• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रौतहटको जंगलमा घाइते हात्ती ‘यमगज’ संकटमा

  • वीरगंज संजाल
  • २९ फाल्गुन २०८१, बिहीबार १६:४१
  • ९३७

    रौतहट | दुई महिनादेखि रौतहटको उत्तरी भेगका जंगल र वरपरका बस्तीहरूमा घाइते अवस्थामा देखिएको जंगली हात्ती ‘यमगज’ उचित उपचार र हेरचाहको अभावमा जीवन-मरणको दोसाँधमा पुगेको छ।

    चन्द्रपुर नगरपालिका–२ र ३ स्थित जंगलमा देखिएको यो हात्ती पूर्वी पर्सा राष्ट्रिय निकुञ्जबाट भटकिँदै आदर्श सामुदायिक वनको नर्सरी क्षेत्रमा आएको बताइन्छ। अगाडिको दाहिने खुट्टा सुनिएको र हिँड्न कठिन अवस्थामा रहेको कारणले ‘यमगज’ दिनप्रतिदिन कमजोर हुँदै गएको छ। आफैं चरन गर्न नसक्दा झनै संकटमा परेको छ।

    पीडाले छटपटाइरहेको ‘यमगज’लाई लिएर सामाजिक सञ्जालमा टिकटक र रिल भिडियोहरू भाइरल भइरहेका छन्। हात्ती हेर्न आउने मानिसहरूको भीड लाग्ने गरेको छ, जसले हरियो मकैको घोगा र केरा लिएर खुवाउने गरेका छन्। तर, शिकारीहरूको उपस्थिति रहेको यस क्षेत्रमा ‘यमगज’को जीवन थप जोखिममा रहेको छ।

    २०७० साल चैतमा यही जंगलमा चितवन राष्ट्रिय निकुञ्जबाट भट्किएको गैँडालाई शिकारीहरूले गोली हानेका थिए। घाइते अवस्थामा रहँदा उचित उपचार नपाउँदा दुई महिनापछि गैँडाको मृत्यु भएको थियो। सोही नियति ‘यमगज’ले भोग्न नपरोस् भनेर स्थानीयहरू चिन्तित बनेका छन्।
    यस विषयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यलाई गत साता सम्पर्क गर्दा, उनले हात्ती जंगली भएकाले त्यसै छाडिदिनुपर्ने बताएपछि स्थानीय बुद्धिजीवीहरू आक्रोशित भएका छन्। संरक्षणको जिम्मेवारीमा रहेका अधिकारीहरूको यस्तो गैरजिम्मेवारीपूर्ण धारणा प्रति स्थानीय समाजसेवी एवं शिक्षाविद् बुद्धिराज नेपालीले गम्भीर आपत्ति जनाए।

    डिभिजन वन कार्यालयले हात्तीको उद्धार तथा उपचारका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौं र राष्ट्रिय प्रकृति संरक्षण कोष ललितपुरलाई फागुन १५ गते पत्राचार गरिसकेको छ। वन कार्यालयले समयमा उपचार गर्न नसके हात्ती मर्ने खतरा रहेको स्पष्ट पारेको छ।

    यसअघि फागुन १ गते चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषबाट आएको चिकित्सक टोलीले ‘यमगज’लाई डार्ट गरेर जंगलमै उपचार गरेको थियो। तर, उपचार प्रभावकारी नहुँदा अहिले पनि घाउ निको भइसकेको छैन। शिकारीको गोली लागेको हुनसक्ने अनुमान गरिएको भए पनि यसको आधिकारिक पुष्टि हुन सकेको छैन।
    चन्द्रपुर नगरपालिकाका स्थानीयहरू तथा संरक्षणकर्मीहरूले ‘यमगज’को उचित उपचार र उद्धार तत्काल गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑