सेना राष्ट्रिय सुरक्षाको आधारशीला : प्रधानसेनापति

 Krishna Shrivastav

वीरगंज । प्रधान सेनापति प्रभुराम शर्माले सुसङ्गठित सेना नै राष्ट्रिय सुरक्षाको आधारशीला भएको बताएका छन्। । महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेडक्वाटर्रमा भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै प्रधानसेनापति शर्माले सेना बलियो भएमा मुलुकको राष्ट्रिय सुरक्षा र हितको संरक्षण हुने बताए। प्रधान सेनापति शर्माले नेपालको स्वतन्त्रता,सार्वभौम सत्ता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख जिम्मेवारी रहेको उल्लेख गरे। विकास निर्माण र पर्यावरण संरक्षण गर्नुसमेत सेनाको दायित्व भएको उनको भनाइ छ। ‘हामी कमजोर हुनु भनेको राष्ट्रिय सुरक्षा र हितलाई खलल पुर्‍याउने तत्व सलबलाउनु हो । तसर्थ, नेपाली सेना यस विषयमा सदैव सजग

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अखिल नेपाल पिछडावर्ग ओबिसी महासंघको प्रथम महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले गर्ने

 Krishna Shrivastav

वीरगंज । नेकपा एमाले निकट अखिल नेपाल पिछडावर्ग ओबिसी महासंघको प्रथम केन्द्रिय महाधिवेशन वीरगन्जमा हुने भएको छ । आउँदो चैत २२ र २३ वीरगन्जको नगरसभा गृहमा पिछडावर्ग ओबिसी महासंघको प्रथम केन्द्रिय महाधिवेशन हुने लागेको हो । वीरगन्जमा आज पत्रकार सम्मेलनको आयोजना गरेर अखिल नेपाल पिछडावर्ग ओबिसी महासंघले प्रथम महाधिवेशनलाई भव्य रुपमा बनाउन तयारी थालिएको केन्द्रिय अध्यक्ष तेजप्रकाश निषादले जानकारी दिए । उनका अनुसार पिछडावर्ग ओबिसी महासंघको प्रथम महाधिवेशनमा २२ जिल्लाका ३ सय ३१ जना प्रतिनिधि सहभागी हुनेछन । महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रसुवागढी नाकाबाट चिनियाँ पर्यटक भित्रिन थाले

 Krishna Shrivastav

वीरगंज । रसुवागढी नाकाबाट चिनियाँ पर्यटक भित्रन थालेका छन्। चीनले शनिबारदेखि नाका पूर्ण रूपमा सञ्चालन गरेसँगै चिनियाँ पर्यटक नेपाल भित्रन थालेका हुन्। शनिबार र आइतबार नाकाबाट २६ जना पर्यटक भित्रिएका अध्यागमन कार्यालय रसुवाका प्रमुख कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार चिनियाँ पर्यटकहरू काठमाडौंका आएका छन्। साथै नेपालबाट आइतबार पाँचजना चिनियाँ पर्यटक केरुङतर्फ गएका छन्। केरुङ जानका लागि एन्टिजेन परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ। कोभिड-१९ का कारण लामो समयसम्म नाकाबाट मान्छेको आवतजावत रोकिएको थियो। रसुवागढी नाकाबाट सन् २०१५ अप्रिलदेखि पर्यटक आउने क्रम सुरु भएको हो। कोभिड-१९ सुरु हुनुपूर्व नाकाबाट चिनियाँसहित विभिन्न देशका

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

चितवन-२ मा कांग्रेसका जितनारायण श्रेष्ठको उम्मेदवारी दर्ता

 Krishna Shrivastav

वीरगंज । कांग्रेसका जितनारायण श्रेष्ठले चितवन-२ को उपनिर्वाचनका लागि सोमबार दिउँसो मनोनयन दर्ता गराएका छन् । श्रेष्ठलाई सत्तारूढ गठबन्धनका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसमेतको सहयोग छ । मनोनयन दर्ताअघि भरतपुर चौबीसकोठीमा कोणसभासमेत भएको थियो । कोणसभालाई कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री महालक्ष्मी उपाध्यायलगायतले सम्बोधन गरेका थिए । चौबीसकोठीबाट जुलुस लिएर उम्मेदवारी दर्ताका लागि भरतपुरको मुख्यनिर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । श्रेष्ठ कांग्रेस चितवनका पूर्व जिल्लासभापतिसमेत हुन् । चितवन-२ मा यसअघि रास्वपा सभापतिसमेत रहेका रवि लामिछानेले उम्मेदवारी दर्ता गरिसकेका छन् ।


बारा–२ मा रमेश खरेलले दिए उमेदवारी

 Krishna Shrivastav

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा क्षेत्र नम्बर २ मा रमेश खरेलले उमेदवारी दिएका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उमेदवारी दर्ता गराएका हु्न् । पूर्व डीआईजीसमेत रहेका खरेल हालै रास्वपा प्रवेश गरेका हुन् । उनी गएको मंसिर ४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट पराजित भएका थिए । गएको मंसिर ४ को निर्वाचनमा बारा–२ बाट निर्वाचित भएका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त रहेको स्थानमा उपनिर्वाचन हुँदै छ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा खरेल यो क्षेत्रबाट प्रतिष्पर्धा गर्न लागेका हुन् ।


बोलेरो जीप दुर्घटनामा १४ जना घाइते

 Krishna Shrivastav

वीरगंज । कर्णाली राजमार्गमा बोलेरो जीप दुर्घटनामा परेको छ। राजमार्ग अन्तर्गत पर्ने दैलेखको आठबीस नगरपालिका–१ डाबस्थित जीप दुर्घटनामा परेको हो। सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क १ ज ५५ नम्बरको डबल क्याप जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। दुर्घटनामा परी चार जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले जानकारी दिए। ‘दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन्, अन्य दुई जनाको खुट्टा भाँचिएको छ, उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत सुर्खेत लैजाने तयारी भइरहेको छ,’ डीएसपी लम्सालले भने। कालिकोटको नरहरिनाथ गाउँपालिका–७ का ७ वर्षीय भिष्ण बोगटी

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

राहुल गान्धीले आफ्नो पद खारेज गर्ने फैसलाविरुद्ध आज पुनरावेदन गर्ने

 Krishna Shrivastav

वीरगंज । २३ मार्चमा सुरतको अदालतले राहुल गान्धीलाई मोदी थरसँग सम्बन्धित मानहानी मुद्दामा दोषी ठहर गरेको थियो। त्यसको भोलिपल्ट अर्थात मार्च २४ मा राहुलको लोकसभा सदस्यता पनि रद्द गरियो। अब सोमबार राहुल गान्धीले सुरतको सत्र अदालतमा यस निर्णयको विरुद्धमा याचिका दायर गर्न लागेका छन्। उनी दिल्लीस्थित आफ्नो निवासबाट सुरत प्रस्थान गरेका हुन् । राहुल गान्धीसँगै राजस्थानका मुख्यमन्त्री अशोक गहलोत, छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेल र हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखु पनि सुरत जाँदैछन् । यस मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाइएको थियो । राहुललाई फैसलाविरुद्ध अपिल गर्न ३०

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सर्लाहीमा रुखले किचिएर एक महिलाको मृत्यु

 Krishna Shrivastav

सर्लाही । सर्लाहीमा रुखले किचिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मलंगवा नगरपालिका ६ खुटौनामा रुख ढाल्दा बाटोमा हिँडिरहेकी एक महिलाको सोमबार मध्यान्ह किचिएर मृत्यु भएको हो । आज मध्यान्ह ११ः३० बजेतिर बाटो छेउमा रहेको मसलाको रुख काट्दै गर्दा अचानक रुख ढलेर किच्दा अन्दाजी ४५÷५० वर्षको जस्तो देखिने पैदलयात्रु महिलाको मृत्यु भएको हो । मृतकको परिचय खुल्न सकेको छैन् । उनी तराई मुलको जस्तो देखिन्छिन् । सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कैलाश राईका अनुसार मृतक महिलालाई स्थानीयले चिनेका छैनन् । मृतकको साथबाट भारतीय रुपैयाँ बरामद भएकाले उनी नेपालस्थित

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजका यादगार बचत तथा ऋण सहकारी सँस्था लि. का संचालक बचतकर्ताको करोडौ रकम लिएर फरार

 Krishna Shrivastav

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १७ स्थित यादगार बचत तथा ऋण सहकारी सँस्था लि. का संचालक बचतकर्ताको करोडौ रकम लिई फरार भएका छन् । सहकारीका संचालक वीरगंज महानगरपालिका वडा नं. १५ भिस्वा निवासी राहुल सिंह, श्रीमती शान्ति चौधरीले बचतकर्ताको करिब १० करोड रकम लिई फरार भएका हुन् । विगत लामो समयदेखि संचालित सो सहकारी सँस्थामा रानीघाट, अशोकवाटिका, श्रीपुर, रामगढवा क्षेत्रका अधिकाँश सर्वसाधारणहरुले खाता खोली रकम बचत गर्दै आएका थिए । गरिब परिवारदेखि न्यून्तम वर्गका बचतकर्ताहरुले रकम बचत गर्दै आएकोमा एकाएक संचालक फरार भएपछि बचतकर्ता मर्कामा परेका छन् । गरिब

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

याकको प्रजनन केन्द्रमा ब्वाँसोको अतिक्रमण

 Krishna Shrivastav

वीरगंज । जनावर र पन्छीलाई काटमार हुने क्षेत्रबाट जोगाएर जीवनदान दिन किनेर छाडिदिने चलन छ बौद्धमार्गीको । यस्तो चलन पछ्याउँदा १२ वर्षअघि खुम्बु क्षेत्रबाट याक र बाच्छा रोल्वालिङ क्षेत्रमा ल्याएर छाडिएका थिए । २०६७ मा स्थानीय गुम्बाका लामा बिरामी भए । लामा तंग्रिनका लागि उपचारसँगै एउटा पुण्यकर्म गर्ने सल्लाह गरे बेदिङका बासिन्दाले । खुम्बु क्षेत्र पुगे, १ सय ८ वटा याक किनेर ल्याए । याकसँगै हुर्कंदै गरेका ११ वटा बाच्छा पनि ल्याइए । उनीहरूलाई स्थानीयको रेखदेखमा छाडियो । उद्देश्य थियो याक संरक्षण र प्राणीले अकाल मृत्युको डरत्रास नमानी बाँच्न पाउँदा बुद्ध प्रसन्न हुनेछन् । रोल्वालिङ क्षेत्रमा प्राणीको हत्या

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रुखबाट लडेर एक जनाको मृत्यु

 Krishna Shrivastav

जाजरकोट । जाजरकोटमा एक जनाको रुखबाट लडेर मृत्यु भएको छ । नलगाड नगरपालिका– ४ प्याराधार निवासी ४० वर्षीय दीपक सार्कीको आइतबार दिउँसो रुखबाट लडेर मृत्यु भएको हो । नलगाड–४ को लम्ली जंगलमा बाख्रा गोठालो गएका सार्की भैंसीलाई घाँस काट्ने क्रममा बाँझको रुखबाट लडेर मृत्यु भएको नलगाड नगरपालिका–४ का वडा अध्यक्ष बद्री बहादुर पन्तले बताए ।


रवि लामिछानेलाई राहदानी मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

 Krishna Shrivastav

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नागरिकता दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । निवदेक युवराज पौडेलले आइतबार सर्वोच्चमा दिएको निवेदन सोमबार मुख्य रजिष्ट्रारले दर्ता गरेका हुन् । सर्वोच्च अदालतमा प्रवक्ता विमल पौडेलका अनुसार निवेदनमाथिको पेसी मंगलबारका लागि तोकिएको छ । निवेदक पौडेलले लामिछानेविरुद्ध मुद्दा नचलाउने गरी चैत ६ गते महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गरी मुद्दाको निष्पक्ष अनुसन्धान गरी मुद्दा चलाउनका लागि विपक्षीका नाममा परमादेश जारी गरी पाऊँ भन्ने माग गरेका छन् । रवि लामिछानलेलाई राहदानी दुरुपयोग मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

Breaking News, देश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जसपाका अध्यक्ष उपेन्द्र यादवले बारा २ मा मनोनयन दर्ता गराए

 Krishna Shrivastav

वीरगंज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समर्थकहरु सहित बारा २ मा उम्मेदवारी दर्ताका गरेका छन् । १० वैशाखमा हुने उपनिर्वाचनका लागि उनले कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् । यादव गत मंसिरको चुनावमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए ।


चर्को दरमा ब्याज असुलेको आरोपमा जनमत पार्टीका नेता प्रहरी नियन्त्रणमा

 Krishna Shrivastav

वीरगंज । चर्को दरमा ब्याज असुलेको र धरौटीबापत राखिएको जग्गा फिर्ता नगरेको आरोपमा सप्तरीको विष्णुपुर गाउँपालिका–७ का सुरेन्द्रप्रसाद शर्मालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले राजविराज–७ स्थित घरबाटै उनलाई नियन्त्रणमा लिएको हो । शर्मा जनमत पार्टीका पूर्व जिल्ला इन्चार्जसँगै हाल केन्द्रीय सदस्य समेत हुन् । उनी पार्टीभित्र सुरेन्द्र मधेशीका नामले चिनिन्छन् । उनीमाथि इलाका प्रहरी कार्यालय कल्याणपुरमा आपराधिक विश्वासघात र ठगी मुद्दामा जाहेरी परेको र अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए । सप्तरीकै बोदेवरसाइन

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बैतडीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु,११ घाइते

 Krishna Shrivastav

बैतडी । बैतडीमा जीप दुर्घटनामा परी एकजनाको घटनास्थलमै मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका ५ को तिलकपुरस्थित भिटा भन्ने स्थानमा सोमबार बिहान ११ बजेति गणमेश्वरबाट देहिमाण्डौंतर्फ गइरहेको से १ ज २९५ नं को जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ५ मसिना बस्ने ५५ वर्षीय महादेव भट्ट रहेका छन् । जीपमा सवार १२ जना रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । एकजनाको घटनास्थलमै मृत्यु भएको र अन्य सवार ११ जना घाइते भएका छन् । उनीहरुको उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

यसरी पश्चिमतर्फ फर्काइँदै छ सप्तकोसी

 Krishna Shrivastav

वीरगंज । भारतीय कोसी योजनाका ठेकेदार र प्राविधिकहरूले मनोमानी गर्दै कोसीको मूलधारलाई पश्चिमी तटबन्धतर्फ फर्काउन सुरु गरेका छन् । कोसीको पश्चिमी तटबन्ध नेपाली बस्तीमा जोगाउन निर्माण गरिएको हो । नदीको मूलधारलाई च्यानल नै खनेर पश्चिमतर्फ फर्काइरहेको र पश्चिमतर्फ फर्किने धारले पश्चिमी तटबन्धलाई असुरक्षित गर्ने अवस्था भारतीय ठेकेदारले सिर्जना गरिरहेका छन् । कोसीमा हुने हरेक कामको ठेक्का भारतीय कोसी योजनाले पाउने गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ बनरझुलास्थित सशस्त्र प्रहरीको क्याम्प रहेको स्परभन्दा उत्तरको स्पर नजिक भारतीय ठेकेदारले जेसीबी र ट्रय्राक्टर लगाएर बालुवा कटान गरी नदीलाई पश्चिमतर्फ फर्काइरहेका छन्

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महिलाको अर्थपूर्ण सहभागिता कहिले ?

 Krishna Shrivastav

वीरगंज । लैंगिक समानताको बलियो आधार : सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ नाराका साथ गत मार्च ८ मा महिला दिवस सम्पन्न भयो । नेपाली महिलाहरूको अवस्था अझै भेदभावपूर्ण र दयनीय छ । महिलामाथि हुने सबै प्रकारका हिंसा, विभेद, भेदभाव र शोषणको अन्त्यजस्ता महिला अधिकारका पारम्परिक नाराहरूमै हामी रुमल्लिरहेका छौं । सूचना र प्रविधिले फड्को मारेको आजको युगमा सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता नभएसम्म लैंगिक समतामूलक समाजको निर्माण सम्भव छैन । महिला सहभागिताको अवस्था : निजामती किताबखाना अनुसार नेपालमा २०७८ असारसम्म निजामती सेवाका कुल कर्मचारीमध्ये २६.५८ प्रतिशत महिला छन् । निजामती प्रशासनमा महिला सहभागिताको

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

चितवनमा ग्यास ट्यांकर दुर्घटना हुँदा एकको मृत्यु

 Krishna Shrivastav

वीरगंज । एलपी ग्याँस बोकेर मुग्लिनबाट काठमाडौं गइरहेको भारतीय नम्बर प्लेटको ट्यांकर पृथ्वीराजमार्गको कुरिनटार नजिक लेबाटारमा पल्टँदा सोमबार बिहान एक जनाको मृत्यु भएको छ ।चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार इच्छाकामना गाउँपालिका–४ मा पर्ने उक्त ठाउँमा बिहान ६ बजे युपी ७० डिटी ६०५५ नम्बरको ट्यांकर अनियन्त्रित भइ सडक छेउमा पल्टिएको हो । ट्यांकरमा रहेका एक जना पुरूषको घटनास्थलमै मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । मृतकको नाम, ठेगना, उमेर जस्ता परिचय खुल्न नसकेको उनले बताए । ट्यांकरमै रहेका अर्का व्यक्ति सख्त घाइते छन्

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

News

वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

News

लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

News

क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

News

ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक