• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    होमपेज / राजनीति

    ओली सिंगापुर गएसँगै प्रचण्ड सक्रिय

  • वीरगंज संजाल
  • ७ भाद्र २०७६, शनिबार १५:१०
  • २६५९

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकताको बाँकी काम टुंगो लगाउन सक्रिय भएका छन् ।

    तत्कालिन एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता भएको १५ महिना बित्दा समेत अहिले सम्म पोलिटव्युरो कमिटी, आयोग, मञ्च, प्रवास कमिटीसहित केही केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो अझै लागेको छैन ।

    सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जनवर्गिय संगठनको नेतृत्व जिम्मेवारी बाँडफाँड लगायतका एकताका काम सकिएको छ । एकता भइसकेको संगठनलाई सक्रिय बनाउने र एकता हुन बाँकी कमिटीको कसरी टुंगो लगाउने भन्ने विषयमै केन्द्रीत भई अध्यक्ष प्रचण्ड सक्रिय भएका हुन् ।

    नेकपा स्थायी कमिटीका सदस्य देबेन्द्र पौडेलले एकताको बाँकी काम टुंगो लगाउँदै टुंगो लागेको कमिटीलाई सक्रिय बनाउने विषयमै केन्द्रीत भई अध्यक्ष प्रचण्ड छलफल गरिरहेको बताए । पछिल्लो समय पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका अध्यक्ष प्रचण्डले सचिवालयमा रहेका अन्य नेतासँग समेत छलफल गर्ने क्रममै रहेका छन् ।

    ‘एकताको केही बाँकी काम टुंगो लगाउने र अन्य कमिटीहरुलाई कसरी सक्रिय बनाउने भन्ने विषयमै केन्द्रीत भई अध्यक्ष कमरेड प्रचण्ड छलफल सुरु गरिसक्नुभएको छ’ स्थायी कमिटी सदस्य पौडेलले भने, ‘पछिल्लो समय वरिष्ठ नेता माधव नेपाल कमरेडसँग छलफल गर्नुभएको छ, सचिवालयका अन्य नेतासँग पनि छलफल गर्ने बताउनुभएको छ ।’

    नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नियमित उपचारका लागि सिंगापुर जानुअघि अध्यक्ष प्रचण्डलाई पार्टीको बैठक गर्न, सर्वसम्मतीमा निर्णय गर्न लगायतका जिम्मेवारी दिएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले पाएको जिम्मेवारी अनुसार एकताको बाँकी काम टुंगो लगाउने सक्रिय भएको उनका सचिवालयले जनाएको छ ।

    नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले एकताको बाँकी काम टुंगो लगाउदै पार्टीले देशैभरी जागरण अभियान गर्ने तयारीमा रहेको बताए । एकताको धेरै काम टुंगो लागिसकेको बताउँदै उनले केही बाँकी रहेका काम समेतलाई सकेर छिटै नै जागरण अभियानको घोषणा गरिने उनले बताए ।

    ‘एकताको धेरै काम सकिएको छ, केही विषयमा मात्र टुंगो लगाउँन बाँकी छ’ स्थायी कमिटीका सदस्य साहले भने, ‘प्रचण्ड कमरेडले पाएको जिम्मेवारी अनुसार नेताहरुसँग छलफल गर्दै ति बाँकी काम टुंगो लगाउँदै जागरण अभियान कसरी प्रभावकारी रुपमा सञ्चालन गर्ने त्यसको तयारीमा जुटनुभएको छ ।’

    पार्टी एकतामै लामो समयसम्म समय बितेकाले आम नेपाली जनतालाई धेरै कुरा बताउन नसकिएको बताउँदै नेता साहले अभियानको मार्फत पार्टी अब जनतको बीचमा पुग्ने बताए । अभियानको क्रममा पार्टी एकता, सरकारको राम्रा कामको विषयमा जानकारी दिइनेछ ।

    यही विषयमा केन्द्रीत भई अध्यक्ष प्रचण्डले वरिष्ठ नेता नेपालसंग २ घण्टा लामो छलफल निजनिवास खुमलटारमा गरेका छन् । प्रधानमन्त्री नेकपा अध्यक्ष ओलीसँग असन्तुष्ट वरिष्ठ नेता नेपाललाई फकाउँदै उनले एकताको बाँकी काम टुंगो लगाउँने तयारी गरेका छन् ।

    प्रधानमन्त्री ओलीको पार्टी एवं सरकार सञ्चालन शैली प्रति असन्तुष्टी व्यक्त गर्दै नेता नेपालले सात बुँदे असहमती पत्र पार्टीमा बुझाएका छन् । गत बिहीबार बसेको सचिवालय बैठकमा समेत ओली र नेपालको बीचमा चर्काचर्की भएपछि सम्बन्ध चिसिएको छ ।

    ओली र नेपालका बीचमा सम्बन्ध चिसिएसँगै दाहाल सक्रिय भएका हुन् । दाहाल सचिवालयका अनुसार खुमलटारमा भएको छलफलमा नेपाल सकारात्मक भए पनि आफ्नो अडान छाडेका छैनन् ।

    पार्टीमा एक व्यक्ति एक पद, सचिवालय कमिर्टी तत्कालिन एमालेका उपाध्यक्ष भिम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाललाई ल्याउनुपर्ने अडानमा नेपाल रहेका छन् ।

    तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकीकरण पश्चात नेताहरुको जिम्मेवारी बाँडफाँडमा समेत असन्तुष्ट नेता नेपालले आफ्नो वरियाता हेरफेरमा समेत चित दुखाएका छन् ।

    अध्यक्ष प्रचण्डले स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठक समेत बोलाउने विषयमा छलफल गरेका छन् । तर, अध्यक्ष ओली स्वदेश फर्किपछि मात्रै स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठक बस्ने स्रोतले जनाएको छ ।

    नेकपा स्रोतका अनुसार पोलिटब्युरो गठनका लागि तत्कालीन एमालेका तर्फबाट नामावली तयार भए पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट नामावली टुंगो लाग्न नसक्दा ढिलाइ भएको छ ।

    नेकपामा ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी छन् । पार्टीको अन्तरिम विधानअनुसार केन्द्रीय कमिटीको एक तिहाइ अर्थात १ सय ४७ जनाको पोलिटब्युरो कमिटी बनाउनुपर्छ । जसमा तत्कालीन एमालेलाई ८१ र माओवादीलाई ६६ जना भागवन्डा गर्ने सहमति शीर्ष नेताबीच यस अघि नै भइसकेको छ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड शाखा बिरगंज द्वारा पोखरियामा उप-शाखाको उद्घाटन सम्पन्न
  • पर्साको बिन्दबासिनी गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी बृद्धबृद्धा र अशक्तका लागि प्रयोग गरिने
  • जनकपुरमा किसानले मलखाद पाउनुपर्ने भन्दै नेकपा एमाले अव सडकमा विरोध प्रदर्शन
  • सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने जसपाको निर्णय, नयाँ मन्त्री छान्ने अधिकार अध्यक्ष उपेन्द्रलाई
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    असार १५ मा किन खाइन्छ दही चिउरा ? यस्तो छ यस्को महत्व हेर्नुहोस्…

    पर्साको सखुवा प्रसौनी गाउँपालिकामा चट्याङ लागेर एक युवाको मृत्युु

    अबिरल वर्षाका कारण विभिन्न ठाउँमा डुवानमा परेकाहरुलनई सशस्त्र प्रहरीशद्वारा उद्वार ।।

    जनकपुरमा अमेरिकन पेस्तोल सहित एकजना पक्राउ

    महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड शाखा बिरगंज द्वारा पोखरियामा उप-शाखाको उद्घाटन सम्पन्न

    बाढी पहिरोले यसवर्ष २० लाख जनाबढी प्रभावित हुनसक्ने प्रक्षेपण

    झापामा १६० घर उच्च जोखिममा

    नर्भिकका डाक्टरले पेटमा अड्का’ एको चम्चा शल्यक्रिया नै नगरी निकाले, नेपालमै भएको पहि’ लो दावी !

    सक्खर र चिनीमा कुन स्वस्थकर ?

    धान राेपिरहेका किसानमाथि खस्यो च’ ट्याङ, चार जनाकाे मृ’ त्यु

    असार १५ मा किन खाइन्छ दही चिउरा ? यस्तो छ यस्को महत्व हेर्नुहोस्…

    पर्साको सखुवा प्रसौनी गाउँपालिकामा चट्याङ लागेर एक युवाको मृत्युु

    अबिरल वर्षाका कारण विभिन्न ठाउँमा डुवानमा परेकाहरुलनई सशस्त्र प्रहरीशद्वारा उद्वार ।।

    जनकपुरमा अमेरिकन पेस्तोल सहित एकजना पक्राउ

    महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड शाखा बिरगंज द्वारा पोखरियामा उप-शाखाको उद्घाटन सम्पन्न

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    असार १५ मा किन खाइन्छ दही चिउरा ? यस्तो छ यस्को महत्व हेर्नुहोस्…

    News

    पर्साको सखुवा प्रसौनी गाउँपालिकामा चट्याङ लागेर एक युवाको मृत्युु

    News

    अबिरल वर्षाका कारण विभिन्न ठाउँमा डुवानमा परेकाहरुलनई सशस्त्र प्रहरीशद्वारा उद्वार ।।

    News

    जनकपुरमा अमेरिकन पेस्तोल सहित एकजना पक्राउ

    News

    महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड शाखा बिरगंज द्वारा पोखरियामा उप-शाखाको उद्घाटन सम्पन्न


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑