• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / राजनीति

    प्रधानमन्त्रीलाई गाली गरेपछी बाराबाट पक्राउ परेका मैनाली के भन्छन् ?

  • वीरगंज संजाल
  • ५ भाद्र २०७६, बिहीबार ०३:५९
  • ३७३७

    काठमाडौँ : सबैथोक ठीकसँग चलेको भए बारा जितपुरका २६ वर्षीय सागर मैनाली यतिबेला वैदेशिक रोजगारीका निम्ति मलेसिया जान सुटकेस किनिरहेका हुनेथिए वा विदेश जाँदा के के लैजाने भन्ने सूची बनाइरहेका हुनेथिए ।

    आइतबार साँझ उनको समयतालिका खलबलियो जब दुई नौला मान्छे घरमा झुल्किए । ती मान्छे सादा पोसाकमा खटिएका नेपाल प्रहरीका अनुसन्धान अधिकारी थिए ।

    प्रहरी लिन आएपछि उनी टिसर्ट पहिरेर खुरुखुरु घर नजिकैको इलाका प्रहरी कार्यालय जितपुरमा गए । भोलिपल्ट अर्थात् सोमबार उनलाई जहाजमार्फत काठमाडौं ल्याइयो र साइबर अपराध गरेको आरोपमा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइयो । बुधबार प्रहरी परिसर काठमाडौंमा भेटिएका सागरले आफूलाई मुद्दा लाग्नुको पृष्ठभूमि मात्रै सुनाएनन्, आम नागरिकको छटपटीलाई प्रतिनिधित्व गर्ने केही तथ्य पनि अघि सारे ।

    पाँच वर्षअघि वैदेशिक रोजगारीको तीन वर्षे यात्रा टुंग्याएर मलेसियाबाट फर्केका सागर दुई वर्षयता घरतिरै थिए । उनी दिनगन्तीका हिसाबले गाउँतिरै पाएअनुसारको काम गर्थे । कहिले भेटिने, कहिले नभेटिने कामले उनको गर्जो चलिरहेको थिएन । उनले आफ्नो परिचय दिने बेला सुरुमै भनेका थिए, ‘भाग्य खोटो रैछ । गरिबको घरमा जन्मेँ ।’

    प्रधानमन्त्री खड्गप्रसाद ओली, सरकार सञ्चालन गरिरहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेतालाई अश्लील गाली गरेको आरोपमा सागर पक्राउ परेका हुन् । सागरले आइतबार घरमै मोबाइलले एउटा भिडियो खिचेका थिए, जसमा उनले हातमा खुकुरी उठाउँदै नेताहरूलाई तिखो प्रश्न गरेका छन् र हालै मात्र आत्महत्या दुरुत्साहनको घटनामा अनुसन्धानका निम्ति पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेको समर्थन गर्दै सोधेका छन्, ‘के नेपालको इतिहास बदलिन्छ ?’

    चितवनको नारायणगढस्थित एक होटलमा पत्रकार शालिकराम पुडासैनीलेआत्महत्या गरेपछि र यही मुद्दामा जोडिएर सञ्चारकर्मी लामिछाने पक्राउ परेको र यससँगै उनका पक्षमा सामाजिक सञ्जाल र खासगरी युटयुबमा अनेक सामग्री आएको पृष्ठभूमिमा सागरले नेताहरूलाई अश्लील गाली गर्दै आक्रोश पोखेका थिए ।

    ३० सेकेन्डको यही भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेपछि महानगरीय प्रहरी अपराध महाशाखाले इलाका प्रहरी कार्यालय जितपुरको सहयोगमा उनलाई पक्राउ गरेर काठमाडौं ल्याएको हो । प्रहरी परिसर काठमाडौंले उनीमाथि पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट मंगलबार अनुमति लिइसकेको छ ।

    कान्तिपुर दैनिकसँगको कुराकानीमा सागरले नेताहरूलाई गाली गर्नुको कारण बताउँदै प्रश्न गरे, ‘देशमा लोकतन्त्र आएको दशक भइसक्दा पनि किन दलहरूले केही लछारपाटो लाउन सकेनन् ? माओवादीले परिवर्तनका निम्ति दशक लामो युद्ध लडेर पनि नेपालमा किन केही भएन ? ओलीले ग्यासको पाइप ल्याउँछु भन्थे, ल्याए ? शेरबहादुर त्यति पटक प्रधानमन्त्री भए ? के गरे ?’

    आफूले दुई तीनवटा भिडियो खिचेको तर खुकुरी देखाएको भिडियो मात्रै पोस्ट गरेको सागरले बताए । ‘मैले एउटा भिडियोमा त पुलिसलाई पनि गाली गरेको थिएँ । केही पो भइहाल्ला कि भनेर त्यो भिडियो पोस्ट गरिनँ,’ उनले भने । सागरका अनुसार बुधबार उनले पोस्ट गरेको भिडियो दुई घण्टामै १२ सय जनाले हेरेका थिए । भिडियो भाषिक हिसाबले मर्यादित र सभ्य छैन तर भिडियो पोस्ट गरेपछिका दुई दिनमै उनलाई सयभन्दा धेरैको फ्रेन्ड रिक्वेस्ट आएको थियो ।

    एक जना एजेन्टलाई एक लाख २५ हजार बुझाएर मलेसिया पुगेका सागरले त्यहाँ एसी निर्माण कम्पनीमा काम गरेका थिए । दैनिक आठ घण्टा कामबापत उनी मासिक २० हजार रुपैयाँ कमाउँथे । सागरका अनुसार मलेसिया जाँदा जग्गा बैंकमा धितो राखेर ऋण निकालेका थिए । ‘झन्डै वर्ष दिनको कमाइ त ऋण तिर्दैमा गयो,’ उनले भने, ‘नेपालमै केही गरी खान मिल्ने भए म किन मलेसिया जान्थेँ ?’

    मलेसिया पुगेपछि मात्रै नेपालमा किन विकास हुन सकेन, किन कुनै काम पनि ठीकसँग हुँदैन भन्ने थाहा पाएको सागरले बताए । मलेसियाबाट फर्केपछि देशप्रति माया लाग्न थालेको उनले बताए । उनले डेढ वर्षअघि दाहिने नाडीमा नेपालको राष्ट्रिय झन्डाको टयाटु खोपेका छन् र लेखेका छन्, ‘यो मन त मेरो नेपाली हो ।’ सागरले अहिलेसम्म कुनै राजनीतिक दलको सदस्यता नलिएको बताए । ‘फेसबुक र युटयुबबाट राजनीतिक कुरा थाहा पाउँछु । रिस मात्रै उठेर आउँछ,’ उनले भने ।

    आफ्नो पुस्ता दु:खकै खाडलमा जाकिएको र यसबाट उम्किने उपाय नभएको उल्लेख गर्दै सागरले भने, ‘आगामी पुस्ताले पनि यस्तै नियति भोग्नु नपरोस् भन्ने सोच्दासोच्दै नेताप्रति औधी रिस उठेर भिडियो बनाएँ । खुकुरीदेखाउन चाहिँ हुन्थेन कि !’ उनले थपे, ‘नेताहरूले केही गर्न नसकेरै त हो हामीले खाडीको ४५ डिग्री तातोमा पसिना बगाउनुपरेको ।’

    सागर आफू हिंसामा विश्वास गर्ने मान्छे नभएको बताउँछन् । उनले पाखुरामा शिवको टयाटु खोपेको देखाए अनि रातो रंगको भेस्ट अलिक माथि तानेर कम्मरभन्दा माथिल्लो भागमा खोपेको बुद्धको टयाटु पनि देखाए । भिडियोमा खुकुरी नचाएको विषयमा उनको आफ्नै तर्क छ, ‘मैले कसैलाई काट्न मार्न उज्याएको हैन । मैले जसरी सबैले खुकुरी देखाएर खबरदारी गरे नेता सुध्रेलान् कि भनेर हो ।’

    सागरले खुकुरी देखाएर गल्ती गरेको स्विकारे पनि नेताहरू बिग्रेका छन् भन्ने अडानमा भने कायमै रहे । उनले सञ्चारकर्मी लामिछानेबारे भर्खरै थाहा पाएका हुन् । उनले युटयुबमा लामिछानेका केही कार्यक्रम हेरेका छन् । ‘दु:ख सुनाउन कहाँ जाने ? सरकारले नसुनेर त रविकहाँ जान पर्‍यो नि । त्यही भएर त्यो मान्छे मन परेको । त्यो मान्छेबारे मलाई अरू धेरै कुरा थाहा छैन,’ उनले भने ।

    सागरले लामिछाने पक्राउपछि त्यसको विरोधमा बनाइएका केही भिडियो फेसबुकमा सेयर गरेकोदेखिन्छ तर फेसबुकमा राजनीतिक कुरा वा विचारका पोस्ट देखिँदैनन् ।

    मलेसियाको तीनवर्षे कमाइबाट सागरले करिब चार लाख बचाएका थिए । फर्केलगत्तै तामाङ थरकी युवतीसँग बिहे गरे । उनकी पत्नी टिनाले कान्तिपुरसँगको कुराकानीमा आफ्ना श्रीमान् राजनीतिबारे चासो राख्ने मान्छे नभएको सुनाइन् । ‘पुलिसले पक्रेपछि मात्रै त्यस्तो भिडियो हालेको पनि थाहा पाएँ,’ उनले भनिन् ।

    बिहेपछि करिब एक वर्ष सागरले काठमाडौंमा रहेको दिदी–भिनाजुको होस्टलमा काम गरे । त्यहाँ मन नअडिएपछि उनी गाउँमै फर्किएका थिए । ६ कक्षा मात्रै पढेका उनले भने, ‘अलि पढया मान्छे पनि परिनँ । त्यही भएर पनि न काम न के भनेजस्तो भयो ।’ श्रीमान् बेकामीमा बसेको देखेपछि मलेसिया पठाउन टिनाले नै पहल थालेकी थिइन् । सागरका दुई बहिनीमध्ये ठूली बहिनी ४ महिनाअघि र कान्छी बहिनी २ महिनाअघि क्लिनरको काम गर्ने गरी दुबई गएका छन् । टिनाले आफू पनि नन्दहरूजस्तै वैदेशिक रोजगारीमा जाने योजनामा रहेको सुनाइन् ।

    सागरका अनुसार थुनामा नपरेको भए उनी एक सातामौ मलेसिया उडिसक्थे । उनले सरकारले ल्याएको फ्रि भिसा र फ्रि टिकटको कुरा सुनेका थिए तर सरकारले भनेअनुसार केही नहुने भएकैले म्यानपावर कम्पनीलाई ८५ हजार तिर्ने सर्त स्विकारेर मलेसिया जान खुट्टा उचालेर बसेका थिए ।

    उनका कान्छा भाइ भने १ कक्षामा पढ्छन् । सागरको परिवारमा सुखभन्दा धेरै संघर्ष छ । उनकी आमा सीता इलाका प्रशासन कार्यालयमा पियनको काम गर्छिन् । बाबु टिपर ड्राइभर थिए । कान्तिपुरसँगको फोन वार्तामा आमाले सुनाइन्, ‘अहिले त टिपर चलाउने काम पनि नभएर एउटा स्कुलको बस चलाउन पाइन्छ कि भनेर खोज्न हिँड्नुभएको छ ।’ सागरले आफूहरूको जग्गाजमिन पनि धेरै नभएको सुनाए । ‘घर भएको जग्गा रेलवे लिकमा परेको छ भनेका छन् । जितपुरकै अपायक ठाउँमा साढे १४ धुर जग्गा छ,’ उनले भने ।

    सरकारसँग रिस उठ्नुको कारण खोतल्ने क्रममा सागरले पुरानो एउटा घटना सुनाए । स्थानीयस्तरमै साथीभाइसँग मिलेर ब्यान्ड पनि खोलेका सागरले पाँच वर्षअघि सिमरामै आयोजित एउटा कन्सर्टमा गीत गाएका थिए । कन्सर्ट सकिएपछि दर्शकका रूपमा रहेका दुई हुल केटाबीच झगडा भयो । उनले सुनाए, ‘झगडा छुट्याउन जाँदा मलाई एउटा भाइले पिटेको आरोप लगायो । यही घटना फैलिँदै गयो र ती भाइका दाइले आएर मलाई मुक्का हाने । बदलामा मैले चिपर्ट प्रहार गरेँ तर प्रहार सही ठाउँमा परेन । यो घटना प्रहरीमा पुग्यो । प्रहरीले मेरो कुरै नसुनी दोषीझैं केरकार गर्‍यो ।’ सागरका अनुसार उनीमाथि आक्रमण गर्नेलाई कारबाही भएन, उनलाई सम्झौता गर्न बाध्य बनाइयो । ‘त्यही दिनदेखि पुलिसले न्याय दिन्छ भन्ने कुरामा विश्वास उडयो,’ उनले भने ।

    सागरकी आमा छोरा पक्राउ पर्नुको कारणबारे उति प्रस्ट छैनन् । उनले भनिन्, ‘गाली देको रे । सरकारलाई हो कि केलाई रे । मलाई रामरी था छैन । अचेलका केटाहरू के भका ? के बोल्दा के हुन्छ पनि थाहा छैन ।’

    -कान्तिपुर दैनिकदले ‘राज्यप्रति आक्रोश पोख्दा…’ शिर्षकमा यो खाबर लेखेको छ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नगरप्रमुख शाह द्वारा विद्यालय भवनको शिलान्यास
  • पर्साको जानकी टोलबाट ५१ कार्टुन चल्ला बरामद
  • पोखरीयामा रक्तदान कार्यक्रम सम्पन्न, ३४ जनाद्वारा रक्तदान
  • वीरगञ्जमा न्युनतम पारिश्रमिक कार्यन्वयन सम्बन्धमा अन्तरक्रिया
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      नगरप्रमुख शाह द्वारा विद्यालय भवनको शिलान्यास

      पर्साको जानकी टोलबाट ५१ कार्टुन चल्ला बरामद

      पोखरीयामा रक्तदान कार्यक्रम सम्पन्न, ३४ जनाद्वारा रक्तदान

      वीरगञ्जमा न्युनतम पारिश्रमिक कार्यन्वयन सम्बन्धमा अन्तरक्रिया

      रेनु दाहालसहित परिवार चढेको गाडी दुर्घटनामा, सामान्य घाइते

      थप १२ जनामा कोरोना संक्रमण पुष्टि, १३ जना सक्रमण मुक्त

      सामाजिक सञ्जालमा युवतीको चरित्र हत्या गर्ने एक पक्राउ

      बिन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ खुल्दै

      जनकपुरधाममा शपथ ग्रहण बहिस्कार गरेका एमालेका निर्वाचित जनप्रतिनिधिले लिए शपथ

      नेप्सेमा दोहोरो अंकको गिरावट

      नगरप्रमुख शाह द्वारा विद्यालय भवनको शिलान्यास

      पर्साको जानकी टोलबाट ५१ कार्टुन चल्ला बरामद

      पोखरीयामा रक्तदान कार्यक्रम सम्पन्न, ३४ जनाद्वारा रक्तदान

      वीरगञ्जमा न्युनतम पारिश्रमिक कार्यन्वयन सम्बन्धमा अन्तरक्रिया

      रेनु दाहालसहित परिवार चढेको गाडी दुर्घटनामा, सामान्य घाइते

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      नगरप्रमुख शाह द्वारा विद्यालय भवनको शिलान्यास

      News

      पर्साको जानकी टोलबाट ५१ कार्टुन चल्ला बरामद

      News

      पोखरीयामा रक्तदान कार्यक्रम सम्पन्न, ३४ जनाद्वारा रक्तदान

      News

      वीरगञ्जमा न्युनतम पारिश्रमिक कार्यन्वयन सम्बन्धमा अन्तरक्रिया

      News

      रेनु दाहालसहित परिवार चढेको गाडी दुर्घटनामा, सामान्य घाइते


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑