Krishna Shrivastav
पर्साको यातायात कार्यालयमा लेखा शाखामा भ्रष्टाचारले सेवाग्राही प्रभावित
Krishna Shrivastav

वीरगंज | पर्साको यातायात व्यवस्था कार्यालय सवारी शाखाको लेखा शाखामा व्यापक भ्रष्टाचारले सेवाग्राहीहरू मर्कामा परेका छन्। सेवाग्राहीहरूका अनुसार, बैंकमा राजस्व रकम बुझाएपछि रसिद लिन जाँदा अतिरिक्त शुल्क तिर्न बाध्य पारिने गरेको छ। लेखा शाखामा कार्यरत सहायक कम्प्युटर अपरेटरहरू रमेश पटेल, लक्ष्मीनारायण कुशवाहा, सुजित झा, र बृजकिशोर यादवले प्रत्येक रसिदमा ५० देखि १०० रुपैयाँसम्म अतिरिक्त शुल्क लिने गरेका छन्। सेवाग्राहीहरूले बैंकको भौचरभित्र नगदी रकम राखेर बुझाउनुपर्ने परिस्थिति रहेको गुनासो गरेका छन्। सूत्रका अनुसार, लेखा शाखाको कर्मचारीहरूको समूहले दैनिक करिब दुई लाख रुपैयाँसम्मको अवैध असुली गर्दै आएको छ। यस भ्रष्टाचारको योजनाकार लेखा