• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    को हुन् भारतीय प्रहरीको ‘सर्च लिस्ट’मा रहेका अमृतपाल सिंह ?

  • वीरगंज संजाल
  • Mar 31, 2023, 12:19 pm
  • १००१

    भारत | अमृतपाल सिंह पछिल्लो समयको चर्चित नाम बनेको छ । भारतमा मात्रै होइन नेपालमा समेत सिंहको चर्चा छ । भारतको पञ्जाबबाट फरार भनिएका सिंहको खोजीमा भारतीय क्षेत्रीय गुप्तचर निकायसँगै खुफिया ब्युरो (आईबी) सक्रिय छन् । भारतीय सञ्चार माध्यमका अनुसार नेपाल-भारत सीमामा अलर्ट जारी गरिएको छ । अमृतपाल सिंह फरार भएर लखिमपुर हुँदै नेपाल पस्ने सम्भावना रहेको भन्दै सीमामा अलर्ट जारी गरिएको हो ।

    सीमामा तैनाथ भारतीय अधिकारीहरूले नेपालबाट आउनेजाने व्यक्तिहरूको व्यापक तलासी लिदैँ परिचयपत्र हेरेर मात्रै यताउता जान दिइरहेका छन् । सीमा क्षेत्र जाने बाटोमा पिकेट लगाएर चेकजाँच भइरहेको छ। चार पाङ्ग्रे सवारीसाधनमा आउने मानिसलाई अमृतपालको पोस्टरसँग अनुहार मिलाएर मात्रै अगाडि जान दिइन्छ ।

    खालिस्तानी समर्थक र ‘वारिस पञ्जाब दे’ का प्रमुख अमृतपाल सिंहले पञ्जाब पुलिसलाई एक भिडियोमार्फत खुल्लमखुल्ला चुनौती दिँदै भनेका छन् कि ‘उनी रमाइलोले आराम गरिरहेका छन् र कसैले पनि आफ्नो रौ हल्लाउन सकेको छैन’। अमृतपालले आफ़्नो गिरफ्तारीको साँचो भगवानको हातमा रहेको बताएका छन् । भिडियोमा उनले सरबत खालसा सिख संगठनहरूको धार्मिक सम्मेलन अमृतको समयमा बोलाउनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘स्वदेश तथा विदेशमा जहाँ जहाँ सिख समुदाय बसेका छन्, सबैले वैशाखीको दिन हुने यस सरबत खालसामा सहभागी भई समुदायका समस्याबारे छलफल गरिदिनुहुन अनुरोध गर्दछु, किनभने हाम्रो समुदाय हाम्रो हो ।’

    भिडियोमा अमृतपाल सिंह पञ्जाबी भाषामा बोलिरहेका छन् । उनले भनेका छन्, ‘जहाँसम्म मेरो गिरफ्तारीको सवाल छ, यो वाहेगुरुको हातमा छ । अरूले मेरो एउटा रौं पनि हल्लाउन सक्दैन ।’ रेकर्ड गरिएको भिडियोमा अमृतपाल सिंहले उत्तेजक कुरा भनेका छन् । भिडियोमा अमृतपालले मार्च १८ पछि पहिलो पटक आमनेसामने भेटेको बताएका छन् ।

    अमृतपाल सिंह पञ्जाबमै लुकेर बसेको हुन सक्ने अनुमान गरिएको छ । उनले अमृतसरको गोल्डेन टेम्पलमा रहेको श्री अकाल तख्त साहिब वा भटिंडाको तलवंडी साहिबस्थित तख्त श्री दमदमा साहिबमा आएर आत्मसमर्पण गर्न सक्नेछन्, प्रहरी स्रोतलाइ उदृत गर्दै भारतीय मिडियाले बताएका छन् । सूचना पाएलगत्तै प्रहरीले दुवै स्थानमा सुरक्षा व्यवस्था कडा पारेको छ । दुवै सहरमा नाकाबन्दी गरेर सवारी साधनको खोजी भइरहेको छ ।

    आत्मसमर्पणका लागि ३ सर्त

    प्रहरी स्रोतका अनुसार अमृतपालले आत्मसमर्पणका लागि ३ सर्त राखेका छन् । उनलाई पहिलो प्रहरी हिरासतमा कुटपिट गर्नु हुँदैन । दोस्रो, उनलाई पञ्जाबको जेलमा मात्रै राख्नुपर्छ । तेस्रो, उसको आत्मसमर्पणलाई गिरफ्तारी भन्नु हुँदैन । स्रोतका अनुसार केही धार्मिक नेताहरूले उनको आत्मसमर्पणका लागि मध्यस्थता गरिरहेका छन् ।

    को हुन् अमृतपाल सिंह ?

    ‘वारिस पञ्जाब दे’का प्रमुख अमृतपाल सिंहको जन्म सन् १९९३ मा अमृतसरको जल्लुपुर खेडा गाउँमा भएको थियो । उनी तरसेम सिंहका छोरा हुन्। दीप सिधुले सन् २०२१ मा बनाएको समूहलाई पञ्जाबको अधिकारका लागि केन्द्रविरूद्ध लड्ने र पञ्जाबको संस्कृति, भाषा र सामाजिक सद्भावविरूद्ध भइरहेको आक्रमणको प्रतिरोध गर्ने भनिएको थियो ।

    अमृतपाल सन् २०१२ मा १९ वर्षको उमेरमा पन्जाबबाट काम गर्न दुबई गएका थिए। उनी १० वर्ष अर्थात २०२२ सम्म दुबईमा बसे ।

    अमृतपाल सिंहका काकाको दुबईमा यातायात व्यवसाय थियो। किसान आन्दोलनका क्रममा अमृतपाल दीप सिद्धुसँग दिल्ली सीमामा आएका थिए, उनी अगस्ट २०२२ मा दुबईबाट भारत आएर मोगाको रोडे गाउँमा ठूलो कार्यक्रम गरे र दीप सिद्धुको संस्था वारिस पञ्जाब देको प्रमुख बने । यति मात्र होइन अमृतपालले पञ्जाबमा धार्मिक यात्रा सुरु गरेका थिए। उनले सन् २०२२ को विधान सभा चुनावका बेला ग्रामीण युवाहरूलाई खालिस्तानको नाममा जोड्न थाले ।

    १५ फेब्रुअरी २०२३ मा अमृतपाल सिंहको फेसबुक पोस्टलाई लिएर वरिन्दर सिंहसँग विवाद भएको थियो भने १६ फेब्रुअरी २०२३ मा अजनालामा उनी विरुद्व एफआईआर दर्ता भएको थियो । अमृतपाल र उनका सहयोगीहरूमाथि वरिन्दर सिंहलाई अपहरण गरी यातना दिएको आरोप लागेको थियो । फेब्रुअरी १६ मा अमृतपालले अजनाला प्रहरी चौकी घेराउ गर्ने अल्टिमेटम दिएका थिए ।

    यसपछि अमृतपाल १९ फेब्रुअरीमा मोगामा दीप सिद्धुको पुण्यतिथि कार्यक्रममा पुगे र मञ्चबाट खालिस्तानको वकालत गरे । देशका प्रधानमन्त्री र गृहमन्त्रीलाई गाली गर्दै कुटपिटको घटनामा गत फागुन ११ गते अजनाला प्रहरी चौकी घेराउ गर्न आह्वान गरिएको थियो ।

    २३ फेब्रुअरी दिउँसो अमृतपाल जुलुससहित अजनाला प्रहरी चौकी बाहिर पुगे। अमृतपालसँगै आएको भीड प्रहरी ब्यारिकेड नजिक गएपछि आक्रोशित बनेको र प्रहरीसँग झडपपछि भीडले प्रहरी चौकी कब्जा गरेको थियो । जसमा एक एसपी दर्जाका अधिकृतसहित ६ प्रहरी गम्भीर घाइते भएका थिए। अमृतपालसँग श्रीगुरु ग्रन्थ साहिबको पालकी भएकोले प्रहरीले कडा कारबाही नगरेको बताइन्छ । अमृतपाल र उनका समर्थक पाँच घण्टासम्म प्रहरी चौकीमै बसेका थिए । प्रहरीले अमृतपालका सहयोगी लवप्रीत तुफानलाई २४ घण्टाभित्र रिहा गर्ने वाचा गरेपछि साँझ अबेर अमृतपाल र भीडले प्रहरी चौकी खाली गरेका थिए । २४ फेब्रुअरीमा प्रहरीले लवप्रित तुफानलाई अमृतसर जेलबाट रिहा गरेको थियो भने लवप्रीतसँगै अमृतपालले स्वर्ण मन्दिरसम्म जुलुस निकालेका थिए ।

    अमृतपाल सिंह विरुद्ध हालसम्म ४ वटा मुद्दा दर्ता भएका छन्, जसमा उनीमाथि अजनालामा वरिन्दर सिंहलाई अपहरण र आक्रमण गरेको, १५ फेब्रुअरीमा अमृतसरमा प्रधानमन्त्री, गृहमन्त्री र मुख्यमन्त्री विरुद्ध घृणापूर्ण भाषण, मोगामा प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध गत फेब्रुअरी १५ मा अभद्र भाषण गरेको आरोप लगाइएको छ। फेब्रुअरी १९ मा घृणापूर्ण भाषण, अजनालामा हिंसा र प्रहरी चौकी कब्जा गरेको भन्दै प्रहरीलाई घाइते बनाएकोमा मुद्दा परेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
  • प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    News

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑