• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    गैरकानुनी रुपमा पोखरी ठेक्का लगाउँछन् वडा अध्यक्ष

  • वीरगंज संजाल
  • Aug 22, 2019, 3:23 pm
  • ५०१९

    वीरगन्ज : पर्साको पकहाँमैनपुर–४ लहावरथकरीमा रहेका दुई ठूला पोखरी वडाध्यक्षले नियम मिचेर ठेक्कामा लगाएका छन् । सार्वजनिक पोखरी वडाध्यक्ष डेढी यादवले गैरकानुनी तरिकाले ठेक्कामा दिएको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षणसमेत गराएका छन् ।

    गाउँपालिकामा अवैध ठेक्काको बारेमा जानकारी गराउँदा कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो छ । वडाध्यक्ष निकटका ठेकेदारले पोखरीमा माछाका भुरा हालेका छन् । वडाध्यक्ष यादवले भने आफूले ठेक्कामा नलगाएको दाबी गरेका छन् । ‘रेखदेखको जिम्मा मात्र दिएको हुँ,’ उनले भने, ‘ठेक्कामा लगाएको छैन ।’

    एउटा पोखरीमा वैजनाथ र अर्का पोखरीमा चेतमन भन्ने ठेकेदारले माछाको भुरा हालेको त्यही वडाका सदस्य अनिल साह तेलीले जनाए । ‘कुन प्रक्रियाले पोखरीमा माछा हाल्न दिनुभयो भनेर वडा अध्यक्षलाई सोधेका थियौँ,’ पकाहाँमैनपुर गाउँपालिका ४ का वडा सदस्य तेलीले भने, ‘वडा अध्यक्षले भन्छन्, ‘दिएको छैन,’ तर माछाका भुरा हाल्नेले भन्छन्– ‘वडाध्यक्षको आदेशमा हालेका हौँ ।’

    लाखौँ रुपैयाँ आम्दानी आउने सार्वजनिक पोखरी मनोमानी ढंगले आफू निकटका मान्छेलाई दिइएको उनले बताए । यसअघि ती पोखरी ठेक्कामा लाग्दै आएका थिए । उनका अनुसार साढे दुई बिघा क्षेत्रफलको एउटा पोखरी ३४ लाख रुपैयाँमा ५ वर्षका लागि ठेक्कामा लगाइएको छ । अर्को पोखरी १३ लाख रुपैयाँमा ठेक्का लगाइएको छ ।

    स्थानीय तहमा जनप्रतिनिधि आएको झन्डै दुई वर्ष पुग्नै लाग्दा पनि आन्तरिक आम्दानीको बलियो स्रोतको रूपमा रहेको पोखरीलाई ठेक्कामा लगाउन सकेका छैनन् । यसले वार्षिक लाखौँ रुपैयाँ आम्दानी गुमिरहेको छ ।

    पकाहाँमैनपुर गाउँपालिकामा १० वटा पोखरी छन् । गाउँपालिकाका अनुसार ती कुनैमा पनि ठेक्का लगाइएको छैन । जनप्रतिनिधि निकटका मान्छेले माछाका भुरा हालेका छन् । स्थानीयका अनुसार जनप्रतिनिधिकै रोहवरमा माछा निकाल्ने र बिक्री वितरण गर्ने गरिएको छ ।

    गैरकानुनी रूपले पोखरी प्रयोग गरिरहेका छन् । पोखरीको आम्दानीबाहेक गाउँपालिकाको आन्तरिक आय स्रोत न्यून छ । मालपोत करबाट वार्षिक करिब ५० हजार रुपैयाँ मात्र आम्दानी हुने गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका कार्यालय भवनबाट ५ सय मिटरको दूरीमा रहेको ३ बिघा क्षेत्रफलको मधुवनी पोखरीमा समेत ठेक्का लाग्न सकेको छैन ।

    गत आर्थिक वर्षमा प्रदेश २ सरकारले उक्त पोखरी स्तरोन्नतिका लागि २५ लाख रुपैयाँ विनियोजन गरे पनि राजनीतिक खिचातानीका कारण काम हुन सकेन । गाउँपालिका प्रमुख विजयकुमार चौरसियाले प्रदेश सरकारले पठाएको बजेट मधुवनी र पकाहाँका गाउँलेबीचको खिचातानीका कारण खर्च हुन नसकेको बताए । ‘प्रदेश सरकारले बजेट पठाउँदा मधुवनी पोखरी वडा ३ लेखेर पठायो,’ गाउँपालिका प्रमुख चौरसियाले भने,‘ तर, पोखरी वडा २ मा पर्छ । यही विवादले काम हुन सकेन । वडा सच्याएर पठाउन पत्राचार गर्दा गर्दै आर्थिक वर्ष सकियो ।’

    उनका अनुसार पोखरी ठेक्काबाट आएको आम्दानी वडामा जाने कि गाउँपालिकामा रहने बारेमा पनि विवाद छ । ‘१० वटा पोखरी ठेक्काबाट वार्षिक करिब एक करोड रुपैयाँ आम्दानी आउने देखिन्छ,’ गाउँपालिका कार्यालयका एक कर्मचारी भन्छन्, ‘ठेक्का लगाउन पटकपटक ध्यानाकर्षण गराउँदा पनि जनप्रतिनिधिले चासो देखाएका छैनन् ।’

    गाउँपालिका प्रमुख विजयकुमार चौरसियाले केही पोखरीको ठेक्का अवधि भर्खरै सकिएको बताए । ‘केही पोखरी पुरिएका पनि छन्,’ उनले भने, ‘आन्तरिक आम्दनी बढाउनका लागि चाँडै ठेक्का लगाउँछौं ।’ सार्वजनिक पोखरी व्यक्तिगत रूपमा दोहन भइरहेको जानकारी आफूलाई पनि आएको गाउँपालिका प्रमुख चौरसियाले बताए । ‘गैरकानुनी रूपले भइरहेको दोहन रोक्न पत्राचार गरेका छौँ,’ उनले भने ।

    -भूषण यादवले कान्तिपुृर दैनिकमा वीरगञ्जबाट यो समाचार लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑