• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    विज्ञको चेतावनी : भूकम्पका दृष्टिले नेपाल ‘टाइम बम’माथि

  • वीरगंज संजाल
  • ३० श्रावण २०७६, बिहीबार १४:३३
  • ७१०

    Shares

    काठमाडौं, साउन ३० । विज्ञहरुले भूकम्पको दृष्टिले नेपाल टाइम बमकाे खतराभन्दा नि माथि रहेको भन्दै समयमै आवश्यक पूर्व तयारी गर्न सरकारलाई सुझाव दिएका छन् ।

    बिहीबार राजधानीमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यशालामा विज्ञहरुले यस्तो सुझाव दिएका हुन् । भूकम्पको जोखिमका दृष्टिले नेपाल विश्वमा ११औँ स्थानमा रहेको जानकारी हुँदाहुँदै विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको पूर्व तयारीलाई बेवास्ता गरिएको भन्दै विज्ञहरुले तत्काल पूर्व तयारी थाल्न सरकारलाई सचेत गराएका हुन् ।

    विपद् व्यवस्थापक विज्ञ डाक्टर गंगालाल तुलाधरले भुइँचालोको दृष्टिकोणबाट नेपाल टाइम बम काे खतराभन्दा माथि रहेको भन्दै कुनै पनि बेला आइपर्न सक्ने विपद्को पूर्व तयारी सुरु गर्न ढिलाइ गर्न नहुने बताउनुभयो ।

    नेपालको भौगर्भिक बनोटको साथै कोरिडोर सडकका नाममा नदी नाला मिचेर बनाइएका संरचना, इन्जिनियरिङ अध्ययनबिनाको सडक निर्माण, अव्यस्थित र असुरक्षित बस्ती र शहर विस्तारलगायतले बाढी पहिरो जस्तो विपद् निम्तने गरेको भन्दै उहाँले सुरक्षित बसोबासको प्रबन्ध मिलाउनेतर्फ सरकार र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

    उहाँले विपदपछि खोज र उद्धारलाई भन्दा राहत वितरणलाई प्राथमिकता दिने गरिएको र तात्कालिक आवश्यकताका सूची नुसार राहत वितरण हुन नसकेको गुनासो गर्नुभयो । सरोकारवाला तथा सम्बन्धित निकायबीच समन्वय हुन नसक्दा तत्कालको राहत चाउचाउ र चिउरामा सीमित हुने गरेको टिप्पणी पनि उहाँले गर्नुभयो ।

    विपद्का बेला मानवीय उद्धार पहिलो प्राथमिकता भए पनि त्यसो हुन नसकेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मानवीय संवेदनशीलता पनि खतरामा परेको टिप्पणी उहाँले गर्नुभयो । उहाँले विपद्को समयमा उद्धार गर्न छोडेर सेल्फी लिनेहरुको भिड लाग्नु दु:खद भएको भन्दै पहिलो उद्धारकर्ताको रुपमा सबैले भ”मिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘बस पल्टिएको छ । मान्छे मरिरहेका छन् । छटपटाइरहेका छन् । त्यो स्थानमा पुलिस, एपीएफ पुगेका छन् । सबैले मान्छेहरु तानेर ल्याइरहेका छन् । बाँचेकाहरुले टक्क सेल्फी खिचेर हेरेरहका छन् । ऊ पनि पहिलो उद्धारकर्ता हुनुपर्ने हो । एक सेकेण्ड मात्रै समय दिंदा विपदमा परेको मान्छे मृत्युबाट बच्न सक्छ । यो कस्तो कल्चर सुरु भयो ? १२ वर्षपछिको महोत्सव जस्तो लाजै लाग्ने प्रकारको ।’

    कार्यक्रमका सहभागीले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि स्पष्ट कार्ययोजना र पर्याप्त लगानी गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ह्वाट्सएपको गोपनीयता नीति ४ महिनापछि मात्रै लागू हुने
  • बृहस्पति अस्त सुरु : अब यो वर्षभर धार्मिक कार्य गर्न नहुने
  • मकवानपुरको मनहरीमा जंगली जनावरको आत‌ंक
  • फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या १० लाख नाघ्यो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ह्वाट्सएपको गोपनीयता नीति ४ महिनापछि मात्रै लागू हुने

    पुरानो ल्यापटपलाई ‘स्पीड अप’ गर्न जान्नैपर्ने ६ तरिका

    बृहस्पति अस्त सुरु : अब यो वर्षभर धार्मिक कार्य गर्न नहुने

    मकवानपुरको मनहरीमा जंगली जनावरको आत‌ंक

    फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या १० लाख नाघ्यो

    पब्लिक एफ.एमको आयोजनामा शनिबार कुम्हाल टोलमा अन्तरक्रिया सम्पन्न

    चिसोका कारण वीरगञ्जका सम्पूर्ण विद्यालय तिन दिनका लागि बन्द

    आज आइतवार- ०४ माघ २०७७ को राशिफल

    ट्रान्सपोर्ट एशोसिएशन वीरगञ्जको अध्यक्षमा पोखरेल निर्विरोध

    नेपाल यूवा संघको छिपहरमाई गाउँपालिका वडा १ मा वडा स्तरि कमिटी गठन

    ह्वाट्सएपको गोपनीयता नीति ४ महिनापछि मात्रै लागू हुने

    पुरानो ल्यापटपलाई ‘स्पीड अप’ गर्न जान्नैपर्ने ६ तरिका

    बृहस्पति अस्त सुरु : अब यो वर्षभर धार्मिक कार्य गर्न नहुने

    मकवानपुरको मनहरीमा जंगली जनावरको आत‌ंक

    फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या १० लाख नाघ्यो

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    ह्वाट्सएपको गोपनीयता नीति ४ महिनापछि मात्रै लागू हुने

    समाचार
    News

    ह्वाट्सएपको गोपनीयता नीति ४ महिनापछि मात्रै लागू हुने

    News

    पुरानो ल्यापटपलाई ‘स्पीड अप’ गर्न जान्नैपर्ने ६ तरिका

    News

    बृहस्पति अस्त सुरु : अब यो वर्षभर धार्मिक कार्य गर्न नहुने

    News

    मकवानपुरको मनहरीमा जंगली जनावरको आत‌ंक

    News

    फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या १० लाख नाघ्यो


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑