पोखरामा खोचमा खसेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार

 Krishna Shrivastav

वीरगंज | कास्कीको पोखरा महानगरपालिका–९ स्थित पार्वती टोलनजिकै खोचमा खसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ । हिँड्ने क्रममा अचानक खसेका उनको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । बिहीबार बेलुका घटनास्थलनजिकको पार्वती टोल बस्ने ६१ वर्षीय उजीरबहादुर पुनको उद्धार गरिएको हो । उनी घरदेखि नजिकै डिँड्ने क्रममा अचानक धाजाँ फाटेको ठाउँमा करिब १५ मिटर तल खोचमा खसेका थिए । सशस्त्र प्रहरी बल नं.२४ कालिका गण कास्की मालेपाटनको विशेष उद्धार तथा रोप रेस्क्यू टोली तत्कालै परिचालन भई उनको सकुशल उद्धार गरिएको कालिका गणका गणपति एसपी अरुण शर्माले जानकारी दिए ।

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

बढ्यो चिसो, सतर्क रहन प्राधिकरणको आग्रह

 Krishna Shrivastav

वीरगंज | राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ । प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुन सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेका छन् । उनले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, ठाउँठाउँमा वर्षा र तराईमा शीतलहर चल्न सक्ने बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले मौसम बदलीसम्बन्धी विशेष बुलेटिन जारी गरी पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज अपराह्नदेखि देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदली हुने

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

नौ रुपैयाँको नुन किन्न २५ सय खर्च

 Krishna Shrivastav

वीरगंज | सर्केगाड गाउँपालिका– १ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ । अनुदानमा प्राप्त हुने रु. नौको नुनलाई उनीहरूले रु. दुई हजार पाँच सयसम्म खर्च गरिरहेका छन् । नुन वितरणको डिपो कार्यालय गाउँभन्दा टाढा हुँदा महँगाे गाडी भाडा तिरेर उनीहरू नुन किन्न जानुपरेको छ । नुन लिन जाँदा र घर फर्कन मात्रै उक्त रकम खर्च हुने गरेको स्थानीय रामशरण रावतले बताए। केही दिनअघि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री गर्ने नुन खरिद गर्न सर्केगाडस्थित डिपोमा ठुलो खर्च भएको बताए । उनले भने, ‘गाउँभन्दा पालिका केन्द्र

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

२२ लाख ६९ हजारका अवैध समान वीरगञ्ज भन्सार दाखिला

 Krishna Shrivastav

वीरगञ्ज। सशस्त्र प्रहरी बल, पर्साले २२ लाख ६९ हजार ४३० रुपैया बराबरका अवैध समान वीरगञ्ज भन्सारमा दाखिला गरेको छ। वीरगञ्ज भन्सारमा दाखिल गरिएका यी सामानहरू पर्साका विभिन्न स्थानबाट पक्राउ गरिएका थिए। सशस्त्र प्रहरी बलको नेपाल नं १३ गण हे.क्वा पर्सा मातहतका सुरक्षा टोलीले वीरगञ्ज, भिखामपुर, पिडारीगुठ्ठी र अम्मरपट्टी क्षेत्रबाट ७ देखि ११ पुषसम्म अवैध समान जफत गरेका थिए। सुरक्षा टोलीले भन्सार छलि नेपाल भित्राइएका वस्तुहरू समातेर २२ लाख ६९ हजार ४३० रुपैया बराबरका सामान वीरगञ्ज भन्सारमा दाखिला गरेको हो। सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीका अनुसार, पक्राउ गरिएका सामानमा

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढ्यो

 Krishna Shrivastav

वीरगंज । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले बढेर एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य तोलाको एक लाख ५० हजार ३ सय रुपैयाँ रहेको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलाको एक हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


रौतहटको गरुडामा शिक्षक सरुवाको विरोधमा विद्यार्थीहरूको तोडफोड, लाखौँको क्षति

 Krishna Shrivastav

वीरगञ्ज। रौतहटको गरुडा नगरपालिकामा शिक्षक सरुवाको विरोधमा विद्यार्थीहरूले उग्र प्रदर्शन गर्दै नगरपालिका कार्यालयमा तोडफोड गरेका छन्। बिहीबार गरुडा नगरपालिका कार्यालयमा भएको प्रदर्शनमा नमुना माध्यमिक विद्यालय गरुडाका विद्यार्थीहरूले सरकारी सम्पत्तिमा व्यापक क्षति पुर्‍याएका हुन्। विद्यार्थीहरूले नगरपालिका भवनअगाडि पार्किङ गरिएका मेयर कन्थमणि प्रसाद जयसवालको सरकारी गाडी (ना १ झ १६७३ नम्बर) सहित एक दर्जनभन्दा बढी गाडी तोडफोड गरेका छन्। सरकारी गाडीको सिसा फुटेका छन् र अन्य भागमा पनि क्षति पुगेको छ। त्यसैगरी, भारतीय नम्बर प्लेटको एक स्कारपियो गाडी र सेवाग्राहीका एक दर्जनभन्दा बढी मोटरसाइकलमा पनि विद्यार्थीहरूले तोडफोड गरेका छन्। प्रदर्शनका क्रममा नगरपालिका

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

एसइई परीक्षाका लागि आवेदन फाराम खुला, माघ १२ सम्म समय

 Krishna Shrivastav

वीरगञ्ज। माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ मा सहभागी हुन चाहने विद्यार्थीहरूका लागि आवेदन फाराम खुला गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले सूचना जारी गर्दै, आवेदन फाराम भर्ने समय १ महिना तोकेको छ। फाराम भर्नेको समयावधि २९ डिसेम्बरसम्म सुरू भएर माघ १२ गतेसम्म खुला रहनेछ। परीक्षार्थीले आवेदन फाराम भर्नका लागि ५०० रुपैयाँ दस्तुर तिर्नुपर्नेछ। विद्यालयहरूलाई तोकिएको समयभित्र आवेदन फाराम भर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ। बोर्डले चेतावनी दिएकाे छ कि यदि विद्यार्थीले फाराम नभरें भने उनीहरू एसइई २०८१ मा सहभागी हुन अयोग्य हुनेछन्। २०७८ र २०७९

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

सहकारी ठगी प्रकरण : रवि लामिछानेविरुद्ध बयान प्रक्रिया आज पनि जारी

 Krishna Shrivastav

वीरगञ्ज । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रवि लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र सङ्गठित अपराधसम्बन्धी मुद्दामा बयान प्रक्रिया जारी छ । कास्की जिल्ला अदालतमा बिहीबारदेखि सुरु भएको बयान शुक्रवार पनि जारी रहनेछ । न्यायाधीश नितिज राईको इजलासमा बिहीबार दुई घण्टासम्म बयान चलेको कास्की अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । लामिछानेविरुद्धको सुनुवाइ सोमबार र मङ्गलवारका लागि तय गरिएको थियो । तर, अदालतको व्यस्तताका कारण पालो नआएपछि बयान प्रक्रिया स्थगित भएको थियो । बिहीबारबाट सुरु भएको सुनुवाइ शुक्रवार पनि जारी राखिने भएको

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

पूर्व प्रधानमन्त्री डा. सिंहको निधनमा भारत सरकारद्वारा सात दिनको राष्ट्रिय शोक घोषणा

 Krishna Shrivastav

वीरगञ्ज। भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा भारत सरकारले सात दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। २७ डिसेम्बरका सबै सरकारी कार्यक्रमहरू रद्द गरी, डा. सिंहको अन्तिम संस्कार आगामी शनिबार राजकीय सम्मानका साथ गरिने छ। समाचार एजेन्सी एएनआईका अनुसार, भारतभरि राष्ट्रिय शोकको क्रममा सरकारी भवनहरूमा झन्डा आधा झुकाइनेछ। विदेशमा रहेका भारतीय दूतावास र उच्चायोगहरूले पनि झन्डा झुकाएर शोक व्यक्त गर्नेछन्। यसैगरी, केरलाले डिसेम्बर २६ देखि जनवरी १ सम्म सात दिनको राजकीय शोकको घोषणा गरेको छ। राज्यका सबै जिल्ला प्रशासन कार्यालयलाई राष्ट्रिय झन्डा झुकाउन निर्देशन दिइएको छ। कर्नाटक सरकारले पनि डिसेम्बर

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

तिलावे पुलमा यात्रा जोखिमपूर्ण, मर्मतका कार्यहरू अबको पर्खाइमा

 Krishna Shrivastav

वीरगञ्ज। पर्सा जिल्लाको तिलावे पुलको जीर्ण अवस्थाले यात्रीलाई अझै ठूलो समस्या दिने गरेको छ। तिलावे पुल, जुन वीरगञ्ज महानगर र बहुदरमाई नगरपालिकालाई जोड्छ, ३ महिनाअघि भत्किएको थियो। त्यसपछि जलस्रोत तथा सिँचाइ विभागले निरीक्षण गरे पनि मर्मतको प्रक्रिया सुरु भएको छैन। तिलावे पुलको मर्मत गर्नका लागि गरिएको स्थलगत निरीक्षणमा पुल मर्मत वा नयाँ पुल निर्माण गर्न सुझाव दिइएको थियो, तर कुनै ठोस निर्णय भने भएको छैन। पुलको क्षतिपछि यात्रुहरूलाई वैकल्पिक पथ प्रयोग गर्न बाध्य बनाइएको छ। यद्यपि, उक्त वैकल्पिक मार्गमा पनि जोखिम कम भएको छैन, विशेष गरेर वर्षायाममा कल्भर्टको क्षति हुँदा

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

लायन्स क्लब अफ सेन्ट्रल सिटीद्वारा कपडा सहयोग

 Krishna Shrivastav

वीरगन्ज। लायन्स क्लब अफ सेन्ट्रल सिटी वीरगन्जले वीरगन्ज कपडा बैंकलाई १० झोला कपडा सहयोग गरेको छ। क्लबका अध्यक्ष डा. लक्ष्मी थापाको नेतृत्वमा उक्त कपडाहरू बैंकका अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गरियो। यस अवसरमा क्लबका उपाध्यक्ष सुशिला साह, सचिव देवन्ती साह, कोषाध्यक्ष कविता खड्का, सदस्य सुगन्धी कुशवाहा र अनामिका मिश्राका साथै वीरगन्ज कपडा बैंकका सल्लाहकार अधिवक्ता प्रकाश उपाध्याय, सचिव कन्हैया पटेल, सदस्य निला राम र अभिलाष गुप्ता एवं कर्मचारी शोभा देवीको उपस्थिति थियो। डा. थापाले वीरगन्ज कपडा बैंकले विगतका वर्षदेखि बाढी, आगलागी पीडित र असहायलाई प्रदान गर्दै आएको निःस्वार्थ सेवाको प्रशंसा गर्दै

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

लायन्स क्लब अफ सेन्ट्रल सिटि द्वारा कपडा सहयोग

 Krishna Shrivastav

वीरगन्ज । लायन्स क्लब अफ सेन्ट्रल सिटि वीरगन्ज द्वारा वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग गरेको छ । लायन्स क्लब अफ सेन्ट्रल सिटिका अध्यक्ष डा.लक्ष्मी थापाको नेतृत्वमा १० झोला कपडा वीरगन्ज कपडा बैंकको कार्यालय पुगेर बैंकका अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गरेका हुन । सो अवसरमा सेन्ट्रल सिटिका उपाध्यक्ष सुशिला साह ,सचिव देवन्ती साह,कोषाध्यक्ष कविता खडका ,सदस्यद्व्य सुगन्धी कुश्वाहा, अनामिका मिश्रा, वीरगन्ज कपडा बैंकका सल्लाहकार अधिवक्ता प्रकाश उपाध्याय ,सचिव कन्हैया पटेल,सदस्यद्वय निला राम र अभिलाष गुप्ता एवं कर्मचारी शोभा देवि लगायतको सहभागीता रहेको थियो । सो अवसरमा डा. थापाले वीरगन्ज कपडा बैंकले

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

मेयर प्रत्यासी विजय यादवको पहलमा विभिन्न वडामा ट्रान्सफर्मर जडान पछि भोल्टेजको समस्या हट्यो

 Krishna Shrivastav

वीरगंज। भोल्टेजको कमि भएर विजुली बत्ती समेत वल्न नसकि समस्या भोगिरहेका फतुवा विजयपुर नगरपालिका वडा नं ७ फतुवा , वडा नं ६ पेटभर्वा, वडा नं ४ टेंग्रहका स्थानियवासीहरु समस्यामुक्त भएका छन् । आम जनता पार्टीका स्थाई कमिटी सदस्य मेयर प्रत्यासी विजय यादव निर्विजले विद्युत कार्यलय मौलापुर संग सहकार्य गरि ट्रान्सफर ल्याएर जडान गरिदिएपछि स्थानियवासीहरु उज्यालोमा वस्न पाएका छन् । खाना खाने वेलामा भोल्टेज नपूगेर बत्ती धिपिक धिपिक गर्ने अवस्था संगै सो वाट परेको समस्या वाट मुक्त भएपछि स्थानयि हर्षित भएका हुन् । स्थानियसाीहरुलाई खाना खानेवेलामा बिजुली बत्ती नवलेर समस्या हुनुका

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

शौच गर्न गएकी युवतीमाथि हात र खुट्टा बाँधेर सामूहिक बलात्कार, एक भारतीयसहित तिन जना पक्राउ

 Krishna Shrivastav

वीरगंज | शौच गर्न गएकी युवतीमाथि हात र खुट्टा बाँधेर सामूहिक बलात्कार, एक भारतीयसहित तिन जना पक्राउ मोरङको कटहरी गाउँपालिकामा २२ वर्षीय युवतीमाथि भएको जबरजस्ती करणीको घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका–२ निवासी २० वर्षीय मोहम्मद रमजान, १९ वर्षीय सुनिल कुमार साह, र भारतको बिहार राज्यस्थित अररिया जिल्लाको कुसकिट्टा ग्राम पञ्चायत–९ निवासी १८ वर्षीय मोहम्मद गुल्जर रहेका छन् । गुल्जर हाल कटहरीमै एक ग्यारेजमा काम गर्दै आएका थिए । घटना पुस ९ गते राति मोरङको जहदा गाउँपालिका–३ निवासी युवतीमाथि भएको हो ।

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

पुष १४ गते प्रधानमन्त्री ओली पर्सामा आउने भव्य बनाउन तयारीबारे छलफल

 Krishna Shrivastav

वीरगंज । नेकपा एमाले क्षेत्र नं. १ पर्सा (प्रदेशसभा ‘क’) को बैठक पुष १४ गते (आईतवार) पर्सा जिल्लाको क्षेत्र नं. ३ श्रीपुर पञ्चग्वामा आयोजना हुने बृहत पार्टी प्रवेश कार्यक्रमको तयारीबारे छलफल गर्न सम्पन्न भएको छ। बैठकमा प्रमुख आतिथ्यतामा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सहभागिता हुने कार्यक्रमलाई भव्य र सफल बनाउनाका लागि विभिन्न निर्णयहरू गरिएका छन्। बैठकमा कार्यकर्ता र जनसहभागिता अधिकतम सुनिश्चित गर्नसमेत निर्णय गरिएको छ। यस बैठकमा क्षेत्रीय संयोजक बाबुराम खनालको नेतृत्वमा प्रदेश कमिटी सदस्य बासुदेव यादव, महानगर कमिटी अध्यक्ष राजेन्द्र यादव, पूर्व जिल्ला कमिटी सदस्य बिनु

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

 Krishna Shrivastav

वीरगंज | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रवि लामिछाने विरुद्ध मुद्दा दायर भएसँगै आजदेखि बयान हुने भएको छ। अहिले लामिछानेलाई अदालत लगिएको छ। सोमबार र मंगलबार अदालतमा लगिए पनि पालो नआएका कारण उनको अझै बयान हुन सकेको छैन। मंगलबार अबेर गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिए पछि अर्का प्रतिवादी लिला पछाईसँग बयान लिन सुरु भएको थियो। जसका कारण हिजो उनी अदालतमा गए पनि बयान दिन नपाए पछि यसै हिरासतमा फर्केका थिए। जोशीको भने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा न्यायाधीश नितिज

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

‘रानी’ ब्रान्डको सरसो तेलमा गुणस्तरको समस्या, मानव स्वास्थ्यका लागि जोखिमपूर्ण

 Krishna Shrivastav

वीरगञ्ज। त्रिवेणी ग्रुपको अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्स प्रालिले उत्पादन गर्ने ‘रानी’ ब्रान्डको सरसो तेलमा गुणस्तरको समस्या देखिएको छ। विशेष गरी, ‘कच्ची घानी सरसों तेल ग्रेड–१’ लेखिएको ब्याच नम्बर ०१ (प्याकेट ०८१–०४) को तेल चिसोमा घ्युजस्तै जम्ने समस्या आएको हो। जानकारहरूका अनुसार, शुद्ध सरसो तेल चिसोमा राख्दा जस्तोसुकै अवस्थामा पनि जम्न सक्दैन। यद्यपि, ‘रानी’ ब्रान्डको तेल चिसोमा जम्नु भनेको जनावरको बोसो मिसावट भएको सङ्केत हो। यस तेलको स्रोत भारतको बरेलीबाट आयात गरिएको जनावरको बोसो मिश्रित तेल हो, जुन साबुन उत्पादनमा प्रयोग गरिन्छ। यो तेल खाना पकाउने तेलको रूपमा बिक्री गर्दा यस्तो समस्या

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

कलैयामा फेरी चोरी भयो ट्रान्सफर्मर, सुरक्षा निकाय मूकदर्शक

 Krishna Shrivastav

वीरगञ्ज । कलैया उपमहानगरपालिका–१७, सुराही टोलमा फेरि विद्युत् ट्रान्सफर्मर चोरी भएको छ। लगातार चोरीका घटना दोहोरिँदै जाँदा स्थानीयवासी चिन्तित बनेका छन्। वडा सदस्य लक्ष्मी राउत कुर्मीले सोमबार राति आफ्नो बारीमा सिँचाइको काम गरिरहेको बेला ट्रान्सफर्मरबाट तेल चुहिएको देखेपछि चोरीको थाहा पाएका थिए। उनले राति १२ बजे पोलबाट ट्रान्सफर्मर झारिएको र केही समयमा नै चोरहरूले धातु निकालेर फरार भएको जानकारी दिए। वडा अध्यक्ष दीपेन्द्रप्रसाद कुशवाहाले यसअघि पनि सोही वडामा तीन वटा ट्रान्सफर्मर चोरी भएको जानकारी दिए। उनले अन्य वडाहरू १८, २१ र २५ मा पनि पछिल्लो एक महिनामा यस्तै चोरीका घटना

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

समाचार
News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

News

बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला