• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    देश उँभो लाग्न अझै चुनौतीपूर्ण : कुल विकास खर्चभन्दा २५ अर्ब बढीको पेट्रोलियम किन्छन् नेपाली

  • वीरगंज संजाल
  • Aug 20, 2019, 5:02 pm
  • ३८२३

    काठमाडौं : गत आर्थिक वर्ष ०७५/७६ मा सरकारले विकासका लागि जम्मा दुई खर्ब ३८ अर्ब खर्च गर्न सक्यो । तर, त्योभन्दा बढी त उपभोक्ताले पेट्रोलियम खरिदमा खर्च गरे । नेपाल आयल निगमले गत वर्ष दुई खर्ब ६३ अर्बको पेट्रोलियम बेच्यो । पेट्रोलियम खरिदमा खर्च हुनेजति बजेट पनि खर्च गर्न नसक्दा देश उँभो लाग्न अझै चुनौतीपूर्ण छ ।

    बजेट भाषणमा तीन खर्ब १३ अर्बको पुँजीगत खर्च छुट्याएको सरकारले मध्यावधि समीक्षामार्फत यो खर्च २ खर्ब ७३ अर्ब हुने लक्ष्य राखेको थियो । तर, आर्थिक वर्षको अन्त्यसम्म दुई खर्ब ३८ अर्ब रुपैयाँ मात्र खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

    उता नेपाल आयल निगम  एक्लैले सरकारको विकास बजेटभन्दा बढीको कारोबार गर्‍यो । आव ०७५/७६ मा निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट एक खर्ब ९२ अर्ब ३९ करोड ४३ लाख रुपैयाँको इन्धन आयात गरेको छ । त्यस्तै, राजस्वबापत कुल इन्धनको व्यापारमा ६१ अर्ब ५१ करोड रुपैयाँ थप भएको थियो । यो रकम आयल निगमले पेट्रोलियम पदार्थ आयात गर्दा भन्सार बिन्दुमा भुक्तानी गरेको कर, बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि तिरिएको पूर्वाधार कर र निगमले नाफा गरेबापत बुझाउन लागेको आयकरसमेतको जोड हो ।

    आव ०७५/७६ मा मूल्य अभिवृद्धि करबापत २६ अर्ब ९७ करोड भुक्तानी भएको छ । त्यसपछि भन्सार शुल्कको १३ अर्ब १ करोड र बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि पूर्वाधार कर शीर्षकमा ११ अर्ब ९५ करोड भुक्तानी भएको छ । सडक मर्मत शुल्कका लागि ५ अर्ब ४७ करोड भुक्तानी भएको छ । मुलुक भित्रिनेमध्ये ७० प्रतिशत इन्धन सवारीसाधनमा खपत हुने भएकाले सरकारले सडक मर्मत दस्तुर असुल्दै आएको हो । आयकरबापत तीन अर्ब, प्रदूषण नियन्त्रण शुल्क एक अर्ब नौ करोड र भन्सार सेवा शुल्कमा ४० लाख ५० हजार भुक्तानी भएको छ ।

    सरकारलाई राजस्व बुझाएर निगमले कूल १० अर्ब रुपैयाँ मुनाफा पनि गरेको छ । त्यसबाहेक पनि ढुवानी, प्रशासनिक खर्च, चुहावट र बिक्रेता कमिसनमा पनि उल्लेख्य रकम खर्च भएको छ । यसरी वर्षभरिमा बिक्री भएको तेलको मूल्य दुई खर्ब ६३ अर्बभन्दा बढी छ ।

    •  आइओसीलाई भुक्तानी : १ खर्ब ९२ अर्ब

    •  भन्सार कर : १३ अर्ब १ करोड

    •  भन्सार सेवा शुल्क : ४० लाख ५० हजार

    •  सडक मर्मत कर : ५ अर्ब ४७ करोड

    •  प्रदूषण शुल्क : १ अर्ब ९ करोड

    •  बुढीगण्डकी कर : ११ अर्ब ९५ करोड

    •  मूल्य अभिवृद्धि कर : २६ अर्ब ९७ करोड

    •  आयकर : ३ अर्ब

    •  नाफा : १० अर्ब

    •  कुल पेट्रोलियम आयात : २८ लाख ४३ हजार किलोलिटर

    • कुल कारोबार : दुई खर्ब ६३ अर्ब

    ‘प्रतिमहिना औसत १६ अर्ब रुपैयाँका दरले आइओसीलाई भुक्तानी गर्दै आएका छौँ,’ निमित्त नायब प्रबन्ध निर्देशक नागेन्द्र साहले भने ।  साहका अनुसार ०७५/७६ मा पेट्रोलियम पदार्थको खपत २० प्रतिशतले बढेको छ । योसँगै आव ०७४/७५ को तुलनामा सरकारलाई बुझाउने कर १० अर्ब रुपैयाँले बढेको छ । ०७४/७५ मा निगमले ५५ अर्ब ८४ करोड रुपैयाँ कर दाखिला गरेको थियो ।

    सबैभन्दा धेरै खपत डिजेल : कुल पेट्रोलियमको ६० प्रतिशत
    मुलुकमा डिजेलको खपत बढ्दै गएको छ । सवारीसाधन, उद्योग र विकास निर्माणका कामले डिजेलको खपत बढ्दै गएको हो । निगमका अनुसार कुल पेट्रोलियम कारोबारमध्ये ६० प्रतिशत डिजेलको हिस्सा छ । ०७५/७६ मा २८ लाख ४३ हजार ५५ किलोलिटर पेट्रोलियम पदार्थ आयात हुँदा डिजेलको मात्रै हिस्सा १६ लाख ५४ हजार सात सय ४८ किलोलिटर छ । दोस्रोमा पेट्रोल पाँच लाख ४१ हजार नौ सय ३५ किलोलिटर, हवाई इन्धन एक लाख ९३ हजार किलोलिटर, मट्टीतेल २३ हजार किलोलिटर र ग्यास चार लाख २९ हजार मेट्रिकटन आयात भएको छ ।

    आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेल भन्छन्–आयात झन् बढ्दै जाने देखिन्छ
    प्रत्येक वर्ष पेट्रोलियम पदार्थको खपत बढिरहेको छ । यो वर्ष पनि करिब २० प्रतिशतले माग बढेको छ । त्यसैले आगामी दिनमा माग बढ्दै जाने निश्चित छ । मागअनुसार आपूर्ति गर्नु हाम्रो दायित्व भएकाले आउँदा वर्षमा इन्धनमा अझ बढी रकम खर्च हुनेछ । हामीले माग धान्नेगरी मात्र होइन, मौज्दात राख्न मिल्नेगरी इन्धन आयात गर्न देशभर भण्डारगृह निर्माण थालेका छौँ । सातै प्रदेशमा ९० दिनलाई धान्ने पेट्रोलियम पदार्थको मौज्दात राख्दा झन् बढी रकम इन्धनमा खर्च हुनेछ ।

    सबैभन्दा धेरै कर तिर्ने संस्थान
    सार्वजनिक संस्थानमध्ये सबैभन्दा बढी कर आयल निगमले तिर्छ । निगमले गत आवमा ६१ अर्ब ५१ करोड रुपैयाँ राजस्व भुक्तान गरेको छ । आव ०७४/७५ मा निगमले ५५ अर्ब रुपैयाँ राजस्व तिरेको थियो । निगमपछि दोस्रो स्थानमा रहेको नेपाल दूरसञ्चार कम्पनीले आव ०७४/७५ मा २४ अर्ब २५ करोड रुपैयाँ राजस्व तिरेको थियो । आयल निगमले आव ०७३/७४ मा ४७ अर्ब ६ करोड र ०७२/७३ मा २१ अर्ब ८५ करोड रुपैयाँ राजस्व भुक्तान गरेको थियो । सरकारले पेट्रोलमा प्रतिलिटर ३८.४८, डिजेलमा २१.१५ र मट्टीतेलमा तीन रुपैयाँ भन्सार उठाउँदै आएको छ । त्यसैगरी आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २०.१९, बाह्य हवाई इन्धनमा ६.२७ तथा ग्यासमा २३३.२० प्रतिसिलिन्डर भन्सार असुल्दै आएको छ । नयाँपत्रिका दैनिकबाट साभार

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ
  • अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो
  • नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड
  • विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    News

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    News

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    News

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    News

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑