• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    किसानले मल पाएन, तीनै तहका सरकारले सरोकार देखाएन

  • वीरगंज संजाल
  • ९ भाद्र २०७६, सोमबार ०१:५७
  • ७७०३

    बजारमा मलखादको अभाव हुँदा किसानहरू धानबालीका लागि अहिले चिन्तित भएका छन् । सहकारी संस्थाहरूले बजारमा मलको कृत्रिम अभाव पैदा गरी असल मूल्यभन्दा डेढ गुणा बढीमा बिक्री गर्ने गरेको पाइएको छ भने सम्बन्धित निकाय मौन बसेको छ ।

    किसानको हितमा ठोस कानून वा नहुँदा बिचौलिया बनेका कृषि सहकारीहरूले मनोमानी मल बिक्री गर्ने गरेको तथा बजारमा खुलेयाम बढी भाउमा मल बिक्री हुने गरेको पाइएको छ ।
    मलखादविना कुनै पनि बालीको पर्याप्त उत्पादन नहुने हुँदा महँगो मूल्यमा मल खरीद गर्न बाध्य रहेको बिन्दवासिनी गाउँपालिका गर्दौल टोलका किसान किशोरी पटेलले बताए ।

    रु ७ सय प्रतिबोरा पर्ने युरियाको रु ११ सय तथा रु २१५० प्रतिबोरा डिएपी रु २६ सयसम्म खरीद गर्ने गरेको किसानको भनाइ छ । त्यसमा पनि अहिले डिएपी मल नपाएको अवस्थामा भारतबाट ल्याउनुपरेको उनले दुःखेसो प्रकट गरे ।
    त्यस्तै धान बालीमा मलखाद हाल्ने बेलामा नेपाली बजारमा मल महँगो पाइने र भारतीय बजारको मल गुणस्तरहीन अथवा उर्वराशक्तिहीन हुने दोहोरो मारमा नेपाली किसानले खेती धान्नुपरेको छ । भारतीय मल हाल्नु भनेको धानबालीमा माटो हालेको अनुभव हुने किसान तिलक पडित बताउँछन् ।

    धानको राम्रो उब्जनी भएन भने साहु महाजनको हुन्डा कसरी भर्ने भन्ने चिन्ताले पिरोलिएको उनले दुःखेसो पोख्दै, कठ्ठाको तीन मन धान दिनुपर्ने सम्झौता भएको जानकारी दिए । हामी किसानलाई मल नपाउँदा तरकारी खेतीमा समेत असर परेको छ । महँगो भाउमा हाइब्रिड तरकारी खेती ग¥यो, मल नहाल्दा उब्जनी फस्टाउँदैन । युरिया, डिएपी र पोटास बजारमा पाइरहेको छैन । लाचार भएर भारतीय मल प्रयोग गर्ने गरेको अर्का किसान श्रीनारायण गिरी बताउँछन् । एक क्विटन्ल धान बेचेर २५ सयमा एक बोरा डिएपी खरीद गरेको उनले बताए ।

     सोझासाझा किसानलाई सरकारले बढी मारमा पार्ने काम गर्दै आएको किसानहरूले बताएका छन् । धान, गहुँ र तरकारी बालीका लागि पैकेज कार्यक्रम अन्तर्गत पनि मल आपूर्ति हुन नसक्दा भारतीय बजारबाट मल खरिद गर्ने गरेको उनीहरूले बताएका छन् । सरकारले किसानका लागि ठोस योजना नल्याएको कारण चारैतिरबाट किसान नै मारमा पर्ने गरेका छन् ।
    धानबालीको लागि डिएपी, युरिया र पोटास अनिवार्य चाहिन्छ–कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डाक्टर रामचन्द्र यादवले बताए । धानबालीको लागि मात्र पर्सा जिल्लामा १०३८ मेट्रिक टन कृषि साम्रगी कम्पनी तथा १७ हजार मेट्रिक टन साल्ट टे«डिङ कम्पनीले सम्झौता गरेका छन् । मुलुकमैं मलको उपलब्धता कम देखिन्छ ।

    खास गरेर डिएपी, युरिया र पोटासले अहिले धानको टिलर (जरा) बढाउने काम गर्छ, जसमा धानको बाला लाग्छ । मलको कमीले धानको बाला कम हुन्छ वा सानो आकारको हुन्छ, उनले बताए । यस वर्ष मलको कारण धान उत्पादनमा धेरै नै कमी हुने तथा धान रोपेको पहिलो गोडमेलपछि २५ दिनमा मल छर्नु अनिवार्य हुन्छ, उनले बताए । रसायनिक मलको आपूर्ति भने प्रदेश र सङ्घीय सरकारको प्रमुख जिम्मेवारी भए तापनि किसानहरूको हकहितमा हालसम्म कसैले जिम्मेवारीबोध नगरेको उनले बताए ।praticdaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑