल रङको प्रयोग छ । उनका चित्र हेर्दा आफैँ बोलिरहेझैँ हुन्छ । चित्र अवलोकनमा तत्कालीन कालखण्डको स्मरण मानसपटलमा भरिन्छ ।

    कला समीक्षक मदन चित्रकार उहाँको कलामा निखारता, बौद्धिकता, कल्पना र सिर्जनाशीलता तथा यथार्थता छ भन्छन् । कलाप्रतिको अनुराग र साधना जोकोहीका लागि अनुसरण गर्न योग्य रहेको भन्दै चित्रकारले इतिहासदेखि वर्तमानसम्मको कलाको विकासक्रम लेख्दा हरिप्रसाद शर्माको नाम छुट्यो भने त्यो अधुरै रहने दाबी गरे । कलाकार शर्माले कला साधनामा आफूलाई कहिल्यै बुढो नठान्ने बताए ।

    उनले पाँच÷छ वर्षकै उमेरदेखि चित्रकारिताको प्रयास गरेका थिए । कालीदास श्रेष्ठ, चन्द्रमान मास्केबाट व्यवहारिक ज्ञान प्राप्त गरे । जीवरत्न शाक्य प्रथम गुरु थिए । उनले पाँच वर्ष जुद्धकला पाठशालामा कला अध्ययन गरेका थिए । काठमाडौँको नेवारी बस्तीबिचमा हुर्केका उनमा नेवारी भाषाको राम्रो ज्ञान छ भने कलामा गहिरो प्रभाव छ । उनी बाल्यकालदेखि नै जहाँ मान्छे जात्रा हेर्थ्यो । उनी त्यसभित्रको सूक्ष्म कुराहरू हेर्थ्यो ।

    “जात्राका सहभागी मानिसको शरीरको चालढाल, पहिरन, गरगहना, प्रयोग गरेका सामग्री, आकार र रङमा मेरो ध्यान जान्थ्यो, मेरा चित्रमा जीवनपर्यन्त देखेका र भोगेका जनजीवन संस्कृति र इतिहासको सकेसम्म यथार्थ चित्रण गरेको छु”, शर्माले भने । जीवनको ३५÷४० वर्षसम्म बनेका चित्रको अभिलेख उनीसँग छैन । पछिल्ला २५ वर्षमा बनेका चित्रमात्र सँगाल्न उहाँ सफल छन् । उनले पछिल्लो समयमा छोरा विष्णुप्रसादसँगको सहकार्यमा नेपालको इतिहास, संस्कृति र जनजीवनलाई चित्रमा अभिलेखीकरण गर्न सकेका हुन । अहिले यहाँ ‘समयक्रममा नेपाल’ शीर्षकमा प्रदर्शन भएका ४५ चित्रमा नेपालको इतिहास, जनजीवन, संस्कृतिका अवशेष देख्न सकिन्छ ।

    उनका छोरा विष्णुप्रसाद भन्छन्, “नेपालको इतिहास र संस्कृतिको चित्राकलात्मक अभिलेख बनाउने कोसिस हो, यो शृङ्खलामा अपुरो भएको कुरा थप्दै जान्छौँ, बाबुछोराको कल्पना र यथार्थको फ्युजन हो ।” वर्तमान र भविष्यका पुस्ताले विगत देख्ने, गर्व गर्ने र सिक्ने अवसर वञ्चित हुने अवस्थामा छ । चित्र इतिहास बुझ्न र सिक्न प्रभावकारी तथा शक्तिशाली माध्यम हो । कलाका विधामध्ये प्रस्तरकला, धातुकला र काष्ठकलामा काठमाडौँले ठुलो फड्को मारे पनि चित्रकला पछि नै छ ।

    विगतका चित्रमा राजामहाराजा र देवीदेवताका चित्र निर्माण हुने गरेका कलाकारहरू सम्झन्छन् । विसं २०५२ मा धर्मपत्नी राधादेवीको निधनपछि उहाँकै सम्झनामा घरमा राधाकुटी आर्ट ग्यालरी स्थापना गरिएपछि कलाको अभिलेखीकरणमा समेत छोरासँगको सहकार्य सुरु भएको उनले बताए । त्यही बेलादेखि छोराले चलाएको मोटरसाइकल पछाडि बसेर जनजीवनका आयाम अध्ययन गर्न हरेक शनिवार क्यामेरा बोकेर ऐतिहासिक तथा पुरातात्विक क्षेत्रमा जाने अभियान सुरु भएको हो ।

    काठमाडौँ, पाटन, भक्तपुर, थिमि, हरिसिद्धि, बुङ्गमती, खोकना, चापागाउँ, चोक र बहालमा फोटो खिच्दै मानिसहरूसँग कुरा गरेर फर्कने र त्यसलाई कम्प्युटर राखेर चित्रको परिकल्पना गरी स्केच बनाएर चित्र बनाउने कामको थालनी त्यही बेलाबाट भएको हो । यसअघि विसं २०३० मा पहिलो एकल चित्रकला गरेका उनले अभियानपछि विसं २०५९ मा दोस्रो प्रदर्शनी गर्न सफल भए । त्यसपछि केही वर्षको अन्तरालमै प्रदर्शनी भयो । विसं २०६७ मा तेस्रो र २०७२ मा चौथो भएको थियो । अहिले पाँचौँ प्रदर्शनी हो । थप तीन सामूहिक चित्रकला प्रदर्शनी भएको छ । निकै परिश्रमपछि बाबुछोराको छलफलका आधारमा चित्रलाई क्यानभासमा उतार्ने गरेको उनी सम्झन्छन।

    लिच्छवी र मल्लकाललाई नेपाली कला इतिहासमै स्वर्णकाल मानिन्छ । भक्तपुरको चाँगुनारायण र लिच्छवी राजा मानदेव, अंशु बर्मा, कैलाशकुट भवन, नरेन्द्रदेव, राजकुमारी भृकुटी, नरेन्द्रदेव, अरनिको, सिद्धिनरसिंह मल्ल, भुपतिन्द्र मल्ल, प्रताप र जयप्रकाश मल्ल तथा पृथ्वीनारायण शाहसम्बन्धीका इतिहासमा उनको रुचि छ । सौन्दर्यचेत, कल्पनाशीलता, सिर्जनाशीलतायुक्त राजा प्रताप मल्लबाट शर्मा प्रभावित छन्र । उनलाई क्रियटिभ किङ्ग अफ नेपाल भनेर विशेषण लगाउछन् ।

    त्यसैले उनले धेरै प्रताप मल्ल र त्यसपछि पृथ्वीनारायणका चित्र बनाएका छन् । विषयसम्बन्धी पुस्तक अध्ययन गरेर, विज्ञसँग भेटेर, प्रस्ट नभएका कुरा बुझेर, भेटिएका सन्दर्भ चित्र हेरेर बनाउने गर्छन् । चित्र कोर्नकै लागि संस्कृतिविद् सत्यमोहन जोशी, इतिहासकार दिनेशराज पन्त, ज्ञानमणि नेपाल र हरेराम जोशीसँग उनी पटक–पटक जानकारी लिने गर्थे। उमेरले दिने भए अझै गाउँ–गाउँमा पुगेर चित्र बनाउने योजना सुनाउँदै शर्माले अब त्यो भावी पुस्ताका लागि छाडेको बताए ।

    चित्रकारले जति गरे पनि केही न केही कमजोरी छाड्ने बताउँदै कलाकार शर्माले सम्झे “भारतका राजा रवि बर्माको मैले चित्र हेरेँ, उहाँले कृष्णको चित्रमा एउटा माला नै छुटाइदिए, त्यसैले कलाकार पूर्ण होइन, एउटा न एउटा खोट हुन्छ मेरोमा पनि होला औँल्याइदिनुहोला ।” कला पारखी साहरुख ताम्राकार उनको कला आफैँ बोलिरहेझैँ लाग्ने खालको हुने बताउँछन् । शर्मा परिवारले यही इतिहासलाई चित्रमा एकीकृत गरी नेपाली, अङ्ग्रेजी र नेवारी भाषाको क्याप्सन राखी पुस्तकमा अभिलेखीकरण गर्ने योजना बनाएको छ । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑