• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

  • वीरगंज संजाल
  • ४ असार २०८२, बुधबार १७:२६
  • १०९३

    वीरगंज । चीनमा एक युवतीले धनी बन्नका लागि प्रेमको नाटक र आफ्नो सुन्दरतालाई हतियार बनाएर ८ जना प्रेमीलाई लुटेको घटना सार्वजनिक भएको छ।

    २४ वर्षीया यिन शुए नामकी ती युवतीले करोडपति बन्ने योजनाअनुसार धनी पुरुषहरूलाई आफ्नो जालमा पारी उनीहरूको घरबाट महँगा सामान चोर्ने गर्थिन्। तर, नवौं प्रेमीलाई लुट्ने क्रममा उनी रंगेहात पक्राउ परेपछि उनको ठगी धन्दा बाहिर आएको हो।

    चीनको हुनान प्रान्तको एक गरिब परिवारमा जन्मेकी यिनले ५ वर्षमा १० करोड रुपैयाँभन्दा बढी कमाएर धनी बन्ने महत्वाकांक्षी योजना बनाएकी थिइन्।

    यसका लागि उनले आफ्नो सुन्दरतालाई नै मुख्य हतियार बनाइन्। उनले जागिर छाडेर जम्मा गरेको पैसाले प्लास्टिक सर्जरी गराइन् र आफ्नो रूप नै फेरिन्। त्यसपछि उनले फिटनेस, आकर्षक पहिरन र सभ्य व्यवहार सिकेर आफूलाई उच्च घरानियाँ युवतीको रूपमा प्रस्तुत गर्न थालिन्।

    यिनले सामाजिक सञ्जालमार्फत धनी पुरुषहरूलाई निशाना बनाउँथिन्। प्रेमको नाटक गरेर उनी प्रेमीको घरमा बस्न जाने र मौका मिल्नासाथ घरका महँगा सामानहरू, जस्तै डिजाइनर बेल्ट, सोफा, इलेक्ट्रोनिक्स चोरेर भाग्ने गर्थिन्।

    चोरेका सामानहरूलाई उनी अनलाइन प्लेटफर्ममार्फत बेच्ने गर्थिन्। केही महिनामै उनले ८ जना प्रेमीबाट करिब ४० लाख नेपाली रुपैयाँ बराबरको सामान चोरेको प्रहरीले जनाएको छ।

    उनी आफ्नो नवौं प्रेमीलाई फसाउने चक्करमा थिइन्। उनका प्रेमीले घरमा गोप्य क्यामेरा जडान गरेका थिए। भ्यालेन्टाइन डे कै दिन यिनले घरमा चोरी गरिरहेको दृश्य क्यामेरामा कैद भयो। त्यसपछि उनका प्रेमीले तत्काल प्रहरीलाई खबर गरी उनलाई पक्राउ गराए।

    प्रहरीसमक्ष यिनले आफ्नो अपराध स्वीकार गरेकी छन्। उनका अधिकांश पुराना पीडितहरूले भने सामाजिक बेइज्जतीको डरले उजुरी नगरेको बताइएको छ।

    अरूलाई लुटेर विलासी जीवनको सपना देखेकी यिन आफैँ भने निकै सामान्य जीवन बिताउँथिन्। उनी दिनमा करिब ५० रुपैयाँ मात्र खर्च गर्ने र होटलको बेसमेन्टमा कोठा भाडामा लिएर बस्ने गरेको अनुसन्धानबाट खुलेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑