बारा-२ मा थपिए ९२९ मतदाता

 Krishna Shrivastav

बारा । बैशाख १० गते हुने उपनिर्वाचनको लागि बारा –२ मा ९२९ जना मतदाता थपिएका छन् । यसअघि मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा यहाँ १ लाख ५ हजार ११ मतदाता रहेका थिए । जसमा पुरुष ५८ हजार ७४२ र महिला ४६ हजार २६९ थिए । आसन्न बैशाख १० गते हुने उपनिर्वाचनका लागि भने सो निर्वाचन क्षेत्रमा ९२९ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले जनाएका छन् । गएको निर्वाचनलाई नै आधार मानेर निर्वाचन कार्यालय बाराले यस पटक पनि ८२ मतदान स्थल र १३७

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारामा एसईईकाे प्रश्नपत्र बाहिरियाे

 Krishna Shrivastav

बारा । बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट एसईईकाे अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १५ मिनेटभित्रै प्रश्नपत्र बाहिरिएको हो । परीक्षा केन्द्रका केन्द्राध्यक्षको व्यवस्थापनको कमीले प्रश्नपत्र बाहिरिएको बताइएको छ । सामाजिक सञ्जालबाट प्रश्नपत्रको तस्बिर बाहिरिएको हो । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईष) शुक्रबार बिहान ८ बजेदेखि देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा सुरू भएको छ । परीक्षामा सहभागी हुन ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा रजिस्ट्रेसन फाराम

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, शिक्षा समाचार, समाचार  संग सबंधीत छ |

को हुन् भारतीय प्रहरीको ‘सर्च लिस्ट’मा रहेका अमृतपाल सिंह ?

 Krishna Shrivastav

भारत | अमृतपाल सिंह पछिल्लो समयको चर्चित नाम बनेको छ । भारतमा मात्रै होइन नेपालमा समेत सिंहको चर्चा छ । भारतको पञ्जाबबाट फरार भनिएका सिंहको खोजीमा भारतीय क्षेत्रीय गुप्तचर निकायसँगै खुफिया ब्युरो (आईबी) सक्रिय छन् । भारतीय सञ्चार माध्यमका अनुसार नेपाल-भारत सीमामा अलर्ट जारी गरिएको छ । अमृतपाल सिंह फरार भएर लखिमपुर हुँदै नेपाल पस्ने सम्भावना रहेको भन्दै सीमामा अलर्ट जारी गरिएको हो । सीमामा तैनाथ भारतीय अधिकारीहरूले नेपालबाट आउनेजाने व्यक्तिहरूको व्यापक तलासी लिदैँ परिचयपत्र हेरेर मात्रै यताउता जान दिइरहेका छन् । सीमा क्षेत्र जाने बाटोमा पिकेट लगाएर चेकजाँच भइरहेको

Breaking News, देश, विश्व, समाचार  संग सबंधीत छ |

ट्रम्पविरुद्ध आपराधिक अभियोगमा मुद्दा चल्ने

 Krishna Shrivastav

अमेरिकी | अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध आपराधिक अभियोगमा मुद्दा चल्ने भएको छ। म्यानहटन ग्राण्ड ज्यूरीले ट्रम्पविरुद्ध आपराधिक अभियोगमा मुद्दा चलाउने निर्णय गरेको हो। सन् २०१६ मा अमेरिकी राष्ट्रपति चुनावअघि एक पोर्न स्टारलाई आफूविरुद्ध नबोल्न एक लाख ३० हजार अमेरिकी डलर दिएको अनुसन्धानमा आरोप पुष्टि भएपछि ट्रम्पविरुद्ध आपराधिक अभियोगको मुद्दा चल्ने भएको हो। उनीविरुद्ध अन्य मुद्दामा पनि अनुसन्धान भइरहेको जनाइएको छ । ७६ वर्षीय ट्रम्पले आफूविरुद्धको आरोप अस्वीकार गर्दै आएका छन्। तर यो मुद्दा चले आगामी वर्ष अमेरिकी राष्ट्रपति पदमा पुनः उम्मेदवार बन्न लागेका ट्रम्पको योजनामा धक्का लाग्न सक्ने अनुमान गरिएको

Breaking News, विश्व, समाचार  संग सबंधीत छ |

मोटरसाइकल दुर्घटनामा परी रौतहटमा एक जनाको मृत्यु, एक घाइते

 Krishna Shrivastav

रौतहट। रौतहटस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकल दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुघ)टनामा एक जना गम्भीर घाइते भएका छन् । चन्द्रनिगाहपुरको चाँदी पुलमा गएराति पश्चिमबाट पूर्व जाँदै गरेको प्रदेश २ –२–००४ प ३०४७ नम्बरको मोटर साइकल दुर्घटना भएको थियो । मोटर साइकलमा पछाडि बसेकी सर्लाही हरिपुर नगरपालिका २ घर भएकी ४० वर्षीया राजकुमारी चौधरीको घटना स्थालमै मुत्यु भएको प्रहरीले जनाएको छ । मोटर साईकल चालक धनुषाको औरही ४ का ४५ वर्षीय अरुण कुमार मण्डल गम्भीर घाइते भएका छन् ।


बारा-२ मा रास्वपाबाट चुनाव लड्न रमेश खरेल तयार

 Krishna Shrivastav

बारा । नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट बारा-२ मा उपचुनाव लड्न तयार भएका छन् । बारा-२ मा वैशाख १० गते हुने उपचुनावका लागि रास्वपाभित्र हुने प्रारम्भिक निर्वाचन जिते खरेल उम्मेदवार हुने निश्चित छ । बारा-२ कै लागि युवराज न्यौपानेले पनि प्रारम्भिक निर्वाचनमा भाग लिने भएका छन् । प्रारम्भिक उम्मेदवारी उपरको दाबी विरोध गर्ने समय शुक्रबार बिहान ११ बजेसम्म निर्धारण गरिएको रास्वपाले जनाएको छ । रास्वपाबाट निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरू प्रारम्भिक निर्वाचन जितेर आउनुपर्नेछ उसको विधान छ । पूर्वडीआईजीसमेत रहेका खरेल अहिलेलाई रास्वपाको चुनाव चिह्न घण्टी मात्र

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

धनुषाबाट श्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुईजना पक्राउ

 Krishna Shrivastav

धनुषा । धनुषाबाट श्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । बिहीबार अपराहन्न ४ बजे धनुषाको जनकनन्दनी गाउँपालिका ५ बनरझुल्लाबाट धनुषाधाम नगरपालिका २ का ५५ वर्षीय जोगिन्द्र यादव र १९ वर्षीय कृष्ण साह पक्राउ परेका हुन् । भारतको जयनगरबाट जनकपुर तर्फ आउँदै गरेको प्रदेश नं.२–०२–००३ प ७०४५ नम्बरको मोटरसाइकल चेक जाँच गर्ने क्रममा दुबैजनाको साथबाट १४ लाख श्रोत नखुलेको रकम बरामद गरिएको हो । मोटरसाइकल चालक जोगिन्द्रको साथबाट १० लाख र पछाडि सबार कृष्णको साथबाट ४ लाख रुपैयाँ बरामदसहित पक्राउ गरी थप अुसन्धान धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजदेखि एसईई सुरु

 Krishna Shrivastav

वीरगंज । रामनिवास पटेल । आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षामा ४ लाख ८४ हजार २२७ जना परीक्षार्थी सहभागी छन् । परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी कूल दुई हजार ३७ वटा परीक्षा केन्द्र तोकिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए । यसअघि राष्ट्रिय परीक्षा बोर्डले ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत बैठक सम्पन्न गरेको थियो । परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन ७८ हजार भन्दा बढी जनशक्ति

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजबाट आईपीएल सुरु

 Krishna Shrivastav

वीरगंज । रामनिवास पटेल । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औं संस्करण शुक्रबारदेखि सुरु हुँदैछ। उद्घाटन समारोहमा समारोहमा गायक अरिजित सिंह र नायिका रश्मिका मान्डानाले प्रस्तुती दिनेछन्। यसपछि ७ः४५ बजे भारतको गुजरातको अहमेदावादस्थित नरेन्द्र मोदी स्टेडियमा उद्घाटनसत्रको खेल सुरु हुनेछ। जसमा साविक विजेता गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सबीच प्रतिस्पर्धा हुने भएको छ। गुजरात अलराउण्ड हार्दिक पाण्डेको कप्तानीमा मैदान उत्रिँदा चेन्नाईको कप्तानी महेन्द्र सिंह धोनीले गर्नेछन्। होम एण्ड अवे प्रणालीमा हुने आईपीएलमा १० टिम सहभागी हुनेछन्। जसमा ७४ खेल हुनेछन्। १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा राजस्थान

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रास्वपाको बारा २ को निर्वाचन संयोजकबाट गणेश कार्कीले दिए राजीनामा

 Krishna Shrivastav

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले बारा क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको संयोजकबाट राजीनामा दिएका छन् । पार्टी सभापति रबि लामिछानेलाई सम्बोधन गर्दै पत्र लेखेर कार्कीले स्वास्थ्यका कारण निर्वाचन संयोजक भएर काम गर्न नसक्ने बताएका छन् । ‘व्यक्तिगत तथा स्वास्थ्यको कारणले मलाई दिइएको बारा २ निर्वाचन संयोजकको आवश्यक जिम्मेवारीबहन गर्न नसक्ने हुँदा सो पदमा रहिरहनु पार्टीका लागि नोक्सानकारक हुन सक्ने भएकाले पदबाट राजीनामा दिएको छु ।’ आफू संयोजक नरहे पनि उपचुनावका गतिविधिहरूमा मेरो सामर्थ्य, विवेकले भ्याउने हदसम्म सरिक रहने उनले बताएका छन् ।


२५ करोडसम्मका कम्पनीलाई एसएमईमा राख्न बोर्डको प्रस्ताव

 Krishna Shrivastav

वीरगंज । नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीका लागि आईपीओ जारी गर्न तथा सेयर कारोबारका लागि छुट्टै नीतिगत व्यवस्थाको प्रस्ताव गरेको छ । बोर्डले बढीमा २५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीलाई साना तथा मझौला कम्पनी (एसएमई) को रुपमा वर्गीकरण गर्ने प्रस्ताव गरेको छ । साना तथा मझौला कम्पनीका लागि धितोपत्र कारोबारमा छुट्टै एसएमई प्लाटफर्म ल्याउन तयारी गरेको बोर्डले उक्त कम्पनीहरुको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धी नियमावली २०७९ को मस्यौदा सार्वजनिक गर्दै उक्त प्रस्ताव गरेको हो । ‘यस नियमावली बमोजीम बोर्डमा धितोपत्र दर्ता गराउने संगठित संस्थाको चुक्ता पूँजी बढीमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बाल र युवापुस्ताको प्रेम र विछोडको कथा

 Krishna Shrivastav

वीरगंज । फिल्म ‘नाइँ नभन्नु ल ६’को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरमा बाल र युवापुस्ताको प्रेम र विछोडलाई सांगीतिक शैलीमा प्रस्तुत गरिएको छ । ड्रामा र एक्सन दृश्यले समेत भरिपूर्ण ट्रेलरमा डेब्यु अभिनेता आशिर्वाद क्षेत्री शीर्ष भूमिकामा देखिएका छन् । आशिर्वाद र आँचललाई रोमान्टिक जोडीको रुपमा प्रस्तुत गरिएको छ । गायिकाको रुपमा सफल हुन संघर्ष गरिरहेको पात्रको भूमिकामा उनी प्रस्तुत छन् । विकास आचार्य निर्देशित फिल्ममा कलाकारहरुको पल्टन नै छ । सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मीसहित अन्य बाल कलाकारलाई पनि चित्रण गरिएको छ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

स्वर्णिमलाई रोक्न दुई महामन्त्री सक्रिय, सानेपामा छलफल

 Krishna Shrivastav

वीरगंज । कांग्रेस नेता तथा अर्थशास्त्री स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा उम्मेदवार बनाउने प्रस्ताव गरेपछि दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा उनलाई रोक्न सक्रिय भएका छन् । तनहुँ १ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले वाग्लेलाई उम्मेदवार बन्न प्रस्ताव गरेको सूचना बाहिरिएपछि दुई महामन्त्री उनलाई रोक्ने प्रयासमा छन् । ‘उहाँहरुले भर्खरै बैठक गर्नुभयो, स्वर्णिमजीलाई सानेपा बोलाउनुभएको थियो, तर उहाँ मान्नुभएन’ कांग्रेस केन्द्रीय कार्यालय स्रोतले भन्यो, ‘सम्भवतः एकै छिनमा कुनै अर्को ठाउँमा बसेर कुरा गर्नुहुन्छ ।’ वाग्लेजत्तिको सम्भावना भएको नेतालाई गुमाउन नहुने भन्दै महामन्त्रीहरुले सम्भावित विकल्प र अरु अवसरहरुबारे

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सामान्य कुकुरले टोक्दा पनि रेबिजको सुई लगाउनुपर्छ ?

 Krishna Shrivastav

वीरगंज । कुकुरले टोक्नासाथ रेबिजको सुई लगाउनुपर्छ ? धेरैमा द्विविधा हुन्छ । यदि कुकुर रेबिज संक्रमित छैन भने किन सुई लगाउने भन्ने प्रश्न पनि स्वभाविक नै हो । यद्यपि कुकुरले टोकेको अवस्थामा रेबिजको सुई लगाउनु उत्तम हुन्छ । किनभने भोलिको सम्भावित जोखिमलाई यसले टार्न सक्छ । कुकुर रेबिज संक्रमित छैन भने त ठीकै हो । तर संक्रमित भएपनि त्यसको लक्षण नदेखिएको हुन सक्छ । यस्तो अवस्थामा कुनै कुकुरले टोकेको छ भने पछि समस्या ल्याउँछ नै । हामी कुकुरको आवरण हेरेर मूल्यांकन गर्छौं । दुब्लो, फोहोरी कुकुर छ भने त्यसले टोक्छ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

१७ करोडको कोकिनसहित काठमाडौंबाट २ भारतीय महिला पक्राउ

 Krishna Shrivastav

वीरगंज । प्रहरीले झण्डै ८ किलोग्राम कोकिनसहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ । प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले काठमाडौंबाट नयाँदिल्ली जान लागेकी ४५ वर्षकी भल्लालामीलाई १४ चैतमा पक्राउ गरेको छ । उनको साथबाट २ किलो ८८७ ग्राम कोकिन बरामद गरेको छ । त्यस्तै १४ चैतमै भारतीय नागरिक २९ वर्षकी इस्टर लालिम्पुरीलाई ठमेलको एक होटलबाट ५ किलो कोकिनसहित पक्राउ गरेको ब्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए । उनीहरु दुबै जनाबाट बरामद भएको कोकिनको मूल्य १७ करोड, ३ लाख ५९ हजार २०० रुपैयाँ रहेको प्रहरीको भनाइ छ ।


रामनवमीमा पूजा गर्न मन्दिर पुगेका २५ जना इनारमा झरे, उद्धार कार्य जारी

 Krishna Shrivastav

वीरगंज । भारतमा रामनवमी पर्व मनाउन मन्दिर पुगेका भक्तहरु इनारमा खसेका छन् । भारतको इन्दौर शहरको पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजनमध्ये २५ जना मन्दिरको आगँनमा रहेको पुरानो इनारमा खसेका छन् । यो समाचार तयार पार्दासम्म पाँच जनालाई उद्धार गरिएको छ भने हालसम्म हताहतीको खबर आएको छैन । सिमेन्टको स्ल्याबले ढाकिएको इनारमाथि पूजाअर्चनाका निम्ति भक्तजन भेला भएका थिए । भीडको भार थाम्न नसक्दा स्ल्याब भत्कँदा उनीहरू इनारमा खसेका प्रहरीले जनाएको छ । इनारमा खसेकामध्ये केही त्यहाँ रहेको फलामको डण्डीमा झुन्डिएका तथा उनीहरूको उद्धार भइरहेको इन्दौरका सुरक्षा प्रमुख इलयाराजा टीले बताएका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जितपुरसिमरामा निर्माण हुनलागेको श्रीराधाकृष्ण मन्दिर तथा धर्मशालाको शिलान्यास

 Krishna Shrivastav

वीरगञ्ज । बाराको जितपुरसिमरास्थति हरपुरमा निर्माण हुनलागेको श्रीराधाकृष्ण मन्दिर तथा धर्मशालाको आज श्रीरामनवमीको अवसरमा शिलान्यास गरिएको छ । जितपुरसिमरा उपमहानगरपालिका-२४ हरपुर गाउँमा निर्माण हुनलागेको मन्दिर तथा धर्मशालाको बिहिबार एक कार्यक्रमका विच शिलान्यास गरिएको हो । मन्दिरको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का क्षेत्रीय अध्यक्ष घनश्याम गिरीले शिलन्यास गरेका छन् । लगभग ५० लाख रुपैयाँको लागतमा निर्माण हुनलागेक मन्दिरका लागि स्थानीयहरुले आफैमा चन्दा सङ्कलन गरेका छन् । स्थानीयहरुको सहकार्य र दाताहरुको सहयोगमा मन्दिर र धर्मशाला निर्माण गर्न लागिएको मन्दिर निर्माण समित का अध्यक्ष गजेन्द्र प्रसाद यादवले जानकारी दिए । मन्दिर शिलान्यास कार्यक्रममा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सरकारी अस्पतालको डाक्टरले अब निजी क्लिनिकमा आफ्नो नाम राख्न नपाउने

 Krishna Shrivastav

वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरूलाई निजी क्लिनिकमा नाम नराख्न सचेत गराएको छ । मन्त्रालयले एक सूचना प्रकाशित गर्दै मन्त्रालयले यस्तो भएको पाइए उक्त चिकित्सकमाथि प्रचलित कानूनबमोजिम कारवाही हुने चेतावनीसमेत दिएको छ । निजी क्लिनिकमा नाम राख्नु भनेको नेपाल स्वास्थ्य सेवा ऐन २०५३, नियमावली २०५५, जनस्वास्थ्य ऐन २०७६ तथा नियमावली २०७७, नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ को नियम २२ विरुद्ध हुने उल्लेख गर्दै त्यसरी राखिएको नाम हटाउन आग्रह गरेको हो । निजी क्लिनिकमा नाम नराख्न भने पनि मन्त्रालयले क्लिनिकमा काम गर्न नपाइने भनेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

News

नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

News

वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

News

सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

News

छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग