• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय बैठक आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने

  • वीरगंज संजाल
  • Sep 7, 2019, 12:20 pm
  • ३७११

    काठमाडौं । नेपाल र चीनबीच आगामी सोमबार दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा राजधानीमा हुने प्रतिनिधिमण्डलस्तरीय वार्ता आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने भएको छ ।

    चिनियाँ विदेशमन्त्री वाङ यीको भोलिदेखि हुने नेपालको औपचारिक भ्रमण र द्विदेशीय प्रतिनिधिमण्डलस्तरीय वार्ताबारे रासससँगको सङ्क्षिप्त कुराकानीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुने जानकारी दिए ।

    उनले दुई देशबीच विगतमा भएका सन्धि सम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको समीक्षाका साथै तिनको द्रुत कार्यान्वयनमा जोड दिइने बताए ।

    चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएका समझदारी, रेलमार्ग निर्माण तथा परस्परमा सम्पर्क विस्तार र दुई देशबीच भएको यातायात तथा पारवहन सम्झौतालगायत विषयमा केन्द्रित रहेर वार्ता हुने मन्त्री ज्ञवालीले बताए । चार वर्षको अन्तरालमा चिनियाँ विदेशमन्त्रीबाट यो भ्रमण हुन लागेको छ ।

    नेपालको विकासको भरपर्दो साझेदार चीनले हासिल गरेको भौतिक एवं आर्थिक विकासबाट नेपाल कसरी लाभान्वित हुनसक्छ भन्नेमा नेपालको ध्यान केन्द्रित रहेको उल्लेख गर्दै उनले वार्तामा द्विपक्षीय हित, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विविध विषयमा पनि विचारविमर्श हुने बताए ।

    चीनको राज्य परिषद्का सदस्यसमेत रहेका विदेशमन्त्री वाङको यो भ्रमणलाई चिनियाँ राष्ट्रपति सी चीनफिङको भावी नेपाल भ्रमणको पूर्वतयारीका रुपमा लिन सकिन्छ कि भन्ने जिज्ञासामा उनले नेपाल भ्रमण गर्न महामहिम चिनियाँ राष्ट्रपतिका निम्ति उपयुक्त समय भएको जानकारी नेपालले दिएको बताए ।

    उनले भने, “उच्चस्तरीय नेतृत्वको आगमन उत्साहको विषय हो तर भ्रमणको मिति निर्धारण भएको छैन ।” नेपालका घनिष्ठ मित्र चिनियाँ राष्ट्रपतिले उपयुक्त समयमा भ्रमण गर्नेमा आफू आशावादी रहेको परराष्ट्रमन्त्रीले बताए ।  रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता
  • हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान
  • सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप
  • संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    लाइसेन्ससम्बन्धी नयाँ निर्देशिका जारी, ४८ घण्टाभित्र आवेदन स्वीकृत गरिसक्नुपर्ने व्यवस्था

    वीरगन्जको मेनरोड क्षेत्र तार र पाइपरहित बनाउन महानगरपालिकाले थाल्यो पहल

    संकटमा हिमालय : ग्लेसियर पग्लिने गति ६५ प्रतिशतले बढ्यो

    प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

    वीरगञ्जमा भारतीय कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    News

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    News

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    News

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    News

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑