Krishna Shrivastav
अमेरिकामा उडिरहेको जहाजमा आगो लाग्यो
Krishna Shrivastav

काठमाडौं । अमेरिकामा उडिरहेको जहाजमा आगो लागेको छ । स्थानीय समयअनुसार बिहीबार बेलुकी सवा ५ बजेतिर अमेरिकी एयरलाइन्सको बोइङमा आगो लागेको हो । १७२ जना यात्रु र छ जना चालक दलका सदस्य रहेको जहाजको ‘इन्जिन कम्पन’ भएको जानकारीपछि आकस्मिक अवतरण गरिएको थियो । अवतरणपछि सबै यात्रु र चालक दलका सदस्यलाई सकुसल बाहिर निकालिएको सीएनएनमा प्रकाशित समाचारमा उल्लेख छ । अमेरिकी एयरलाइन्सका प्रवक्ताले दिएको जानकारीअनुसार अत्तालिएका केही यात्रुलाई अस्पताल लगिएको छ ।
आजको राशिफल
Krishna Shrivastav

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका लागि आज समय शुभ रहेको छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजन प्राप्त हुने योग छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । राम्रो धन आर्जन गर्न सकिने समय छ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि भएकाहरूका लागि आज समय सामान्य छ । मिश्रित प्रभाव भएको