• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘सुनचाँदी व्यवसायीप्रति प्रहरीको नियत ठिक छैन्’

  • वीरगंज संजाल
  • ४ भाद्र २०७६, बुधबार १७:०८
  • ५७३३

    वीरगन्ज : पर्साका सुनचाँदी व्यवसायीले प्रहरीको नियत ठिक नभएको बताएको छ । पर्सा प्रहरीले असार ९ गते वीरगन्जको माईस्थान चौकमा रहेको केपी स्वर्णकला केन्द्र (सुनचाँदी पसल) मा छापामारी गरी ४१ लाख ९२ हजार ९ सय रुपैया सहित आठ जनालाई पक्राउ ग¥यो । प्रहरीले पसलबाट नगद रुपैया सहित २०९० ग्राम चाँदी समेत आफनो नियन्त्रणमा लिएको थियो ।

    ६० दिनपछि प्रहरीले पक्राउ परेका ८ जनालाई मंगलबार मुद्रा अपचलन (बैंक, वित्तिय संस्था) तथा संगठित अपराध मुद्दा अन्तर्गत १ अर्ब २८ करोड ४३ लाख ३९ हजार ७ सय २३ रुपैयाँ विगो दाबीसहित जिल्ला अदालतमा  पेश गरेको दाबी गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयबाट पठाएको मेलमा आज मिति २०७६/५/३ गते मंगलबारका दिन हुण्डी सम्बन्धी विभिन्न कागजात तथा ८ (आठ) जना मानिस नियन्त्रणमा लिई बैंक–वित्तिय संस्था तथा संगठित अपराध मुद्दा अन्तर्गत अदालतबाट म्याद लिई अनुसन्धान पश्चात रु.१,२८,४३,३९,७२३ (एक अर्ब अठ्ठाईस करोड त्रिचालिस लाख उनन्चालिस हजार सात सय तेइस) विगो दाबीसहित अदालतमा पेश गरिएको भनिएको छ ।

    प्रहरीले मंगलबार मिसिल पेश गरिएको दाबी गरेपछि एकहप्ता पहिला नै विगो दाबीसहितको मिसिल अदालतमा पेश भएको छ । पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक अनन्तराम शर्माले भने, ‘हामीले अनुसन्धान सकेका छैन, मिसिल जिल्ला अदालतको सरकारी वलिक कहाँ बुझाई सकेका छौ । अदालतबाट आदेश आउँन साथ ८ जनालाई उपस्थित गराउँछौ ।’

    मेलमा मंगलबार नै बुझाएको भने जानकारी गराईको छ भनि प्रश्न गर्दा प्रहरी नायब उपरिक्षक शर्माले भने, ‘बुझनुस न आज, हिजो, अस्ती बुझाए होला प्रकृयाको कुरा अनुसन्धानपछि सरकारी वकिल कहाँ हामी मिसिल बुझाई सकेको छौं ।’

    प्रहरीले एकहप्ता अगाडी नै सिमिल तयार गरी सरकारी वकिल कहाँ पठाई सकेको छ, कन्हैयाका सालो विजयले भने, ‘एकहप्ता पहिलानै पठाई सकेको सिमिलबारे प्रेस विज्ञप्ती जारी गरी प्रचारप्रसार गर्नुको नियत के त प्रश्न गर्दै उनले जसरी पनि व्यवसायीलाई बदनाम गराउनु प्रहरी लागि परेको छ ।’

    पसलमा मुख्य सञ्चालक कन्हैया साह सोनारले भने, ‘अहिले पनि प्रहरी सम्पर्कमा छैन । प्रहरी उपरीक्षक सोमेन्द्र सिह राठौरका ज्ञापन पत्र बुझाउँन जाँदा, प्रहरी उपरीक्षक राठौंरले कन्हैयालाई उपस्थित गराए अन्य आठ जनालाई छाडिदिने आश्वासन दिएतापनि प्रहरीले कन्हैयासहित ८ जनालाई फसाउने षडयन्त्र गरेको भन्दै कन्हैया प्रहरी सम्पर्कमा आएका छैन ।’

    उता प्रहरीले पसलमा हुण्डी कारोबार भइरहेको भनि विशेष सूचनाको आधारमा छापा मारेको थियो । पसल भित्र ग्राहक, कालिगढ, काउन्टर सेल्समैन, अडिटर र त्यहाँ स्थित अन्य कर्मचारी गरी आठजनालाई प्रहरी गत असार ९ गते जबरजस्ती नियन्त्रणमा लिएको व्यवसायीहरुको आरोप छ ।

    काउण्टरबाट बरामद गरिएको रकमको बिल भौचर देखाउदा समेत प्रहरीले भौचरको वास्ता नगरी नगदसहित चाँदी र पसलका कर्मचारीहरुलाई जबरजस्ती आफ्नो नियन्त्रणमा लिएको थियो । पसलका मुख्य सञ्चालक पसलमा मुख्य सञ्चालक कन्हैयासहित सहपरिवार भारतमा धार्मिक भ्रमणमा रहेको बेला प्रहरीले पसलमा एक्कासी छापामारेको थियो ।

    हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले रौतहट चन्द्रपुर वडा नं.७ बस्ने वर्ष ३३ को बिनोद सुनार,  जिल्ला पर्सा छिपहरमाई वडा नं.२ बस्ने वर्ष ३५ को राजकपुर साह, भारत विहार मोतिहारी जिल्ला पूर्वी चम्पारण बस्ने वर्ष ३६ को सुनिल कुमार प्रसाद, वीरगञ्ज महानगरपालिका १० बस्ने वर्ष २६ को चन्दन कुमार सर्राफलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौंरले बताए ।

    त्यसैगरी वीरगञ्ज ६ बस्ने वर्ष ३७ को राकेश कुमार सिंह, भारत विहार मोतिहार जिल्ला नैनपुर बस्ने वर्ष ३५ को गुलाब साह, विन्दवासिनी गापा २ बस्ने वर्ष २४ को सुजित कुमार साह र जिल्ला बारा परवानिपर गाप १ बुनियाद बस्ने वर्ष २९ को घनश्याम सर्राफ रहेको प्रहरी उपरिक्षक राठौंरले बताए ।

    कन्हैयाका सालो विजय सर्राफले असार १२ गते नै पत्रकार सम्मेलनको आयोजना गरेर हुण्डी कारोबारको नाममा प्रहरीले कमिशनको लागि वैध रहेको रकमलाई अवैध बनाउने प्रयास गरिरहेको आरोप लगाएका थिए । केपी स्वर्णकला केन्द्रको नाममा बार्षिक ८० देखि ९० करोडसम्म कारोबार छ, आन्तरिक राजश्व कार्यालयमा वार्षिक १३ लाखभन्दा बढी कर तिर्दै आएको लेखा परिक्षण तथा कर दाखिला रसिदबाट पुष्टी हुन्छ,’ सर्राफले भने, सबै प्रमाण हुदाँहुदै पनि प्रहरीले सुनचाँदी व्यवसायकै रकम नियन्त्रणमा लिई हुण्डी कारोबार भनेर जबरजस्ती झुठा मुद्दा चलाएको छ ।

    उनले पसलमा रहेका चार जना कर्मचारी, १ जना कालिगढ, एकजना एकाउन्टेन्डेड, १ जना सेल्समैन र १ जना ग्राहकलाई जबरजस्ती एउटा कोठा थुनेर हुण्डीको कारोबार गरिरहेको छ भनि गलत प्रचारप्रसार गराई बदनाम बनाउने काम समेत भएको बताए ।

    उनले भने, ‘प्रहरी नियन्त्रणमै लेखापरीक्षक छ, उसले नै पसल र कारखानामा हुने हरेक कारोबारको लेखाजोखा गरेका छन, इमान्दारीपूर्वक प्रहरीले अनुसन्धान गरे यर्थात छर्लङ्ग बाहिर आउँछ तर, प्रहरीको नियत ठिक छैन, जरबजस्ती व्यवसायीलाई बदनाम गरी फसाउने षडयन्त्र चरेका छन् ।’

    प्रहरीले अनुसन्धानको नाममा मुद्रा अपचलन मुद्दामा २५ दिन थुनामा राखेर अनुसन्धान ग¥यो । तर, अनुसन्धानबाट केही नभेटिएपछि संगठित अपराध मुद्दामा पुन ६० दिनको म्याद थप गराई अनुसन्धानको नाममा व्यवसायीलाई प्रताडित बनाउने काम भएको उनले आरोप लगाए ।

    प्रहरीले निर्दोषलाई फसाउने काम गरी व्यवसायलाई नै धरासायी बनाउने काम गरेको भन्दै पर्सा प्रहरीविरुद्ध पत्रकार सम्मेलनदेखि लिएर, मुख्यमन्त्री, स्थानिय प्रशासनलाई ज्ञापन पत्र समेत बुझाउने काम गरेकोले आक्रोशमा थप पूर्वाग्रही भएर प्रहरीले अनुसन्धानको नाममा ६० दिन थुनामा राखेर निर्दोष व्यक्तिलाई प्रताडित गर्ने काम भएको व्यवसायीहरुको आरोप छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑