• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    प्रदेश-२ : नामकरण र स्थायी राजधानी तोक्ने झमेला

  • वीरगंज संजाल
  • Sep 3, 2019, 4:31 am
  • ३८७९

    जनकपुरधाम । प्रदेश नं २ को नामकरण र स्थायी राजधानी तोक्ने विषयमा अन्योल बढ्दै गएको छ । सो विषयमा प्रदेशसभा सचिवालयमा भदौ ५ गते दर्ता गरिएको राजनैतिक दल र दलको प्रस्तावमा असहमति राख्ने सदस्यले फरकफरक प्रस्ताव दर्ता गराए पछि यसबारे अन्योलता बढ्दै गएको हो ।

    प्रावधानअनुसार प्रदेशको नामकरण र राजधानीको टुङ्गो लगाउन दुई तिहाई मत चाहिन्छ । फरक फरक प्रस्ताव दर्ताले दुई तिहाई मतको सम्भावना नदेखिएका कारण यो विषय अनिश्चित हुँदै गएको छ । प्रदेशसभा सचिवालयमा राजनैतिक दल र प्रदेशसभा सदस्यले प्रदेशको नामकरणका लागि चार तथा राजधानीका लागि पाँच प्रस्ताव दर्ता गराएका छन् । सोमध्ये सत्तासीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले संयुक्त रूपमा प्रस्ताव दर्ता गराएकोप्रति सोही दलसँग आबद्ध सात प्रदेशसभा सदस्यले राजधानी तोक्ने विषयमा फरक प्रस्ताव दर्ता गरेका छन् ।

    प्रदेशको नामकरणका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ‘जानकी’ नाम प्रस्ताव दर्ता गराएको छ । सो दलका कतिपय प्रदेशसभा सदस्य मिथिला–भोजपुरा–मधेश प्रदेशको वकालत गरिरहेको अवस्थामा जानकी नामको प्र्रस्तावमा ऐक्यबद्धताको आशा झिनो भएको पाइएको छ । सो दलका प्रदेश नं २ का संसदीय दलका नेता सत्यनारायण मण्डल प्रदेशमा विकसित जनभावनाको कदर गर्दै राजनीतिक अवस्था, भौगोलिकता र संस्कृतिलाई ध्यानमा राख्दै जानकी नाम दर्ता गराएको बताउँछन्। सोही दलका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले जानकी नामले अन्योलता बढ्ने सम्भावना रहेको बताए ।

    नेपाली कांग्रेसले मिथिला–भोजपुरा नामको प्रस्ताव अघि सारेको छ । प्रारम्भमा सो दलका कतिपय सदस्य मिथिलाको पक्षमा क्रियाशील देखिए पनि अन्ततः मिथिला–भोजपुरा नामको प्रस्ताव दर्ता गराएको स्थितिमा सोही दलका चार प्रदेशसभा सदस्यले सोप्रति विमति राख्दै मध्य मधेशको नाम प्रस्तावित गरेका छन् । कांग्रेसका सचेतक उपेन्द्रप्रसाद कुशवाहा छलफल र संवादमार्फत प्रदेशको नामको टुङ्गो लाग्ने बताउँछन् ।

    यस्तै सत्तासीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालद्वारा संयुक्त रूपमा मधेश प्रदेशको नाम दर्ता गराइएको छ । राष्ट्रिय जनता पार्टी नेपालका प्रमुख सचेतक परमेश्वर साह मधेश आन्दोलनको माग र मधेशी जनताको भावना अनुरूप मधेश प्रदेश नामलाई अघि सारिएको बताउनुहन्छ । प्रदेश राजधानीका विषयमा अधिकांश दलले जनकपुरको नाम अघिसारे पनि क्षेत्रका बारेमा भने एकमत छैनन् ।

    कतिपय प्रदेशसभा सदस्य वीरगञ्जको नाम दर्ता गराइ सो नामप्रति छलफलमा व्यस्त छन् । सत्तासीन दलले राजधानी जनकपुरको नामको प्रस्तावमा मिथिला माध्यमिकी परिक्रमा सडक, उत्तरमा ढल्केवर राजमार्ग छुने गरी पूर्वमा कमला नदीसम्म र दक्षिणमा भारतको सीमासम्म क्षेत्रफल तोकेको पाइन्छ ।

    सत्तासीन दलकै सात प्रदेशसभा सदस्यले संयुक्त प्रस्तावको विपक्षमा राजधानी वीरगञ्जसहित विन्धवासिनी, पोखरिया, पर्सागढी, जितपुर हुँदै सिम्रौनगढको क्षेत्रफलको प्रस्ताव अघि सारेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राजधानी जनकपुर, परिक्रमा मार्गसहित पूरै धनुषाको प्रस्तावमा छलफल गरिरहेको छ भने कांग्रेसले राजधानी जनकपुरधाम र क्षेत्रफलमा जनकपुरधाम उपमहानगरपालिका प्रस्तावमा बहस गरिरहेको छ । सोही दलका चार सदस्य सोप्रति विमति राख्दै राजधानीका लागि वीरगञ्जको नाममा मत जुटाउन लागि परेका छन् ।

    मुख्य रूपले प्रदेशको नामका लागि मधेश, जानकी र मिथिला नाममा मत जुटाउन दलहरू संवाद गरिरहेका छन् । प्रदेशसभामा सत्तासीन दल समाजवादी पार्टी नेपालका ३० तथा राष्ट्रिय जनता पार्टी नेपालका २५, नेकपाका ३२ र कांग्रेसका १९ जना सदस्य रहेका छन् । वर्तमान अवस्थामा सङ्ख्याका दृष्टिले कुनै पनि दलको प्रस्तावले दुई तिहाई मत प्राप्त गर्ने आधार न्यून देखिएकाले यसको टुङ्गो लाग्ने विषय अनिश्चित देखिएको राजनैतिक विश्लेषक रोशन जनकपुरी बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • माछा फर्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गर्न प्रहरीले पीडितलाई नै दबाब दिएको आरोप
  • भोटेकोशी–त्रिशूली बाढीका मृतकको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन
  • बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग
  • अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    माछा फर्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गर्न प्रहरीले पीडितलाई नै दबाब दिएको आरोप

    भोटेकोशी–त्रिशूली बाढीका मृतकको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    माछा फर्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गर्न प्रहरीले पीडितलाई नै दबाब दिएको आरोप

    भोटेकोशी–त्रिशूली बाढीका मृतकको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    माछा फर्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गर्न प्रहरीले पीडितलाई नै दबाब दिएको आरोप

    News

    भोटेकोशी–त्रिशूली बाढीका मृतकको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन

    News

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    News

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    News

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑