धादिङ : सिद्धलेक गाउँपालिका–१ धारापानीमा एक पतिले पत्नीलाई कोठामा थुनेर आगो लगाइदिएका छन् ।
२८ वर्षीय गणेश लम्सालले २५ वर्षीया पत्नी विमला दराई लम्सालसहित दुई वर्षीय छोरा जेनिसलाई सोमबारराति आगो लगाएर मार्ने प्रयास गरेपनि छिमेकी र आफन्तले उद्दार गरी अस्पताल पुर्याएका छन् ।
गणेशले मध्यराति पत्नी र छोरालाई घरको कोठाभित्र थुनेर आगो लगाइदिएका थिए । आगो लगाएपछि गणेश धन्सार कोठाको जस्ता झिकेर भागेका थिए । विमलाले हारगुहार मागेपछि छिमेकीले उद्दार गरी जिल्ला अस्पताल लगेका थिए ।
विमलाका अनुसार पतिले आगो लगाउनुअघि तारपिन तेलले घेरा लगाएका थिए । उनीहरुको अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । यो खबर आजको नागरिक दैनिकमा छ ।