‘धुम ४’बाट आमिर खानको पुनरागमन तयारी

 Krishna Shrivastav

वीरगंज । ‘लालसिंह चड्डा’ असफल भएपछि बलिउड अभिनेता आमिर खान फिल्म करिअरबाट टाढा छन् । केही समय फिल्म नगर्ने घोषणा गरेका थिए । आशा राखिएको फिल्म नै फ्लप भएपछि यसले आमिरलाई ठूलो धक्का पुर्‍याएको छ । यतिबेला भने ‘थ्री इडियट्स’ अभिनेतालाई लिएर बलिउडमा नयाँ खबर छ । भारतीय संचारमाध्यमका अनुसार यशराज ब्यानरले आमिरलाई ‘धूम’को नयाँ श्रृंखला बनाउन प्रस्ताव राखेको छ । यसलाई उनले सकारात्मकरुपमा लिएका छन् र साहिर र समर पात्रलाई पर्दामा फिर्ता ल्याउन इच्छुक पनि छन् । सबै कुरा ठीकठाक रहे, ‘धूम ४’बाट आमिरको पुनरागमन हुनेछ । गत वर्ष

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जोन सीनासँग फिल्म खेल्दै प्रियंका चोपडा, अमेजनको नयाँ फिल्म घोषणा

 Krishna Shrivastav

वीरगंज । जासूस शृंखला ‘सिटाडेल’को विश्वव्यापी रिलिजअघि अभिनेत्री प्रियंका चोपडा र अमेजन स्टुडियोबीच पुनः सहकार्य पक्का भएको छ । यसपटक प्रियंकाले अमेजनको आगामी फिल्म ‘हेड्स अफ स्टेट’मा जोन सीना र इड्रिस एल्बासँग काम गर्दैछिन् । छायांकन मे महिनादेखि सुरु हुनेछ । ‘नोबडी’ फिल्म निर्माता इल्या नाइशुलरले जोश एपेलबम र एन्ड्रे नेमेकद्वारा लिखित फिल्मलाई निर्देशन गर्दैछन् । फिल्मको कथावस्तुबारे खुलाइएको छैन यद्यपी यसलाई ‘एयरफोर्स वान’ र ‘मिडनाइट रन’जस्ता श्रृंखलाबाट प्रभावित हुनसक्ने बताइएको छ । निर्माताहरू सफारान कम्पनीका पिटर सफ्रान र जोन रिकार्ड हुन्। पछिल्लो समय प्रियंका हलिउडमा समेत ब्यस्त बनिरहेकी छन्

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

लागू औषधसहित एक जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । सशस्त्र प्रहरीले धरानबाट ठूलो परिणामको प्रतिबन्धित लागू औषधसहित एकजनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीको टोलीले बुधबार राती धरान- १६ नौलो बस्तीबाट एक युवालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय राजेश परियार रहेको सशत्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प धरानका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालले बताए। पक्राउ परेका परियारको साथबाट स्पास्पिन ७ सय २३ ट्याब्लेट, ट्रमाडोल ७ सय १८, ट्याब्लेट, गाजा ५० ग्राम र घरेलु हतियार बरामत गरिएको रिजालले बताएका छन्। धरान लागू औषध कारोबारको अखडा बनेपछी सशस्त्र प्रहरीले कारोबारमा संलग्नलाई पक्राउ गर्न विशेष

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपाल टेलिकमले ल्यायो एसईईका विद्यार्थीहरुका लागि निःशुल्क सिम

 Krishna Shrivastav

वीरगंज । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम उपलब्ध गराउने छ र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ । २०७९ चैत २४ देखि उपलब्ध हुने यो अफर ३ महिना (९० दिन) सम्म उपलब्ध हुनेछ भने बोनस अन रिचार्ज ६ महिनासम्म उपलब्ध गराइने छ । यो सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ । सिमकार्ड प्रयोगमा आउनासाथ ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन् । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महोत्तरीमा मन्दिरको पर्खाल भत्काइयो

 Krishna Shrivastav

वीरगंज । महोत्तरीको पिपरामा सडक विस्तारको क्रममा हनुमान मन्दिरको पर्खाल भत्काउदा विवाद भएको छ । जनकपुरधाम भिठ्ठामोड सडक खण्डको पिपरा गाउँपालिका–४ मन्दिर भएको स्थानमा ८० फिट सडक विस्तार गर्ने क्रममा सडक विभागले स्थानीय सरकार र प्रहरीको रोहबरमा बुधबार मन्दिरको पर्खाल भत्काएको थियो । बिना कुनै सूचना मन्दिर भत्काएको भन्दै स्थानीयवासीहरुले विरोध जनाएका थिए । स्थानीयवासीहरुले केही बेर चक्का जाम गरी प्रशासन विरुद्ध नाराबाजी गरेका थिए । यता पिपरा गाउँपालिका प्रमुख राम जानकी यादवले कुनै विवाद नरहेको बताएका छन् । सडक विस्तार गर्दा सरोकारवालाहरुले गरेको निर्णय अनुसार नै मन्दिरको पर्खाल र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महानगरको ‘लबेद’ सामु नतमस्तक नेपाल टेलिकम

 Krishna Shrivastav

वीरगंज । नेपाल टेलिकम प्रादेशिक कार्यालयले बुधबारदेखि वीरगञ्जमा सडक मर्मतको काम शुरु गरेको छ । वीरगञ्ज महानगको विरोधपछि नेपाल टेलिकम प्रादेशिक कार्यालयले आजैबाट काम शुरु गरेकोछ । महिनौदेखि अटेर गरेर बसेको विरोधमा वीरगञ्ज महानगरपालिकाले मंगलबार प्रादेशिक कार्यालयममा फोहोर लगेर थुपारेको थियो । महानरपालिकाको विरोधको २४ घण्टा नबित्दै टेलिकमले बिहानैदेखि मर्मतको काम शुरु गरेको छ । सधंै ठेक्कापट्टाको कमिसनको मोलतोलमा अल्झिने गरेको नेपाल टेलिकमको मर्मत तथा निर्माणको काम महानगरपालिकाको एक पटकको ‘लबेद’ले तत्काल शुरु गरेको छ । महानरपालिकाको विरोधपछि प्रदेश कार्यालयका प्रमुख ‘त्वम् शरणम गच्छामि’ हँुदै एक हप्तामै मर्मतको सम्पूर्ण काम

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सप्तरीमा प्रहरीलाई कारबाही गर्न प्रदर्शन

 Krishna Shrivastav

सप्तरी । सप्तरीमा प्रहरीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन भएको छ । जनता समाजवादी पार्टी (जसपा)का नेता तथा कार्यकर्ताहरुले बुधबार साँझ मशाल जुलुस निकाल्दै प्रदर्शन गरेको छ । मंगलबार प्रहरी निरीक्षक नवीन थापा मगरले जसपा सप्तरी जिल्ला अध्यक्ष केदार यादवलाई कुटपिट गरेको आरोप छ । कुटपिट गरेको प्रहरीलाई कारबाही गर्ने माग गर्दै जसपाले दुई दिनदेखि राजविराजमा प्रदर्शन गर्दै आएको छ । जसपा अध्यक्ष यादव दुई पक्षको विवाद मिलाउन प्रहर ीसँगै छलफलमा बसेका थिए । सोही छलफलमा प्रहरीसँग विवाद भएको थियो । प्रहरी र नेताबीच धक्कामुक्की हुँदा नेता यादवको अनुहारमा डाम

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पशुमा रेबिज संक्रमण

 Krishna Shrivastav

वीरगंज । कञ्चनपुरमा रेबिजको संक्रमणबाट पशु मर्न थालेका छन्। जिल्लाको भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र पुनर्वास नगरपालिकामा रेबिजको संक्रमणबाट पशुको मृत्यु भएको पुष्टि भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले जनाएको छ। यो साता मात्रै कञ्चनपुरको भीमदत्त–१९ निम्बुखेडा र वडा ३ स्थित तिलकपुरमा किसानको गाईको मृत्यु भएको छ। बेदकोट वडा–१ चम्पापुरमा एक भैसी र पुर्नवास–१ मा रेबिजको संक्रमणबाट बाख्राको मृत्यु भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले जानकारी दिए। उनले पछिल्लो एक महिना यता कैलाली र कञ्चनपुरमा रेबिजको संक्रमण फैलिएको बताए। ‘पशु मर्न थालेपछि किसानले हामीलाई

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मोरङका ३ परीक्षा केन्द्रबाट ११६ जना एसईईका परीक्षार्थी पक्राउ

 Krishna Shrivastav

वीरगंज । मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) का तीनवटा परीक्षा केन्द्रबाट ११६ जना विद्यार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थीको आशंकामा ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले बुधबार सोही परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको थियो । बिहीबार ५२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले पुष्टि गरे । आज ५२ जना शंकास्पद परीक्षार्थीलाई नियन्त्रणमा लिएका छौं, भेरिफाइ भइरहेको छ,’ उनले भने,‘ एउटाको नाममा अर्कैले परीक्षा दिएको भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौं

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंज भन्सार नाकाबाट प्रहरीकै मिलोमतोमा तस्करीको लाईन खुल्ला

 Krishna Shrivastav

वीरगंज । रामनिवास पटेल । सीमा सुरक्षा, तस्करी र अवैध क्रिायकलाप नियन्त्रण गर्न खटिएका सशस्त्र प्रहरीकै अगाडि वीरगंज भन्सार क्षेत्रमा खुलेआम व्यापक रुपमा भन्सार छली चोरी तस्करी भईरहेको समाचार प्राप्त भएको छ । भारतको सिमावर्ती शहर रक्सौलबाट तस्करको समूहले सशस्त्र प्रहरी बल बिओपी वीरगंजका डिएसपी राम जंग पाण्डेकै मिलोमतोमा टेम्पो , इ- रिक्सा म्युरी , पिकअप , मोटरसाईकल र साईकल जस्ता सवारीसाधनमा मालवस्तु लोड गरेर प्रहरीको आखा अगाडिबाट खुलेआम तस्करी भईरहेको खुलेको छ । वीरगंजको मुख्य भन्सार नाका इनर्वा र इनार्वागाउँ नाका प्रयोग गरी तस्करहरुले भारतको रक्सौलबाट लत्ताकपडा, हार्डवेयर, इलेक्ट्रोनिक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बाराको जितपुरमा चार दिने २४ कुण्डीय गायत्री महायज्ञ सुरू

 Krishna Shrivastav

वीरगंज । शोभासहितको कलश यात्रा निकालेर बाराको जीतपुरस्थित बंगाली बाबा आश्रममा बुधावारदेखि चार दिने २४ कुण्डीय गायत्री महायज्ञ सुरू भएको छ ।जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको केराढोकास्थित बंगाली बाबा आश्रममा गायत्री तिर्थ शान्तिकुन्ज हरिद्वारको तत्वावधानमा २४ कुण्डीय वेदमाता गायत्री महायज्ञको आयोजना गरिएको हो । महायज्ञको पहिलो दिन हजारौंले सहभागिता जनाएको शोभासहितको याकलश यात्राले यज्ञ स्थलदेखि सुरु भएर नगर परिक्रमा गरेको थियो । यात्रा नगर परिक्रमा गर्दै दुधौरो खोलाबाट जल भरेर पुनः यज्ञ स्थलमा फर्किएर महायज्ञमा परिणत भएको जीतपुर हिन्दू समाज गायत्री महायज्ञ समितिका अध्यक्ष शिवजी साह सोनारले जानकरी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समयमा अक्सिजन नपाउँदा एसईई परीक्षार्थीको मृत्यु

 Krishna Shrivastav

वीरगंज । राष्ट्रिय विभुति सामुदायिक शिक्षा सदन डुमरवानाबाट एसईई परिक्षा दिइरहेकी एक छात्राको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका-१५ स्थित हात्तीसारका हेमन्त खड्काकी १७ वर्षीया छोरी सन्ध्या खड्काको मृत्यु भएको हो । उनको मृत्युको कारण खुल्न सकेको छैन् । एसईई परिक्षाको तयारी गरिरहेका बेला उनि अचानक अस्वस्थ बनेकी थिईन् । विद्यालयकै उत्कृष्ट छात्रामा पर्ने उनि विज्ञान विषयको परीक्षा सकेर बिहिवार हुने परिक्षाको तयारी गरिरहेकी थिईन् । विद्यालयमै परीक्षाको तयारी कक्षा चलिरहेका बेला उनले आफूलाई सास फेर्न गाह्रो भएको बताएपछि शिक्षकले स्थानीय मेडिकलमा लगेका थिए । मेडिकलका चिकित्सकले तत्कालै अक्सिजन लगाउनुपर्ने

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारा २ मा उपेन्द्र यादवको जित सुनिश्चित : माधव नेपाल

 Krishna Shrivastav

वीरगंज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बारा २ मा गठबन्धनका उम्मेदवार उपेन्द्र यादवको जित सुनिश्चित रहेको दाबी गरेका छन् । बारा २ मा सत्तागठबन्धनबाट साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादव छन् । अगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि मैदानमा रहेका उपेन्द्र यादवलाई बारा पुगेर भेटेपछि अध्यक्ष नेपालले गठबन्धनको जित सुनिश्चित रहेको बताएका हुन् । नेपालले गठबन्धनका दलहरूलाई एकमत भएर आफ्ना उम्मेदवारलाई विजयी बनाउन आग्रह समेत गरेका छन् ।


सौराहामा अज्ञात समुहले हात्तीको सुँड काटिदिए !

 Krishna Shrivastav

सौराहा । सौराहाका पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाले पालेको हात्तीको सुँड अज्ञात समुहले काटिदिएका छन् । विगत २२ वर्ष देखि पर्यटकलाई सफारी गराउँदै आएको चन्चलकलीको सुँड मंगलबार राति ११ बजेको समयमा काटिदिएको खतिवडाले जानकारी दिए । राति ११ बजेको समयमा हात्तीको चित्कार सुनेपछि हात्तीसार पुग्दा सुँड काटिएको अवस्थामा पाइएको उनले बताए । माउते निदाएको मौका छोपी अज्ञात समुहले हात्ती मार्ने नियतले आक्रमण गरेको व्यवसायी खतिवडाको भनाइ छ । सौराहामा यस्तो घटना पहिलोपटक हो । हात्तीले सुढको माध्यमबाट पानी खान्छ । सुढ काटिएपछि हात्तीलाई पानी खुवाउन समस्या भएको खतिवडाले जानकारी दिए ।

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

धनुषामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

 Krishna Shrivastav

धनुषा । धनुषामा ट्रकले मोटरसाइकलमा ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिथिला नगरपालिका–३ हरिहरपुरका मोटरसाइकल चालक अन्दाजी २२ वर्षीय युवराज महतो रहेका छन् । बुधबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरस्थित औरही पुलमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ०१–०२–००१ ख ८७७३ नम्बरको ट्रकले प्रदेश २–०२–००२ प ८३०४ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । घटना विषयमा थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए । दुर्घटनापश्चात स्थानीयले पूर्वपश्चिम राजमार्ग पूर्ण रुपले अवरुद्ध गरेका छन् ।


आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउने छ । मनमा दुबिधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजको दिन लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

फरार अभियुक्त बचाउन प्रहरी चौकी धोरेका असई दास सक्रिय ।

 Krishna Shrivastav

वीरगन्ज । प्रहरी चौकी धोरेका असई मनोज कुमार दासले आफ्नो बल र पावरको दुरुपयोग गर्दै अभियुक्त भगाएको खुलेको छ । पटक पटक विभिन्न विवादहरुमा मुछिएका असई दासले मंगलबार राति १० बजे अप्रहन तथा शरीर बन्धक मुदाका फरार अभियुक्त पकाहामैनपुर गाउँपालिका वडा नं १ बस्ने हरिश्चन्द्र यादवलाई बल र पावरको दुरुपयोग गर्दै भगाएका हुन् । असई दासलाई पटक पटक स्थानियहरुले जानकारी गराउँदा समेत अटेरी गरी असई दासले उनलाई आफ्नै निगरानीमा राखेर घरबाट भगाएको स्थानिय एक युवाले हामीलाई जानकरी गराए। राति अबेरसम्म इलाका प्रहरी कार्यालय पोखरीयाबाट आएको प्रहरीले यादवको खोजी गरे पनि

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सर्लाहीमा स्रोत नखुलेको रकमसहित ३ जना पक्राउ

 Krishna Shrivastav

सर्लाही । सर्लाहीमा स्रोत नखुलेको ५ लाख भारतीय रुपैयाँ र ५ लाख नेपाली रुपैयाँसहित ३ जना पक्राउ परेका छन् । जिल्लाको कविलासी नगरपालिका–८ बाट सशस्त्र प्रहरीले नगदसहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–११ बस्ने ४५ वर्षीय गान्धि साह सोनार, रुपन्देही घर भएका ३५ वर्षीय राजेश बनियाँ र भारतीय नागरिक १९ वर्षीय अनिल शाह रहेका छन् । नम्बर १० गण सर्लाहीबाट खटिएको टोलीले अवैध नगदसहित तीनैजनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए । मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको प्रदेश नं। २–०३–०१५ प

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

News

क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

News

ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

News

क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

News

हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह