Krishna Shrivastav
कार्यसम्पादन मूल्याङ्कन: भरतपुर देशकै उत्कृष्ट, वीरगञ्ज सबैभन्दा कमजोर
Krishna Shrivastav

वीरगंज । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा चितवनको भरतपुर नगरपालिका उत्कृष्ट स्थानमा रहेको छ भने पर्सास्थित वीरगञ्ज महानगरपालिका सबैभन्दा कमजोर प्रदर्शन गर्ने महानगरका रूपमा उभिएको छ। सार्वजनिक प्रतिवेदनअनुसार, भरतपुर नगरपालिकाले लगातार तेस्रो पटक पहिलो स्थान कायम राख्दै ७६.२ प्रतिशत अङ्क प्राप्त गरेको छ भने वीरगञ्ज महनगरले ४३.१ प्रतिशत अङ्क मात्र प्राप्त गरेको छ, जसले अन्य महानगरहरूको तुलनामा निकै कमजोर प्रदर्शन देखाएको छ। आयोगले १७ वटा सूचकहरूमा आधारित मूल्याङ्कन गरेको थियो जसमा पालिकाको खर्च व्यवस्थापन, बेरुजु घटाउने प्रयास, लेखा परीक्षणको स्थिति, स्थानीय सञ्चित कोष व्यवस्थापन,