उपभोक्ता ठग्ने बारा पर्सा र रौतहटका १९ पेट्रोल पम्प कारबाहीमा
वीरगंज संजाल
३२ श्रावण २०७६, शनिबार ०६:३३
५४११
वीरगञ्ज : वीरगञ्जस्थित गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले उपभोक्ता ठगी गर्ने बारा, पर्सा र रौतहट गरी तिन जिल्लाका बिभिन्न १९ पेट्रोलपम्पलाई कारवाही गरेको छ ।
गत आर्थिक वर्ष २०७५/७६ मा कायाृलयले प्रदेश २ का तिन जिल्लासहित प्रदेश ३ का चितवन र मकवानपुरमा समेत गरी ८ सय ९१ पेट्रोल पम्पमा अनुगमन गरेको थियो । जसमा अधिकांस पेट्रोल पम्पहरुले सफ्टवेयर जडान गरी उपझोत्ता ठगी गर्नेगरेको पाईएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जका प्रमुख शशीभूषण यादवले जानकारी दिए ।
अनुगमनका क्रममा ठगी गरेको पाईएपछी बाराको अमित आयल स्टोर, कृष्णा आयल स्टोर, आयुष आयल स्टोर, सोनु आयल स्टोर, पर्साको अर्निका ट्रेडर्स र रौतहटको खान आयल स्टोरका सञ्चालकलाई जनही तीन वर्ष कैद सहित ३० हजार रुपैयाँ जरिवानाको माग दाबी गर्दै मुद्दा दायर गरिएको प्रमुख यादवले बताए ।
त्यस्तै बाराको विजय आयल स्टोर, महम्मद आयल स्टोर, शिवशङ्कर ट्रेडर्स, जयविकास आयल स्टोर, हरिओम आयल स्टोर र बाबा आयल ट्रेडर्सका सञ्चालकलाई जनही १० हजार रुपैयाँ जरिवाना तथा तीन महिना कैद सजायको दाबी गरिएको उनले जानकारी दिए ।