एजेन्सी । बुन्डेस लिगा फुटबलमा वायर्न म्युनिखले रोमाञ्चक जित निकालेको छ । शनिबार भएको खेलमा वायर्नले मैन्जलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
वायर्नको घरेलु मैदानमा भएको खेलमा घरलेलु टोलीलाई जित दिलाउन फरक फरक खेलाडीले एक–एक गोल गर्न सफल भएका हुन् ।
वायर्नलाई फराकिलो जित दिलाउन बेन्जामिन पभर्ड, डेभिड अल्बा, इभान पेरिसिच, किन्ग्सले कोम्यान, रोबर्टो लेवान्डोस्की र अल्फन्सो डेभिसले समान एक–एक गोल गरे ।
यता पराजित मैन्जका लागि जिन पाउलले एक गोल गरे । जितसँगै वायर्नले तीन खेलबाट ७ अंक जोडेको छ । मैन्जले भने लिगमा हाल सम्म जित निकाल्न सकेको छैन ।