बीरगंज। बीरगंजमा छतबाट लडेर एक भारतीय कामदारको ज्यान गएको छ ।
भारतको बेतिया मझबलियाका २२ वर्षीय नजरे आलमको काम गर्ने क्रममा छतबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
दुर्गा पल्पस फ्याक्ट्रिमा डकर्मीको काम गर्ने क्रममा आलम सोमबार अपराह्न २ तले भवनबाट लड्दा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते आलमको उपचारका क्रममा गण्डक अस्पताल बीरगंजमा मृत्यु भएको हो ।
शव पोष्टमार्टमका लागि नारायणी अस्पताल बीरगंज पठाएको प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।