लागूऔषधसहित पोखराबाट पक्राउ परे पर्साका शिव जनम माझी मुसहर

 Krishna Shrivastav

वीरगंज । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुई जना बालक रहेका छन् । पक्राउ पर्नेमा पर्सा पटेर्वासुगौली गाउँपालिका-४ का वर्ष ३७ का शिव जनम माझी मुसहर र पर्वतको कुश्मा नगरपालिका- ४ खुर्कोटका वर्ष २२ का हाडी भन्ने सन्दिप परियार रहेका छन् । अन्य दुईजना बालक भएको कारण प्रहरीले उनीहरुको नाम खुलाएको छैन । आइतबार राति इलाका प्रहरी कार्यालय शिशुवा र वडा प्रहरी कार्यालय गगनगौंडा कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा-३० पावरहाउसबाट उनीहरुलाई पक्राउ गरेको हो । पोखरा आउँदै गरेको बस चेकजाँचका क्रममा

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतीय आइ ड्रप प्रयोग नगर्न अमेरिकाको चेतावनी

 Krishna Shrivastav

वीरगंज । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले भारतमा बनेको आँखामा हालिने ड्रप प्रयोग नगर्न चेतावनी दिएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार यी आइ ड्रपहरूले अमेरिकामा कम्तीमा ५५ जनामा ​​संक्रमण, अन्धोपन जस्ता समस्या ल्याएको र एक जनाको मृत्युसमेत भएको जनाएको छ। एफडीएले बिहीबार भारतको ग्लोबल फार्मा हेल्थकेयर प्रालिले उत्पादन गरेको आर्टिफिसियल टियर्स आई ड्रपले ब्याक्टेरियाको संक्रमण हुने र कम्पनीले उत्पादन मापदण्डको उल्लंघन गरेको बताएको छ। चेन्नईस्थित कम्पनी ग्लोबल फार्मा हेल्थकेयरले बुधबार संयुक्त राज्य अमेरिकामा उपभोक्ता स्तरमा बाँकी भएको आइ ड्रपको स्टक फिर्ता मगाएको छ। एजरीकेयर एलएलसी र डेल्साम फार्माले

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पार्किङ शुल्क महंगो भएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी चालक आन्दोलित

 Krishna Shrivastav

वीरगंज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रमा ट्याक्सी चालक आन्दोलित बनेका छन्। विमानस्थलमा पार्किङ भाडा महँगो भएको विरोधमा ट्याक्सी चालकहरुले मंगलबार बिहानबाटै सेवा बन्द गरेका छन्। सोमबार दिउँसो पनि पार्किङको गेटमा उनीहरुले ट्याक्सी राखेर विरोध गरेका थिए। उनीहरुले यस अगाडि देखिनै पार्किङ शुल्क महंगो भएको भन्दै विरोध गर्दै आएका थिए। चालकहरुले शुल्क घटाउनुपर्ने माग राखेका छन्। विमानस्थलको जग्गा निजी कम्पनीलाई दिएर पार्किङ व्यवस्थापन हुँदै आएको छ। पार्किङ गर्दा महँगो शुल्क तिर्नु परेको गुनासो ट्याक्सी चालकबाहेक अन्य नीजी सवारी धनीले समेत गर्दै आएका छन्। पार्किङ शुल्कबापत प्रतिघण्टा २० रुपैयाँ लिँदै आएकोमा

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपालीको परीक्षामा विज्ञानको प्रश्नपत्र

 Krishna Shrivastav

वीरगंज । देशभरि माध्यमिक शिक्षा परीक्षा (एसईई) जारी छ । सोमबार विद्यार्थीहरुले नेपाली विषयको परीक्षा दिएका छन् । तर धनुषाको एक परीक्षा केन्द्रमा नेपाली विषयको प्रश्नपत्र पुग्नुपर्ने ठाउँमा विज्ञान विषय प्रश्नपत्र पुग्दा करिब ३० मिनेट ढिलो गरी परीक्षा सञ्चालन भएको थियो । यसअघि पनि धनुषामा पहिलो दिन अंग्रेजी विषयको परीक्षामा नेपाली विषयको प्रश्नपत्र पुग्दा ५० मिनेट ढिलो परीक्षा सञ्चालन भएको थियो । सबैला नगरपालिकाको रामप्रसाद माविमा सोमबार विज्ञान विषयको प्रश्नपत्र पुगेको थियो । खामको माथि नेपाली लेखिए पनि भित्र विज्ञान विषयको प्रश्नपत्र भेटिएको हुनाले पुनः उक्त प्रश्नपत्रलाई शील गरी नेपालीको

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आफूलाई बदनाम गर्ने प्रयास : मेयर साह

 Krishna Shrivastav

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुले केही विपक्षीहरुले आफूलाई बदनाम गराउन र फँसाउन आफना नाममा नक्कली परीक्षार्थी खडा गरी एसइई दिन लगाएको बताएका छन् । आफूले एसईई परीक्षा दिन फारम नै नभरेको बताउँदै मेयर साहले आफूलाई फँसाउने नियतले केही विपक्षीले आफना नामको नक्कली विद्यार्थी खडा गरेर अरुसंग परीक्षा दिन लगाइ आफनो चरित्र हत्या गरेको आरोप लगाएका छन् । मेयर साहले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफनो बारेमा विभिन्न सञ्चारमाध्यममा आएको खबरमा कुनै सत्यता नरहेको प्रष्ट पारेका छन् । मेयर प्रेमलाल साहले आफनो सट्टा ज्वाईलाई राखेर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

घट्यो डिजेल र पेट्रोलको मूल्य

 Krishna Shrivastav

वीरगंज । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०÷१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो । आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले भने,‘ सोमबार बसेको निगमकोे बोर्ड बैठकले डिजेल, मटीतेल र दुवै प्रकारका हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको छ । खाना पकाउने एलपि ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको उनले जानकारी दिए । निगमको सोमबारको निर्णयसँगै अब डिजेल र मटीतेलको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जयनगर–कुर्था रेल सेवा :आत्मनिर्भर बनाउने योजना बनाइँदै

 Krishna Shrivastav

जयनगर । जयनगर–कुर्था खण्डमा नियमित रेल सेवा सञ्चालन भएको आज एक वर्ष पूरा भएको छ । गत २०७८ साल चैत १९ गते नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेपछि चैत २० गतेदेखि सो खण्डमा नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेल्वे मार्गमा अहिले दैनिक दुई आउने र दुई पटक जाने गरेको छ । रेल सेवा सुरु हुनुअघि रेलमा यात्रु हुन्छ कि हुँदैन भन्ने आशङ्काका बीच सुरु भएको रेल सेवामा यात्रा गर्ने यात्रुको चाप बढ्दै गएको नेपाल रेल्वे कम्पनीले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारा २ मा उपेन्द्र, शीवचन्द्र सहित ३६ जनाको उम्मेदवारी दर्ता

 Krishna Shrivastav

वीरगंज । बैशाख १० मा हुन गइरहेको उपनिर्वाचनका लागि बारा क्षेत्र नम्बर २ मा दल र स्वतन्त्रका गरि ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसपा, नेकपा एमाले, जनमत पार्टी , नेपाल सुशासन पार्टी , राष्ट्रिय सवत्त्र पार्टी ,नागरिक उन्मुक्ति पार्टी सहितका १२ दल र २४ स्वतन्त्र गरि ३६ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी गराए । उम्मेदवारी दर्ताका लागि सोमबार बिहान १० देखि साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको थियो । जसपाको तर्फबाट राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । उनलाई कांग्रेस , माओवादी

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

काठमाडौं महानगरले माग्यो ५१ जना कार्यालय सहयोगी

 Krishna Shrivastav

काठमाडौं । काठमाडौं महानगरपालिकाले ५१ जना कार्यालय सहयोगी(पिएन) माग गरेको छ । महानगरले अनलाइन सूचना प्रणाली मार्फत करार सेवामा ५१ जना कार्यालय सहयोगीहरु माग गरेको महानगरको सूचनामा उल्लेख छ । काठमाडौं महनगरपालिकामा कायम रहेको खाली दरबन्दीमा कार्यालय सहयोगी पद करारमा पूर्ति गर्नु पर्ने भएकोले दरखास्त आह्वान गरिएको महानगरले जनाएको छ । १० कक्षा पास गरेका १८-३५ वर्षसम्मका पुरुष र १८-४० वर्षसम्मका महिलाले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । उम्मेदवारले ‘कार्यालय सहयोगी अनलाइन दरखास्त प्रणाली’ मार्फतमात्र आवेदन दिनुपर्ने नियम महानगरले जनाएको छ ।


अनलाइन ठगी कारोवारमा संलग्न २३ जना जनकपुरबाट पक्राउ

 Krishna Shrivastav

धनुषा । धनुषा प्रहरीले अनलाईन ठगीमा संलग्न रहेको आरोपमा जनकपुरधामबाट २३ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले पिडारी चोकस्थित बर्गर हाउसको छेउबाट उनीहरुलाई सोमबार साँझ पक्राउ गरेको हो । पिडारी चोकमा फ्ल्याट भाडामा लिएर उनीहरुले अनलाइन ठगीको काम गरिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । पक्राउ पर्नेमा १४ पुरुष र ९ जना महिला रहेका छन् ।


अर्थतन्त्रका समस्या समाधान गर्न निजी क्षेत्रको साथ चाहिन्छ : उद्योगमन्त्री रमेश रिजाल

 Krishna Shrivastav

वीरगंज । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रको साथ चाहिने बताएका छन् । सोमबार नेपाल उद्योग परिसंघसँगको भेटमा उनले यस्तो बताएका हुन् । परिसंघले उद्योगमन्त्री समक्ष उद्योगी व्यवसायीहरुको मनोबल उकास्ने काम गर्न माग गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले नवनियुक्त मन्त्री रिजाललाई बधाई तथा शुभकामना दिंदै विद्यमान अर्थतन्त्र र समस्या समाधानका विषयमा छलफल गरेको हो । परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभावलगायतका कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको पटेर्वा सुगौली गाउँपालिका-५ मनिहर्वाको विद्यालयमा थारुको अध्यक्षतामा ब्यवस्थापन समिती गठन

 Krishna Shrivastav

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर .५ मनिहर्वामा रहेको नेपाल राष्ट्रिय आधारभूत विधालयमा विद्यालय ब्यवस्थापन समिती गठन गरिएको छ । सोमबार विद्यालय प्राङ्गणमा बसेको अभिभावक भेलाले शम्भु प्रसाद थारुको अध्यक्षतामा ९ सदस्यिय समिती गठन गरेको पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले बताए । समितीको सदस्यहरुमा योगेन्द्र यादव,पंचमी देवी,फुलमति देवी ,पलट प्रसाद थारु,मदन मिश्रा र सदस्य सचिव मा विद्यालयका प्रधानाध्यापक हरिराज प्रसाद यादव रहेका छन् ।


पुर्वमुख्यमन्त्री लालबाबुले १० करोडको ललिपप देखाएर ठोरीवासीलाई झुक्याए

 Krishna Shrivastav

वीरगंज । मधेस प्रदेश सरकारले पर्साको ठोरी क्षेत्रको पर्यटन प्रबर्धन र विकासका लागि १० करोड रुपैया दिने घोषणा गरेको एक वर्ष बित्दा समेत उक्त रकम नपाउदा ठोरीवासी आक्रोशित भएका छन् ।मधेस प्रदेश सरकारले ठोरी र ठोरीवासीको भावनासंग खेलवाड गरेको भन्दै उनिहरुले प्रदेश सरकारले विभेद कायमै राखे ठोरी छिमेकको बागमती प्रदेशमा मिसिन तयार रहेको चेतावनी पनि दिएका छन् । २०७८ चैत ११ गते ठोरीमै बसेको प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले निर्णय नै गरेर ठोरीलाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गरेको थियो । मन्त्रीपरिषद बैठकपछि ठोरीमै आयोजित कार्यक्रममा तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले ठोरीमा पर्यटकीय पुर्वाधार

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

विवादमा बृहत्तर जनकपुर

 Krishna Shrivastav

जनकपुर । सांस्कृति सम्पदा संरक्षणको कार्यभार बोकेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् पछिल्लो समय निकै विवादमा परेको छ। परिषदका अध्यक्ष र कर्मचारी बीचका विवाद र असहमतिहरूले एकातर्फ परिषदको काम कारबाही सञ्चालनमा समस्या आएको छ भने अर्को तर्फ भ्रष्टाचार र अपारदर्शीताले संस्थाको अस्तित्व माथि नै प्रश्न चिह्न उठाएको छ। संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत रहेको परिषदले मिथिलाको प्रख्यात पञ्चकोशी माध्यमिकी परिक्रमा सञ्चालन हुने धनुषा र महोत्तरी जिल्ला भित्रका परिक्रमा पडाव स्थलहरूको संरक्षण, बाटोघाटो निर्माण, सांस्कृतिक सम्पदाहरूको जगेर्ना लगायतका मुख्य कामहरूको जिम्मेवारी बोकेको छ। तर, जिम्मेवारी वहन गर्नुको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मलेसिया संसद्को ऐतिहासिक निर्णय : अनिवार्य मृत्युदण्डको कानुन खारेज

 Krishna Shrivastav

वीरगंज । मलेसियाको संसद्ले अनिवार्य मृत्युदण्डको कानुन खारेज गर्ने पक्षमा मतदान गरेको छ । यो ऐतिहासिक निर्णयले सबैभन्दा पहिले त सम्भावित मृत्युदण्डको सजाय पाएका करिब १३ सय भन्दा बढी कैदीहरूलाई बचाउनेछ । सन् २०१८ देखि मृत्युदण्डमा रोक लगाएको मलेसियाले अब हत्या र आतंकवाद जस्ता ११ गम्भीर अपराधहरूमा मृत्युदण्ड दिने छैनन् । अब अदालतले सबैभन्दा गम्भीर अपराधका लागि ४० वर्षसम्म आजीवन काराबास वा लाठी प्रहार जस्ता शारीरिक सजाय तोक्नेछ । सोमबार संसद्मा बोल्दै मलेसियाका उपकानुनमन्त्री रामकरपाल सिंहले मृत्युदण्डको सजायले अपराधलाई रोक्नको लागि काम नगरेको बताएका छन् । “मृत्युदण्डले जुन नतिजा ल्याउने

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको ठाकुरराम क्याम्पसका कर्मचारीहरु आन्दोलनमा

 Krishna Shrivastav

वीरगंज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा करारमा कार्यरत कर्मचारीहरु क्याम्पसमा तालाबन्दी गरि आन्दोलनमा उत्रिएका छन् । क्याम्पस प्रमुखले त्रिवि कर्मचारी संघको अध्यक्षकै पत्निलाई आफुखुशी पुस्तकालयको कर्मचारीमा नियुक्त गरेको विरोधमा कर्मचारीहरु सोमबारदेखि आन्दोलित भएका हुन् । आन्दोलनरत कर्मचारीहरुले सोमबार क्याम्पसको प्रशासन , लेखा शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै बिहान १० देखि साँझ ५ बजे सम्म धर्ना पनि दिएका छन् । मङगलबार पनि धर्ना दिने कार्यक्रम रहेको त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघको एकाई समिति अध्यक्ष गीता श्रेष्ठले बताइन् । क्याम्पस प्रमुख उमेश चौरसियाले त्रिवि कर्मचारी संघका अध्यक्ष किशोरी चौधरीसंग मिलोमतो

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जनताको सेवामा निष्पक्ष भएर लाग्न प्रहरीलाई गृहमन्त्री श्रेष्ठको निर्देशन

 Krishna Shrivastav

वीरगंज । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताको सेवामा निष्पक्ष भएर लाग्नका लागि प्रहरीलाई निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालमा पुगेर सोमबार उनले आमनागरिकलाई न्याय र आत्मसम्मानको अनुभूति गराउन ऐन कानुनले निर्दिष्ट गरेका जिम्मेवारीहरूलाई पूर्ण पालना गरी कानूनी राज्यको प्रत्याभूति दिन निर्देशन दिएका थिए । उनले नेपाल प्रहरी प्रधान कार्यालयमा रहेको पोलीग्राफ सेक्सन, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिएका थिए। निरीक्षण पश्चात आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उपस्थित प्रहरी अधिकृत तथा जवान एवम् भिडियो कन्फेरेन्समार्फत सातवटै प्रदेश प्रहरी कार्यालय, गण,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

News

क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

News

ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

News

क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

News

हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह