वीरगन्जमा हावाकै तालमा मरिच गोदाममा छापा, पर्सा प्रहरीले बरामद गरेको मरिचबारे प्रतिक्रिया दिन सकेन
वीरगंज संजाल
१० भाद्र २०७६, मंगलवार ०२:३७
४८०३
वीरगञ्ज । पर्सा प्रहरीले हावाकै तालमा वीरगञ्जको विभिन्न स्थानमा रहेको गोदामबाट ५ टन ३ सय किलोग्राम मरिच उठाएको छ ।
गत भदौ ६ गते प्रहरीले वीरगञ्ज महानगरपालिका १ बाट ४० किलोका १३ बोरा मरिच नियन्त्रणमा लिएको थियो । त्यसकै भोलिपल्ट वीरगञ्ज महानगरपालिका ६ स्थित विजय अग्रवालको घर भाडामा लिएर विजय गुप्ताले सञ्चालन गर्दै आएको स्टोरबाट २५ किलो दरका ५६ बोरा मरिच बरामद र्गयो ।
सोही दिन वीरगञ्ज २ छपकैयाका शत्रुधन महतोको घरबाट २५ केजीको ८४ बोरा र १५ केजीको २ बोरा, वीरगञ्ज ४ स्थित त्रिुजद्ध स्कुलको सटरमा सञ्जय मित्तलको पसलबाट २५ केजीको ४० बोरा र राजा मित्तलको पसलबाट २५ केजीको १० बोरा गरि ५ टन ३ सय केजी मरिच उठायो ।
विगतको भन्दा फरक यसपटक पर्सा प्रहरीले भारततर्फ तस्करी गर्न लागेको समयमा नभई व्यापारीको र्फम र गोदाममै छापामारी गरि मरिच उठाएको छ ।
प्रहरीको छापामारीप्रति वीरगन्जका कारोवारीको असन्तुष्टी देखिएका छन । उनीहरुले नेपालमै बिक्री गर्न राखिएको मरिच भारत लैजान लागिएको भन्दै प्रहरीले गोदामबाटै उठाएको आरोप लगाएका छन् । उनीहरुले प्रहरीले छापामारी गरेको विरोधमा सोमबार वीरगन्जमा पत्रकार सम्मेलन नै गरेका छन् । पत्रकार सम्मेलनमा कारोबारी र उनीहरुका प्रतिनिधिले प्रहरीले प्रदर्शन गरेको व्यवाहार अन्यायपूर्ण भएको बताउँदै न्यायका लागि अदालत जाने बताएका छन् ।
पत्रकार सम्मेलनमा सुमित किराना स्टोर्सका सञ्चालक शत्रुधन प्रसाद कुशवाहाले प्रहरीले ठूला व्यापारीहरुलाई केहि नगरी साना व्यापारीलाई मात्रै निसानामा पारेको आरोप लगाए । नेपालमा भियतनाम, ब्राजिल लगायत तेस्रो मुलुकबाट मरिच आयात हुने गरेको छ । नेपालबाट भारततर्फ निकासीमा प्रतिबन्ध लगाईएको छ ।
आर्थिक वर्ष ०७४र७५ मा अन्दाजी ९१ लाख ८३ हजार रुपैयाँको १८ टन, ३ सय ६६ किलो, आर्थिक ०७५र७६ मा १९ लाख २५ हजार ५ सय रुपैयाँको ३ टन, ८ सय ५१ किलो र चालु आर्थिक वर्षको एक महिना ९ दिनमा २८ लाख ५८ हजार रुपैयाँको ५ टन ७ सय १६ केजी मरिच बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साको तथ्याङक छ ।
मसलाको रुपमा प्रयोग गरिने मरिच नेपालमा भन्दा भारतमा महँगो मूल्यमा बिक्री हुने गरेको छ । नेपालमा अहिले गुणस्तर हेरि ४ सय ५० देखि ५ सय रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको व्यापारी बताउाछन् ।
वीरगञ्जमा आदर्श ट्रेडिङ, न्यू जय लक्ष्मी, आदर्श किराना, रवि ओभरसिज, सत्यम एग्रो, रिजवी ट्रेडर्स, ब्राईट फरच्यून लगायतका र्फमले ठूलो परिमाणमा मरिच आयात गर्दै आएका छन् ।
प्रहरीले सञ्जय मित्तलको सटरबाट जडिबुटीको धुलो १ सय ६८ केजी र राजा मित्तलको सटरबाट १ सय ८२ केजी सुपारी पनि नियन्त्रणमा लिएको थियो ।
यता प्रहरी अधिकारीसाग बुझ्दा उनीहरुले प्रतिक्रिया दिन आनाकानी गरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले कार्य व्यस्तता देखाउादै प्रतिक्रिया दिन मानेनन् । उनले डिएसपीसाग कुरा गर्न भने । कार्यालयका प्रवक्ता तोकिएका डिएसपी अनन्तराम शर्मा विदामा छन्, अर्का डिएसपी गौतम थापाले आफू कार्यालयमा नयाँ भएकोले मरिचकाबारे प्रतिक्रिया दिन नसक्ने बताए ।