नदीको प्रदूषण नहट्दा छठपूजा गर्नेहरू दुःखी

 Krishna Shrivastav

वीरगञ्ज । चैती छठमा पनि श्रीसिया नदीको प्रदूषण नहट्दा छठपूजा गर्नेहरू दुःखी भएका छन् ।वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी भएसँगै शपथग्रहण तथा घोषणासभामा श्रीसिया नदीलाई प्रदूषण मुक्त गर्ने घोषणा गरेका थिए । तर कात्तिक महीनाको छठ र अहिले चैती छठमा पनि श्रीसिया नदी प्रदूषण मुक्त नभएको र प्रदूषणका कारण छठपूजा गर्दा पूर्ववत् समस्या झेल्नुपरेको रामगढवा छठपूजा समितिका सचिव रामराज्य यादवले गुनासो गरे । उनले उद्योगहरूबाट निस्कने फोहर, प्रदूषित पानी श्रीसिया नदीमा सीधैं बगाउने कार्य नरोकिएकाले अहिले पनि श्रीसिया नदी प्रदूषित अवस्थामा बगिरहेको बताए

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

राष्ट्रिय एकतालाई अझ बलियाे बनाउँछु : उपराष्ट्रपति यादव

 Krishna Shrivastav

बारा । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले संविधानको पालना, संरक्षण र राष्ट्रिय एकतालाई अझ बलियाे बनाउन आफ्नो ध्यान केन्द्रीत रहने बताएका छन् । यसको लागि आफुले इमान्दारिताका साथ काम गर्न प्रतिबद्ध रहेको उहाँको भनाइ छ । उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक आइतबार गृह जिल्ला बारा आएका यादवले गढीमाई मन्दिरको दर्शनपछि आयाेजित स्वागत कार्यक्रममा बाेल्दै कसैलाई पनि भेदभाव नगरी सबैलाई समेटेर काम गर्ने बताए । आफू सामान्य परिवारमा जन्मेको र पढे, लेखेर शिक्षण पेशा अपनाएर राजनीतिमा लाग्दा आज देशकै उपराष्ट्रपति बन्न सफल भएको उनले बताए । देशको विकासको लागि सबै नागरिक शिक्षित

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अवैध रुपमा माटो उत्खनन गरेको ट्रिपर र एक्साभेटर महानगरको नियन्त्रणमा

 Krishna Shrivastav

वीरगञ्ज । वीरगंज महानगरपालिकाले सार्वजनिक जग्गा उत्खनन गर्ने कार्यमा प्रयोग भएका चारवटा टिपर र एउटा स्काभेटर नियन्त्रणमा लिएको छ । वीरगंज महानगर–२८ दर्दवास्थित गुठीको जग्गा उत्खननमा प्रयोग भएका चारवटा टिपर र एउटा स्काभेटरलाई हिजो नियन्त्रणमा लिएको वीरगंज महानगरका नगरप्रहरी प्रमुख हरिप्रसाद भुसालले बताउनुभयो । उहाँले नगरप्रमुख राजेशमान सिंहको निर्देशनमा स्काभेटर र टिपर नियन्त्रणमा लिएर बालमन्दिर परिसरमा राखिएको जानकारी दिनुभयो । गुठीको नाममा रहेका जग्गामा निजी स्वार्थमा प्रयोग गर्ने अभिप्रायले दुई महीनादेखि माटो उत्खनन गरेर बिक्री गर्दै आएको सूचना महानगरलाई प्राप्त भएपछि आज यो कदम चालिएको बताइएको छ । गुठीको जग्गामा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नवलपुरको विनयी त्रिवेणीमा बेवारिसे बम फेला

 Krishna Shrivastav

कावासोती । पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन् । आइतवार दिउँसो बारीमा बम देखेपछि स्थानीयवासी त्रसित भएका थिए । बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार बालबालिकाले जङ्गलनजिकै रहेको बारीमा ती बमका गोला देखेका हुन् । जङ्गलमा चौपाया चराउन गएका किसानहरूले बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम देखिएको हो । भारतीय सेनाका पूर्वसैनिकसमेत रहेका सरामुका अनुसार ती ८१ एमएममोटरको बम (गोला) हुन् । साथै पाँच हजार दुई सय मिटर रेन्ज

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

शीवम लेयर्स फार्मको दुर्गन्ध र झिंगा आतंकले १० हजार भन्दा बढि गाँउलेको स्वास्थ्य जोखिममा

 Krishna Shrivastav

वीरगन्ज । नाबालक छोराले खाइरहेको खानाको थालभरि भन्किरहेका झिंगा देखाउदै कुन्दन देवीले भनिन्,‘ मुर्र्गा फारम (कुखुरा फार्म ) को दुर्गन्ध र झिंगाले बसिखानु छैन , खानामै झिंगा आएर बस्छ , त्यही खाना सबैले खानुपर्ने बध्यता छ, त्यसैले बालबच्चा बिरामी परिरहन्छन् ,अझ त्यसमा सुलीको दुर्गन्ध चौबिसी घण्टा आइरहन्छ ,श्वास फेर्नै उकुसमुकुस हुन्छ । पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर २ गादीमा विगत ६ वर्ष देखि सन्चालनमा रहेको शीवम् लेयर्स फार्म प्रालिको दुर्गन्ध र झिंगा आतंकबाट कुन्दन देवी जस्तै ५ वटा वस्तीका १० हजार भन्दा बढि स्थानीय पिडित छन् ।फार्मले दिएको पिडा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेसका एक लाख ३९ हजारभन्दा बढी घरमा छैन शौचालय

 Krishna Shrivastav

वीरगन्ज । मधेस प्रदेशका एक लाख ३९ हजारभन्दा बढी घरपरिवारमा शौचालय नभएको पाइएको छ।राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजाअनुसार मधेस प्रदेशमा एक लाख ३९ हजार २१८ घरपरिवारमा शौचालय नभएकाो पाइएको हो। यो संख्या मधेस प्रदेशमा रहेको कुल परिवार संख्याको १२ प्रतिशत हो। मधेस प्रदेशमा सबैभन्दा बढी घर परिवारले साधारण खाले खाल्टे चर्पी नै प्रयोग गर्ने गरेको जनगणनामा उल्लेख छ।साधारण खाल्टे चर्पी प्रयोग गर्ने परिवारको संख्या ५ लाख ६१ हजार ६६० रहेको छ।यो कुल घरपरिवार संख्याको ४८ दशमलव ६ प्रतिशत हो।, यस्तै ०.९ अर्थात् दस हजार ३२२ परिवारले सार्वजनिक शौचालय प्रयोग

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

 Krishna Shrivastav

वीरगञ्ज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा आफैले चलाएको ट्याक्टर दुर्घटना भएर एकजनाको मृत्यु भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ का २९ वर्षीय विष्णु बहादुर फुयाँलको आफैले चलाएको ट्याक्टर दुर्घटनामा परेर सोमबार बिहान मृत्यु भएको हो । ज १ च ३४३७ ट्याक्टर लिएर बटेश्वर गाउँपालिका ५ शान्तिपुर जाने क्रममा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित एभरेष्ट पेपर मिल नजिक दुर्घटना भएको थियो । अनियन्त्रित भएर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।


भारतले गर्‍यो अहिलेसम्मकै ठुलो रकेट प्रक्षेपण

 Krishna Shrivastav

भारत । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले हालसम्मकै ठूलो रकेट एलभीएम–३ प्रक्षेपण गरेको छ । बीबीसीका अनुसार आइतवार प्रक्षेपण गरिएको रकेटमार्फत भारतले ३६ वटा भूउपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको हो । आइतवार बिहान ९ बजेको समयमा आन्ध्र प्रदेशको श्रीहरीकोटाको सतिस धवन अन्तरिक्ष स्टेसनबाट ४३ दशमलव ५ मिटर लामो रकेटको प्रक्षेपण गरिएको हो । यो रकेटले ५ हजार ८०५ केजीको ३६ भू–उपग्रह ४५० किलोमिटरमाथि रहेको पृथ्वीको तल्लो कक्षमा छाडिने जनाइएको छ ।


तराई मधेशमा आज चैती छठ पर्व मनाइदैं

 Krishna Shrivastav

वीरगञ्ज । श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेशको साझा सांस्कृतिक धरोहरका रुपमा मनाइने चैती छठ पर्वको मुख्य दिन आज सोमबार साँझ ब्रतालुहरुले अस्ताउदो सुर्य र छठी मातालाइ अर्घ दिदै छन् । चैत शुक्लपक्षमा चार दिन सम्म मनाइने चैती छठ पर्वको तेश्रो दिन (आज सोमबार) अर्थात षष्ठी तिथीलाइ छठको मुख्य दिन मानिन्छ । जसलाइ सँझीया घाटे पनि भनिन्छ ।छठको मुख्य दिन सोमबार साँझ ब्रतालु मलिाहरुले नदि, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर अस्ताउदो सुर्य र छठी मातालाइ अर्घ दिनेछन् । वीरगन्जको घडीअर्वा पोखरी, रानीघाटको सिर्सिया नदि , नगवा ,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जापानमा कोरोना सम्बन्धित मस्तिष्कजन्य रोगबाट १० प्रतिशतभन्दा बढी बालबालिकाको मृत्यु

 Krishna Shrivastav

टोकियो । जापानको स्वास्थ्य मन्त्रालयको एक अध्ययन टोलीले हालै सार्वजनिक गरेको राष्ट्रिय सर्वेक्षणको निष्कर्षमा कोभिड–१९ को सङ्क्रमणपछि मस्तिष्कसम्बन्धी कडा रोगका लक्षण भएका १० प्रतिशतभन्दा बढी जापानी युवाको मृत्यु भएको देखिएको छ । सन् २०२० को जनवरीदेखि सन् २०२२ को मे महिनासम्म गरिएको सर्वेक्षणमा १८ वर्षभन्दा कम उमेरका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमणसँग जोडिएको मस्तिष्कसम्बन्धी तीब्र असन्तुलनका ३४ वटा घटना फेला परेका थिए । उक्त टोलीले मस्तिष्कमा क्षति पुर्याएको हुन सक्ने कुनै पनि अवस्था भएका ३१ जना बिरामीको अध्ययन गरेको थियो । ती ३१ जना बालबालिकामध्ये १९ जना पूर्ण रुपमा निको भए,

Breaking News, देश, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

चीनले याङत्से नदीमा दुई लाख दुर्लभ माछा छोड्ने

 Krishna Shrivastav

काठमाडौं । चीनले दुर्लभ माछाको संरक्षणका लागि शनिबारदेखि देशको सबैभन्दा लामो नदी याङत्से नदीमा दुई लाख चिनियाँ माछा ‘स्टर्जन’ छोड्ने भएको छ । स्टर्जन प्राचिनकालदेखि चीनको उत्तरी क्षेत्रमा पाइने माछा एक प्रकार हो । चीनको हुबेई प्रान्तको यिचाङ शहरमा शनिबार एक लाख माछाको पहिलो ब्याच सार्वजनिक गरिएको र त्यसपछि थप दुई ब्याच जारी गर्न बाँकी रहेको चाइना थ्री गर्जेज कर्पोरेसनले जनाएको छ । चौध करोड बषृको इतिहास रहेको मानिने चिनियाँ स्टर्जन पृथ्वीमा सबैभन्दा प्राचीन दुर्लभ प्रजातिहरूमध्ये एक हो ।यसको संरक्षणमा चीनले प्रमुख प्रथमिकता दिँदै आएको छ । यो माछालाई मुख्यतया

Breaking News, विश्व, समाचार  संग सबंधीत छ |

प्रदेश र स्थानीय तहले सङ्घबाट पाउने बजेट घट्ने

 Krishna Shrivastav

वीरगंज । प्रदेश र स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/०८० का लागि केन्द्र सरकारबाट पाएको बजेटको तुलनामा उनीहरूले आगामी आवमा पाउने बजेट घट्ने देखिएको छ । केही सङ्घीय मन्त्रालयले पनि चालु आवको तुलनामा आगामी वर्ष न्यून बजेट पाउनेछन् । उनीहरूले यस वर्ष पाएको बजेटभन्दा आउँदो वर्ष तयार पार्नुपर्ने बजेटको सीमा (सिलिङ) को आकार घटाएर पठाइएको छ । राष्ट्रिय योजना आयोगले मध्यमकालीन खर्च संरचनासहित आगामी आवको बजेट सीमा (सिलिङ) तयार पारेर सबै मन्त्रालय र प्रदेशलाई दिइसकेको छ । आयोगले गत फागुन १२ गते सार्वजनिक गरेको विवरणअनुसार आगामी आव २०८०/०८१ का लागि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

TIkTok अगाडी सतिसावित्री, भित्रबाट टिकटोक वेश्यालयको ‘वेश्या’

 Krishna Shrivastav

पैसा आउँदैनन भनेर समान्य कुरा सबैलाई थाहा छ । टिकटक लाईभ एक बहाना मात्र हो, त्यस अगाडीको डार्क दुनियाँ बेग्लै छ । लाईभमा आउँछु भनेर मलाई गिफ्ट गर्नु भनेर आग्रह गर्ने युवतिहरु प्रायः ईमो, व्हाट्सएप, मेसेन्जर मार्फत यौन प्यास मेटाउने गर्छिन् । परिवारको लागि कमाउन विदेशिएका युवाहरुको यौन प्यास मेटाउने एक माध्यमको रुपमा बनेको छ टिकटक लाईभ र टिकटोकिया युवतिहरु । टिकटोकबाट कमाउनु राम्रो । अहिले प्रविधिको युग छ, प्रविधिसँगै हिडनु अति राम्रो पनि । तर, यसको दुरुपयोग गरी कमाउने धनले धन त बढछ मान मर्यादा, ईज्जत प्रतिष्ठा यूजर्सको मात्र

Breaking News  संग सबंधीत छ |

दाईजो मागेर श्रीमति कुट्ने श्रीमान जेल चलान

 Krishna Shrivastav

सप्तरी । दाईजोका नाममा श्रीमान्संगै परिवारका अन्य सदस्यले शारिरीक र मानसिक यातना, कुटपिट, गर्भपतन, खान लगाउन नदिने र घर निकाला सम्मको कसुर गरेको भन्दै सप्तरी जिल्ला अदालतले राजविराजका एक युवकलाई पुर्पक्षका लागी कारागार पठाउने आदेश दिएको छ । मुख्य न्यायाधिश हेमन्त रावलको एकल इजलासले राजविराज ३ निवासी ३० वर्षिय नवीनकुमार दासलाई पुर्पक्षका लागी कारागार पठाउने आदेश दिएको हो । उनले अदालतमा पेश गरेको विवाह सम्बन्धि कसुर र गर्भपतन सम्बन्धि मुद्दामा थप ५० लाख दाईजो माईतबाट लिई आउन परिवारजनले दवाव दिन थालेको र इन्कार गर्दा गर्भवती अवस्थामा समेत खान लाउन नदिई

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रा.बा बैंक गरुडाले गरे नेपाल पुलिस स्कुललाई आठ थान सिसीटिभी हस्तान्तरण

 Krishna Shrivastav

रौतहट । कुमार चन्दन । राष्ट्रिय बाणिज्य बैंक शाखा गरुडा बाजारले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । गरुडा नगरपालिका ८ जिंगडियामा रहेको नेपाल पुलिस स्कूलमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न भएको छ । सेवाग्राही सर्वसाधारणलाई अनवरत रुपले गुणस्तरीय वित्तिय सेवा प्रदान गर्दै आएको यस बैंकले एक कार्यक्रमको बीच नेपाल पुलिस स्कुललाई आठ थान सिसीटिभी क्यामरा हस्तान्तरण गरेका छन । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राष्ट्रिय बाणिज्य बैंक शाखा गरुडाका शाखा प्रबन्धक अरबिन्द कुमार झाले नेपाल पुलिस स्कुलकी प्राचार्य विना झालाई आठ थान सिसिटिभी क्यामरा हस्तान्तरण गरेका

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

राष्ट्रीय मदरसा संघले गर्यो फुयालको स्वागत केसीको बिदाई

 Krishna Shrivastav

कपिलवस्तु । राष्ट्रीय मदरसा संघ नेपालले विओपी कृष्णनगर प्रमुख रहेका सशस्त्र प्रहरी निरिक्षक जोगेन्द्र केसीको बिदाई तथा प्रस्तावित सशस्त्र प्रहरी बल गुल्ममा आएका सशस्त्र प्रहरी नायब उपरिक्षक राजेश फुयालको स्वागत गरेको छ । राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीको अध्यक्षतमा बिदाई तथा स्वागत कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले बिदाई भइजान लागेका केसीको आगामी कार्यकालको शुभकामना दिदै आफ्नो जिम्मेवारी राम्रो संग निर्वाह गरेको काम सराहनीय रहेको बताए । कार्यक्रममा शैख खालिद रशीद, अब्दुल नूर ,तारिक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

तन्नेरी सँग मन्त्री

 Krishna Shrivastav

पर्सा । रन्जित यादव । मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन राज्यमन्त्री रहबर अन्सारीले आफु मन्त्री भएपछि मन्त्रालयमा बस्न थालेको बताउनुभयो । मधेश प्रदेशको मन्त्रालयमा मन्त्रीहरु नबस्ने र महिनामा एक÷दुई पटक बस्ने गुनासो सेवाग्राहीबाट आउँदा आफु मन्त्री बनेपछि पहिलो काम दिनहु मन्त्रालयमा बस्न थालेको बताउनुभयो । मधेश प्रदेशको मन्त्रालयमा काम गर्ने कर्मचारीहरु राजनितिक दवावमा काम गर्नुपर्ने अवस्था रहेको बताउँदै आफ्नो नियम र नितिमा रहेर काम गर्न कर्मचारीलाई आग्रह गरिएको बताउनुभयो । ‘गुनासो होइन प्रश्न गरौं’ भन्ने नाराका साथ जनप्रतिनिधिलाई जवाफदेहिता बनाउन हाम्रो अभियान, पर्साले वीरगञ्जमा तन्नेरीसँग मन्त्री ज्यू कार्यक्रमको आयोजना

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रौतहटमा सुचना पाएपछि यादवले ताेडे आमरण अनसन

 Krishna Shrivastav

रौतहट । कुमार चन्दन । राैतहटको गरुडा नगरपालिकाले मागे जतिको सुचना उपलब्ध गराएपछि दिपक यादवले आमरणअनसन तोडेका छन । विभिन्न शिर्षकमा अनियमितता भएको आरोप लगाउदै आवश्यक कागजातहरुको मागलाई बेवास्ता गरेपछि विगत एक साता देखि आमरण अनसनमा बसेका दिपक यादवले अनसन तोडेका छन् ।बंशिराम अनाथालयका सञ्चालक बंशिराम जयसबाल र प्रमुख प्रशासकीय अधिकृत भुदेव झाकाे हातबाट जुस खाई एक हप्ताको लामो अनसन ताेडेका छन । गएको स्थानीय तहको चुनावमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको तर्फबाट नगर प्रमुखका प्रत्यासी दिपक यादवले माग गरेको सबै सुचना गरुडा नगरपालिकाले पुरा गरेपछि प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

News

बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला