१८ करोड रुपैयाँ हिनामिना आरोपमा बैंक म्यानेजर पक्राउ
वीरगंज संजाल
Aug 21, 2019, 5:01 pm
३७८९
दाङ : देब विकाश बैंक दाङको नारायणपुर शाखाका म्यानेजर पक्राउ परेका छन्। बैंकको १७ करोड रुपैयाँ आर्थिक हिनामिना गरेको अभियोगमा बैंकका म्यानेजर घोराही उपमहानगरपालिका १५ भरतपुर निवासी २९ वर्षीय समीर बुढाथोकी पक्राउ परेका हुन्।
प्रहरीले उनलाई गएराति घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर क्षेत्रबाट पक्राउ गरेको हो। बुढाथोकी २०६७ सालदेखि वेस्टर्न डेभेलपमेण्ट बैकमा कार्यरत थिए। उनलाई आज उच्च अदालत तुलसीपुरको नेपालगञ्ज वाणिज्य इजलासमा म्याद थपका लागि लगिएको छ।