• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    युट्यूबलाई व्यवस्थित गर्नुपर्ने बेला भयो – सञ्चारमन्त्री बाँस्कोटा

  • वीरगंज संजाल
  • ६ भाद्र २०७६, शुक्रबार ०३:२५
  • ९११

    Shares

    काठमाण्डौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले युट्यूबलाई व्यवस्थित गर्नुपर्ने बेला आएको बताउनुभएको छ । बिहीबार मन्त्रीपरिषदले गरेका निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा उहाँले युट्यूब च्यानलमा उत्तेजना फैलाउने र अप्रिय घटना निम्त्याउने किसिमका सामग्री प्रसारण भइरहेको तिनलाई व्यवस्थित गर्नेपर्ने बताउनुभएको हो ।

    ‘के मिडिया हो ? के सामाजिक सञ्जाल हो ? हामीले बहस थालेका छौँ । दुवैलाई एउटै डालोमा हाल्नु हुँदैन, अनुसन्धानलाई प्रभावित तुल्याउने हिसाबले जुनखालको सामग्री युट्यूबमा आइराछ, यसले समाजलाई दिगभ्रमित पारेको छ, विभिन्न घटनालाई बङ्ग्याउने र प्रहरी प्रशासनलाई राम्ररी अनुसन्धान गर्न पनि नदिने यस्तै कुरालाई व्यवस्थित गर्न सूचना प्रविधि ऐन, ल्याइएको जुन संसदीय समितिमा छलफलको क्रममा छ’ उहाँले भन्नुभयो ।

    सञ्चारमन्त्री बाँस्कोटाले नेपाली प्रेस आफ्नै सुनिश्चित र सुरक्षित जिम्मेवार, मर्यादित तथा भविष्यका निम्ति सबभन्दा बढी जिम्मेवार बनोस् भन्ने उद्देश्यले आमसञ्चार ऐन र सूचना प्रविधि ऐन फरकरुपमा ल्याएको तर यसलाई सञ्चार जगत्ले नै अपव्याख्या गरिरहेको गुनासो गर्नुभयो ।

    सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जानुभएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीको स्वास्थ्याबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेको सन्दर्भमा मन्त्री बाँस्कोटाले प्रधानमन्त्री नियमित परीक्षण र नयाँ औषधि चलाइएकाले त्यसलाई कसरी मजबुत बनाउने भन्नेबारे सिङ्गापुर जान लाग्नुभएको उल्लेख गर्नुभयो ।

    उहाँले प्रधानमन्त्रीले नयाँ औषधि प्रयोग गरिसकेपछिको प्रभाव कस्तो हुन्छ, त्यसका आधारमा थप स्वास्थ्य परीक्षण पनि हुनसक्ने जानकारी दिनुभयो । प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर सक्कली र नक्कली बहसहरू चलेको टिप्पणी गर्दै सञ्चारमन्त्रीले अगाडि थप्नुभयो, ‘प्रधानमन्त्रीको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी बहस चलिरहेका छन् । सक्कली कुरा १२ वर्ष अगाडि उहाँ (प्रधानमन्त्री ओली) को मिर्गौला प्रत्यारोपण भएको हो । नक्कली कुरा चाहिँ जोतिषलाई हेराएर आएर समाचार लेख्ने, फेसबुक वा ट्वीट गर्ने । डेढअक्कली कुरा स्वास्थ्य लाभको कामना पनि गरियो कि गरिएन भनेर बहस झिक्ने कुरा हो ।’

    आराधना गरेर राजतन्त्र फर्कदैन

    राजतन्त्र फर्कने हल्लाका सन्दर्भमा सञ्चारकर्मीले सोधेको जिज्ञासामा सञ्चारमन्त्री बाँंस्कोटाले राजतन्त्र मुलुकबाट सदाका लागि अन्त्य भएको र इतिहासमा सावित भइसकेको राजतन्त्रको सपना नदेख्न आग्रह गर्नुभयो । उहाँले अब, राजतन्त्रबारे भावी पुस्ताले नेपालको राजनीतिक विकासको प्रक्रियाको अध्ययन गर्दा राजतन्त्रको विषयमा अध्ययन हुनेछ भन्नुभयो ।

    ‘मरेको राजतन्त्रले फडा उठाउन सक्दैन, म दोहो¥याएर भन्छु, ‘राजाका नाममा राजनीति गर्नेहरू डाइनोसर हुनेछन्”, अरु विकल्प छैन । चिहानमा आराधना गरेर राजतन्त्र फर्कनेवाला छैन, कोरा कल्पनामा नरुमलिऊ लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै एकजुट भएर लागौँ’ सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • देशैभरका कुखुरामा रानिखेत रोगको प्रकोप, के हो रानिखेत रोग ?
  • दिवा खाजाको समितिबाट श्रीमतीकाे नाम हटाइएको भन्दै प्रधानाध्यापकमाथि हातपात
  • प्यालेस्टाइन क्षेत्रमा भएको युद्ध अपराधबारे अनुसन्धान सुरु
  • सुगौली सन्धिको २०५ वर्ष : नेपालको भूगोल र स्वाभिमान खुम्च्याउने सन्धिको सक्कल प्रति नै छैन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    देशैभरका कुखुरामा रानिखेत रोगको प्रकोप, के हो रानिखेत रोग ?

    दिवा खाजाको समितिबाट श्रीमतीकाे नाम हटाइएको भन्दै प्रधानाध्यापकमाथि हातपात

    प्यालेस्टाइन क्षेत्रमा भएको युद्ध अपराधबारे अनुसन्धान सुरु

    सुगौली सन्धिको २०५ वर्ष : नेपालको भूगोल र स्वाभिमान खुम्च्याउने सन्धिको सक्कल प्रति नै छैन

    दुबईमा सय नेपालीले ८ महिनादेखि तलब पाएनन्

    ३३ महिनामा साढे ४७ अर्बको आर्थिक अपराध

    अब मोबाइल बैंकिङबाट २ लाख र इन्टरनेट बैंकिङबाट २० लाख कारोबार गर्न पाइने

    सरकारमा जानेबारे काँग्रेसमा दुई धार

    म्यानमारमा झडप हुँदा ३८ जनाको मृत्यु

    सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता पनि सम्पन्न

    देशैभरका कुखुरामा रानिखेत रोगको प्रकोप, के हो रानिखेत रोग ?

    दिवा खाजाको समितिबाट श्रीमतीकाे नाम हटाइएको भन्दै प्रधानाध्यापकमाथि हातपात

    सुगौली सन्धिको २०५ वर्ष : नेपालको भूगोल र स्वाभिमान खुम्च्याउने सन्धिको सक्कल प्रति नै छैन

    दुबईमा सय नेपालीले ८ महिनादेखि तलब पाएनन्

    ३३ महिनामा साढे ४७ अर्बको आर्थिक अपराध

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    देशैभरका कुखुरामा रानिखेत रोगको प्रकोप, के हो रानिखेत रोग ?

    समाचार
    News

    देशैभरका कुखुरामा रानिखेत रोगको प्रकोप, के हो रानिखेत रोग ?

    News

    दिवा खाजाको समितिबाट श्रीमतीकाे नाम हटाइएको भन्दै प्रधानाध्यापकमाथि हातपात

    News

    प्यालेस्टाइन क्षेत्रमा भएको युद्ध अपराधबारे अनुसन्धान सुरु

    News

    सुगौली सन्धिको २०५ वर्ष : नेपालको भूगोल र स्वाभिमान खुम्च्याउने सन्धिको सक्कल प्रति नै छैन

    News

    दुबईमा सय नेपालीले ८ महिनादेखि तलब पाएनन्


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑