Krishna Shrivastav
मधेशका सहरमा थपिंदै जनसंख्या, चुलिंदै चुनौती
Krishna Shrivastav

जनकपुरधाम । चार वर्षयता वीरगञ्ज महानगरपालिकामा २४ हजार ७४७ जना शिशु जन्मिएका छन् । वीरगञ्ज महानगर पञ्जीकरण शाखाको तथ्यांकअनुसार २०७७ चैत १ देखि २०८१ पुस २ सम्म १३ हजार ३७७ छोरा र ११ हजार ३७० छोरीको जन्मदर्ता भएको छ । सोही अवधिमा ४ हजार ५९० जनाको मृत्यु दर्ता भएको छ । महानगरमा बसाइँसराइको क्रम रोकिएको छैन । सो अवधिमा अन्यत्रबाट १ हजार ३५८ घरधुरी अर्थात् ५ हजार ४५१ व्यक्ति वीरगञ्ज भित्रिएका छन् भने १ हजार २६८ घरधुरी अर्थात् ४ हजार ७८८ व्यक्ति बाहिरिएका छन् । बसाइँसराइको अनुपात धेरै फरक नभए