• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    प्रदेश नम्बर २: नाम र राजधानीका लागि सत्ताधारी दल र विपक्षी दलमा ‘बागी’

  • वीरगंज संजाल
  • Aug 22, 2019, 5:10 pm
  • ३८२५

    जनकपुर– प्रदेश नम्बर २ को नामाकरण र राजधानीको सवालमा सत्तारुढ र विपक्षी दलका सांसदहरुले फरक मत दर्ता गराएका छन् । प्रदेशको नामका लागि ४ वटा प्रस्ताव दर्ता भएको छ भने राजधानीका लागि ५ वटा प्रस्ताव दर्ता भएको प्रदेश सचिवालयले जनाएको छ ।

    प्रदेशसभा सचिवालयमा सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले संयुक्त रुपमा प्रस्ताव दर्ता गराइरहँदा सोही दलका केही सांसदहरु बागी समेत बनेका छन् । सत्तारुढ दल समाजवादी पार्टी र राजपा नेपालका प्रदेशसभा सदस्यहरुले फरक–फरक प्रस्ताव दर्ता गराएका छन् ।

    सत्तारुढ दल समाजवादी पार्टी र राजपा नेपाल, प्रमुख प्रतिपक्षी दल नेकपा, नेपाली काँग्रेसका सभासदहरुले फरक– फरक प्रस्ताव दर्ता गराउँदा प्रदेश र राजधानीको नाममा विवाद चर्किदै गएको देखिन्छ ।  समाजवादी पार्टी र राजपा नेपालले संयूक्त रुपमा प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम हुनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका छन् ।

    प्रस्तावमा राजधानीको सीमा समेत तोकिएको छ । राजधानीको सीमामा मिथिला माध्यमिकी परिक्रमा सडक, उत्तरमा ढल्केवर राजमार्ग छुनेगरी, पूर्वमा कमला नदिसम्म र दक्षिणमा भारतको सीमासम्म तोकिएको छ ।
    राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले मधेशी जनता र मधेश आन्दोलनको म्याण्डेटको आधारमा आफूहरुले प्रदेशको नाम मधेश नै उपयुक्त हुने भन्दै नामका लागि मधेश प्रस्ताव गरेको बताए ।

    उनले जनकपुरधाम प्राचिन मिथिलाको राजधानी रहेको र यस स्थलको आफ्नै ऐतिहासिकता महत्व रहेकाले राजधानीका लागि जनकपुरधामको विकल्प नरहेको स्पष्ट पारे । mप्रदेश नम्बर २ को राजधानी र नामाकरणका लागि काँग्रेसले पनि प्रस्ताव दर्ता गराएको छ । काँग्रेसले प्रदेशको नाम मिथिला भोजपूरा र राजधानी जनकपुरधाम उपमहानगरपालिका प्रस्ताव दर्ता गराएको छ ।

    काँग्रेसको तर्फबाट सचेतक उपेन्द्रप्रसाद कुश्वाहाले प्रस्ताव दर्ता गराएका हुन् ।  यसअघि नेकपाले प्रदेशको नाम जानकी प्रदेश र राजधानी जनकपुर परिक्रमासहित पुरै धनुषा जिल्लाका लागि नाम प्रस्ताव दर्ता गराएको छ ।

    नेकपा प्रदेश २ संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेशमा विकसित जनभावनालाई कदर गर्दै प्रदेशको ऐतिहासिकतालाई ध्यानमा राख्दै प्रदेशको नाम जानकी प्रदेश राख्न आफूहरुले प्रस्ताव दर्ता गराएको बताए । उनले प्रदेश २ को राजनीतिक अवस्था, भौगोलिकता तथा संस्कृतिलाई ध्यानमा राख्दै राजधानीका लागि जनकपुर परिक्रमा मार्गसहित पूरै धनुषा जिल्लालाई प्रस्ताव दर्ता गराएको स्पष्ट पारे ।

    सत्ताधारी र विपक्षीद्वारा फरक मत दर्ता

    प्रदेशको नाम र राजधानीका लागि दलहरुबीच फरक फरक प्रस्ताव दर्ताले थप अन्यौलता सृजना गरेको छ ।  नेपाली काँग्रेसका प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साहले प्रस्तावमा प्रदेशको नाम मध्य मधेश र राजधानीका लागि वीरगञ्ज प्रस्ताव दर्ता गराएका छन् । उनको प्रस्तावलाई नेपाली काँग्रेसका बागी सदस्यहरु ओमप्रकाश शर्मा, शंकर प्रसाद शर्मा र असिया देवी थरुनीले समर्थन गरेका छन् ।

    त्यस्तै समाजवादी पार्टीका बागी प्रदेशसभा सदस्य सिंघासन साह कलवारले राजधानीका लागि फरक प्रस्ताव दर्ता गराएका छन् । उनले दर्ता गराएको प्रस्तावमा वीरगञ्जलाई राजधानीको रुपमा प्रस्ताव गरिएको छ । सो प्रस्तावमा वीरगञ्जसहित बिन्धवासिनी, पोखरिया, सखुअवा, पर्सागढी जितपुर निजगढ हुँदै सिम्रौनगढसम्मलाई राजधानी तोक्न प्रस्ताव गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑