१९ गतेदेखि भरतपुरको कैलाशनगरबाट हराएकी बालिका नहरमा मृ’त फेला
वीरगंज संजाल
२१ भाद्र २०७६, शनिबार ०७:१२
२०७३
भरतपुर| कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृ त भेटिएकी छन् । कैलाशनगर बस्ने छ वर्षीया स्मृति कार्की घर नजिकैको नहरमा मृ त भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिका यही भदौ १९ गते आफ्नै घरबाट हराएकी थिइन् । उनी आज बिहान घर नजिकै रहेको नहरमा फेला परेकी थिइन् । उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । अस्पतालले मृ त घोषणा गरेको हो । उनको श व परीक्षणका लागि अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । परिवारले बालिकाको ह त्या भएको भन्दै प्रहरीमा जाहेरी दर्ता गराएको छ ।
मेलम्ची क्षेत्रमा निषेधाज्ञा जारी
मेलम्ची खानेपानी आयोजनाको सिन्धुपाल्चोकस्थित मुहान क्षेत्रको अम्वाथान, सिन्धु तथा ग्यालथुम अडिट क्याम्प तथा खानेपानी कार्यालय क्षेत्रमा पाँच जनाभन्दा बढी एकैचोटी हिँडडुल गर्न नपाउने गरी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार बेलुकादेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
राष्ट्रिय गौरवको आयोजना भएकाले मजदुरले आन्दोलनमा उत्रिएर काममा बाधा पु¥याएपछि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (क) अनुसार निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेमजोङले बताउनुभयो । इटालियन ठेकेदार सिएमसीले ठेक्का तोडेर गएपछि सिएमसीको धरौटी रकम कट्टा ज्याला र सामानको भुक्तानी पाउनुपर्ने माग गर्दै स्थानीय ठेकेदार तथा मजदुर बुधबारदेखि धर्नामा बसेका थिए ।
सोही क्रममा आन्दोलनकारी र प्रहरीबीच बिहीबार झडप हुँदा प्रहरीले अश्रुग्याँस तथा रवरको गो ली प्रहार गर्दा केही मजदुर घाइतेसमेत भएका थिए । सिएमसीले छाडेपछि सरकारले बाँकी काम पूरा गर्न चिनियाँ कम्पनी सिनो हाइड्रोलाई ठेक्का दिएको छ ।