प्रतिनिधिसभाः नागरिकता विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस

 Krishna Shrivastav

काठमाडौँ- राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८२’ प्रतिनिधिसभामा पेस गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिवेदन पेस गर्दै उहाँले सबै नागरिकलाई कसरी नागरिकता दिन सकिन्छ भनी समितिमा बृहत छलफल भएको बताउनुभयो । सरोकार भएका पक्षसँग छलफल गरी विधेयकलाई समितिका तर्फबाट अन्तिम रुप दिइएको सभापति खतिवडाले जानकारी दिनुभयो । आमाको नामबाट नागरिकता दिने व्यवस्था समितिले गरेको बताउँदै उहाँले आमा र देशलाई माया नगर्नेले कसैलाई पनि माया नगर्ने भएकाले आमाको नामबाट नागरिकता दिँदा कसैलाई आपत्ति हुननहुने धारणा राख्नुभयो । निजामती विधेयकसम्बन्धी समितिका

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगञ्जका उद्योगहरूमा बिनासूचना लोडसेडिङ, उद्योग वाणिज्य संघको गम्भीर आपत्ति

 Krishna Shrivastav

वीरगञ्ज | नेपाल विद्युत प्राधिकरणले वीरगञ्ज–पथलैयाको औद्योगिक क्षेत्र लगायत वीरगञ्जमा संचालनमा रहेका उद्योगहरूमा कुनै सूचना बिना लोडसेडिङ र ट्रिपिङ गर्न थालेपछि वीरगञ्ज उद्योग वाणिज्य संघ (BiCCI) ले गम्भीर ध्यानाकर्षण गराएको छ। संघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार, पछिल्लो समय एकैदिन ५ घण्टा बढी लोडसेडिङ हुनुका साथै १० देखि ११ पटकसम्म विद्युत ट्रिपिङ भइरहेको छ। यसले औद्योगिक उत्पादन क्षमता २० देखि २५ प्रतिशतले घटाएको जनाइएको छ। २०७४ सालमा नेपाललाई औपचारिक रूपमा लोडसेडिङमुक्त घोषणा गरिए पनि, औद्योगिक क्षेत्रहरूमा पुनः लोडसेडिङ सुरु हुनु अत्यन्तै निराशाजनक भएको संघले जनाएको छ। विद्युत सेवा स्थिर नहुँदा उत्पादन

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आयोडिनयुक्त नूनको आपूर्ति निजीकरण नगर्न उपभोक्ता मञ्चको आग्रह

 Krishna Shrivastav

काठमाडौँ | सरकारले आयोडिनयुक्त नूनको आपूर्ति प्रणालीमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी गरिरहेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले गम्भीर आपत्ति जनाएको छ । वर्षौँदेखि सरकारी नियमनमा सहज, सुलभ, सस्तो र गुणस्तरीय रूपमा नून आपूर्ति हुँदै आएको व्यवस्था तोड्ने प्रयास भइरहेको भन्दै मञ्चले उक्त निर्णय उपभोक्ताविरोधी भएको टिप्पणी गरेको हो ।उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ताहित समितिको बैठकमा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नेपाली जनताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने आयोडिनयुक्त नूनको आपूर्ति र वितरणलाई निजीकरणतर्फ लैजान खोजिएको भन्दै गम्भीर आपत्ति जनाउनुभयो । ‘नेपालमा आयोडिन भएको गुणस्तरीय नूनको सहज, सुलभ आपूर्ति तथा

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

एक सयभन्दा बढी उद्योग खारेज

 Krishna Shrivastav

काठेखोला । चालु आर्थिक वर्षको ११ महिनाको समयावधिमा बागलुङका एक सयभन्दा बढी उद्योग तथा फर्म खारेज भएका छन् । पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिङ्ग थापाका अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को असार पहिलो हप्तासम्म उद्योगतर्फ ४८ वटा र वाणिज्यतर्फ ७० वटा उद्योग तथा फर्म खारेज भएका हुन् । ‘पछिल्लो समय उद्योग खारेजी गर्नेको सङ्ख्यामा वृद्धि हुँदैआएको छ’ प्रमुख थापाले भन्नुभयो, ‘चालु आर्थिक वर्षको ११ महिनामा उत्पादनमूलक, कृषि तथा वन्यजन्तु, पर्यटनमूलक, सेवामूलक लगायत उद्योगतर्फ ४८ र वाणिज्यतर्फ प्राइभेट र साझेदारी फर्म ७० गरी एकसय १८ उद्योग तथा फर्महरु खारेज

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

एसईईको नतिजा असारको तेस्रो साता

 Krishna Shrivastav

भक्तपुर । वि.सं. २०८१ चैत ७ गतेबाट सुरु भएको एसईई परीक्षाको नतिजा यही असारको तेस्रो सातासम्ममा सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले नतिजा प्रकाशनका लागि बिहानदेखि बेलुकासम्म तीव्र गतिमा काम भइरहेको जनाएको छ । गोरखापत्र अनलाइनसँग कुरा गर्दै परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले भन्नुभयो, ‘‘एसईईको नतिजा प्रकाशनका लागि बिहानदेखि बेलुकासम्म काम भइरहेको छ, असारको तेस्रो सातासम्ममा नतिजाको अपेक्षा गर्न सकिन्छ, यसै दिन भनेर भन्न सक्ने अवस्था अहिले छैन ।’’ गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पाँच लाख १० हजार परीक्षार्थी सहभागी भएका थिए ।


कमला नगरपालिका वडा नं. ३ का क्रिकेट खेलाडीहरुलाई वडाध्यक्षको जर्सी

 Krishna Shrivastav

जनकपुरधाम । कमला नगरपालिका वडा नं. ३ का होनहार क्रिकेट खेलाडीहरूलाई खेलकुद क्षेत्रमा थप प्रोत्साहन दिन वडाध्यक्षले खेलाडीहरूलाई जर्सी वितरण गरेका छन्। एक विशेष कार्यक्रमकाबीच वडाध्यक्ष रामभगत यादव (भक्ति) ले क्रिकेट टोलीका सदस्यहरूलाई पूर्ण सेट जर्सी हस्तान्तरण गरेका हुन्। कार्यक्रम वडा कार्यालय परिसरमै आयोजना गरिएको थियो, जसमा वडा सदस्य, स्थानीय युवा, खेलप्रेमी तथा समाजसेवीहरूको उपस्थिति थियो। ब्याट, बल र जर्सी एकसाथ प्रदान गरिएको हो । वडाध्यक्षले खेलाडीहरूलाई शुभकामना दिँदै भने, “खेलकुदले युवामा अनुशासन, आत्मविश्वास र स्वास्थ्यप्रतिको चेतना बढाउँछ। हाम्रो वडा क्रिकेटमा निकै प्रतिभाशाली युवाले प्रतिनिधित्व गरिरहेको छ। आगामी दिनमा यस्ता

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

श्रीमानको घाँटी रेती हत्या, श्रीमती प्रहरी नियन्त्रणमा

 Krishna Shrivastav

एजेन्सी । बिहारको मधेपुरा जिल्लामा एक दर्दनाक पारिवारिक हत्या भएको छ। मंगलबार राति बुढी गाउँमा २४ वर्षीय रञ्जित रामको घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको छ। घटनापछि मृतककी श्रीमती सविता देवीलाई प्रहरी हिरासतमा लिएर सोधपुछ भइरहेको छ। प्रारम्भिक अनुसन्धान अनुसार, रञ्जित र सविताबीच लामो समयदेखि पारिवारिक विवाद चलिरहेको थियो। मृतककी आमा किरण देवीका अनुसार खाना खाएपछि सुतेका दम्पतीबीच राति झगडा भएको आवाज आएको थियो। राति २ बजेतिर सविता जोर(जोरले रोएको आवाज सुनेर पुगेकी आमाले रञ्जितको शव बरन्डामा झुण्ड्याइएको अवस्थामा देखेकी थिइन्। शवको घाँटी र मृगौलामा गहिरा धारिलो चोटका

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजमा महिला उद्यमशीलता सहायता कक्ष उद्घाटन

 Krishna Shrivastav

वीरगंज | वीरगंज उद्योग वाणिज्य संघमा महिला उद्यमशीलता सहायता कक्षको एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। समारोहका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले रिबन काटेर सहायता कक्ष उद्घाटन गर्नुभयो। अध्यक्ष टेमानीले महिला सशक्तिकरण र आत्मनिर्भरता अभिवृद्धिका लागि यस्ता पहल आवश्यक र सराहनीय भएको बताउँदै संघको यो कदमले नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो। वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै उहाँले महिला उद्यमीलाई आवश्यक सहयोग र सहजीकरण गर्दै जाने संघको प्रतिवद्धता दोहोर्याउनुभयो। उहाँले महिलाको योगदान बिना आर्थिक विकास

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगञ्ज महानगरद्वारा चालु आर्थिक वर्षको भुक्तानी असार १५ गते भित्र सम्पन्न गर्न निर्देशन

 Krishna Shrivastav

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को सम्पूर्ण योजना तथा कार्यक्रमको भुक्तानी असार १५ गते भित्र सम्पन्न गर्न सम्बन्धित सबै पक्षलाई निर्देशन जारी गरेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले एउटा पत्र जारी गर्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम ७ को प्रावधानलाई पालना गर्न आग्रह गर्दै सम्पूर्ण योजना तथा कार्यक्रमको भुक्तानी असार १५ गते भित्र सम्पन्न गर्न सम्बन्धित सबै पक्षलाई निर्देशन जारी गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृत कर्णले जारी गरेको पत्रमा उल्लेख भएअनुसार, आर्थिक वर्ष समाप्त हुनुभन्दा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

 Krishna Shrivastav

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । देशभर बदली हुँदा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणदेखि पूर्णयता बदली रहनेछ । सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेश

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

 Krishna Shrivastav

वीरगंज | कृष्णा श्रीवास्तव । मुलुकको प्रमुख व्यापारिक नाका वीरगंज भन्सार क्षेत्रमा प्रहरीकै संलग्नतामा खुलेआम तस्करी भइरहेको तथ्य सार्वजनिक भएको छ। सीमा प्रहरी चौकी (BOP) मा कार्यरत प्रहरी नायब उपरीक्षक (DSP) लोकेंद्र सुबाको प्रत्यक्ष निर्देशनमा भारतबाट कपडा, इलेक्ट्रोनिक्स, खनिज सामग्रीलगायतका सामानहरू नेपाल भित्र्याइने र नेपालबाट मादक पदार्थ भारत पठाइने गरेको स्थानीय स्रोतले जनाएका छन्। सवारी चालक, व्यापारी र सीमाक्षेत्रका निगरानीकर्ताहरूका अनुसार, सर्वसाधारणलाई कडाइका साथ जाँच गरिए पनि तस्करहरूलाई DSP सुबाको “क्लियर सिग्नल” पाउनेबित्तिकै सहजै नाका पार गराइन्छ। ट्र्याक्टर, मोटरसाइकल लगायतका साना सवारीमार्फत माल ओसारपसार हुने गर्छ। विशेष स्रोतका अनुसार, BOP

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

 Krishna Shrivastav

सप्तरी । सप्तरीबाट काठमाडौँतर्फ बस यात्रा गरिरहेका एक वृद्ध यात्रुको बाटोमै मृत्यु भएको छ । सप्तरीको बिहुल गाउँपालिका–५ घर भएका ८३ वर्षीय असरफि ठाकुरको धादिङको गजुरी गाउँपालिका–१ मा आइपुगेपछि निधन भएको हो । बा.प्र–०३–००१ ख २८५२ नम्बरको बसमा सवार ठाकुर अचानक अस्वस्थ भएपछि उनलाई गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । उपचारको क्रममा बुधबार बिहान उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।


स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

 Krishna Shrivastav

बारा । सिकिन्द्र साह । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर १० स्थित देवापुर टेटा स्वास्थ्य चौकीमा दरबन्दी रहेका अहेब (सहायक स्वास्थ्यकर्मी) पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित रहेको खुलासा भएको छ। स्वास्थ्य चौकीमा दर्जा पाएका कर्मचारी नियमित सेवा दिनुको सट्टा नगरपालिकाको कार्यालयमा दिन बिताउने गरेको स्थानीयवासीहरूको गुनासो छ। सेवा लिने नागरिकबाट टाढा रहँदै आएका यादवलाई पालिकामा तलब भत्ता बुझ्न मात्र उपस्थित हुने गरेको वडाबासी बताउँछन्। वडा नम्बर १० का वडाध्यक्ष राजकुमार यादवका अनुसार, “स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको कर्मचारीलाई नगर प्रमुख किशोरी साह कलवारले कार्यालयमै राखेर आफ्नो सुरक्षार्थ प्रयोग गरिरहेका छन्। पटक–पटक

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

अफिमसहित चार जना पक्राउ

 Krishna Shrivastav

वीरगञ्ज । पर्साको वीरगञ्जमा लागुऔषध अफिम जस्तो देखिने पदार्थसहित चार जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१० स्थित रजतजयन्ती चोकमा नियमित चेकजाँचको क्रममा ना.४६ प २५४० र ना.४० प ६४६९ नम्बरको मोटरसाइकलमा सवार दुई जनासँग लागुऔषध फेला परेपछि थप अनुसन्धानका क्रममा चार जना पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय विर्ता र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट खटिएको टोलीले उनीहरूलाई चेकजाँच गर्दा मोटरसाइकलको बीच भागमा राखिएको बोराबाट प्लास्टिकको झोलाभित्र खरानी रंगको टेपले बेरिएको अवस्थामा लुकाइछिपाइ राखिएको करिब १ केजी अफिम जस्तो देखिने पदार्थ फेला पारेको हो । पक्राउ पर्नेमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

 Krishna Shrivastav

वीरगंज । चीनमा एक युवतीले धनी बन्नका लागि प्रेमको नाटक र आफ्नो सुन्दरतालाई हतियार बनाएर ८ जना प्रेमीलाई लुटेको घटना सार्वजनिक भएको छ। २४ वर्षीया यिन शुए नामकी ती युवतीले करोडपति बन्ने योजनाअनुसार धनी पुरुषहरूलाई आफ्नो जालमा पारी उनीहरूको घरबाट महँगा सामान चोर्ने गर्थिन्। तर, नवौं प्रेमीलाई लुट्ने क्रममा उनी रंगेहात पक्राउ परेपछि उनको ठगी धन्दा बाहिर आएको हो। चीनको हुनान प्रान्तको एक गरिब परिवारमा जन्मेकी यिनले ५ वर्षमा १० करोड रुपैयाँभन्दा बढी कमाएर धनी बन्ने महत्वाकांक्षी योजना बनाएकी थिइन्। यसका लागि उनले आफ्नो सुन्दरतालाई नै मुख्य हतियार बनाइन्। उनले

Breaking News, विश्व, समाचार  संग सबंधीत छ |

बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

 Krishna Shrivastav

बारा |कृष्ण श्रीवास्तव । बारा जिल्लाको कलैया उप-महानगरपालिका वडा नं. १४ बघवन टोलमा पुरानो रिसिबीका कारण भएको कुटपिट घटनामा घाइते भएका ५० वर्षीय नन्दु राउत कुर्मीको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार २०८२ साल जेठ २९ गते बेलुका करिब ६:१५ बजेतिर, ऐन ऐन बस्ने ४० वर्षीय उमेश जैसवालसहित ६ जना समूहमा रहेका व्यक्तिहरूले मिलेर नन्दु राउत कुर्मीलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए। गम्भीर घाइते भएका कुर्मीलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल, कलैयामा पुर्‍याइएको थियो। तर चिकित्सकले उनलाई साँझ ७:२० बजे मृत घोषणा गरेका थिए। घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

 Krishna Shrivastav

वीरगंज । उदयपुरको चौदण्डीगढी नगरपालिका-४, बसाहामा बुधबार बिहान एक किशोरी र एक युवक मृत अवस्थामा फेला परेका छन्। सोही ठाउँका १५ वर्षीया मञ्जु राई र २७ वर्षीय रविन्द्र राई मृत भेटिएका हुन्। प्रहरीले घटनालाई शंकास्पद मान्दै हत्यापछि आत्महत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ। उनीहरूको शव एकअर्काबाट करिब २ सय ५० मिटरको दूरीमा भेटिएका थियो। स्थानीय प्रत्यक्षदर्शीका अनुसार, मञ्जुको शव मदन भण्डारी लोकमार्गको बसाहा–बँदेलपानी खण्डको सडक किनारमा उत्तानो परेको अवस्थामा भेटिएको थियो। बिहान सडकमा हिँड्नेहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुगेर अनुसन्धान थाल्दै गर्दा रविन्द्र घरमा नभएको

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

 Krishna Shrivastav

सिरहा | सिरहा प्रहरीले ठूलो परिमाणमा अवैध सालको काठसहित दुईवटा गाडी नियन्त्रणमा लिएको छ। वन कर्मचारीकै मिलोमतोमा तस्करी भइरहेको आशंकाबीच प्रहरीले गाडी नियन्त्रणमा लिएको १८ घण्टापछि मात्र वन कार्यालयलाई बुझाउँदा घटना थप रहस्यमय बनेको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाले गोप्य सूचनाका आधारमा सोमबार राति करिब १० बजे मिर्चैया-कटारी सडकखण्डको मिर्चैया नगरपालिका-७, फुलबरियाबाट काठ तस्करीमा प्रयोग भएका दुई गाडी नियन्त्रणमा लिएको हो। सिन्धुलीबाट उदयपुर हुँदै सिरहाको गोलबजारस्थित गौरव सःमिल तथा फर्निचर उद्योगमा ल्याइँदै गरेको म.प्र.०३–००१ च ७१४४ र प्र.१–००१ च ८५९५ नम्बरको पिकअप भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले गाडीबाट ३३५

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

News

अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

News

सिरहामा १८ प्रतिशत धान रोपाइँ

News

प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

News

सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि