Krishna Shrivastav
वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरिप्रसाद गौतम निर्वाचित
Krishna Shrivastav

वीरगञ्ज | वीरगञ्ज उद्योग वाणिज्य संघको ४९औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। साधारण सभासँगै सम्पन्न पदाधिकारी निर्वाचनमा हरिप्रसाद गौतम संघको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। वीरगञ्ज उद्योग वाणिज्य संघका प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलको उपस्थितिमा पदाधिकारी चयन प्रक्रिया सम्पन्न भएको हो। अध्यक्षसहित अधिकांश पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन भएका छन् भने एक पदमा निर्वाचन सम्पन्न भएको छ। निर्वाचित पदाधिकारीहरू • अध्यक्ष : श्री हरिप्रसाद गौतम (निर्विरोध) • बरिष्ठ उपाध्यक्ष : श्री माधव राजपाल • द्वितीय उपाध्यक्ष : श्री मनोज दास • महासचिव : श्री शिवजी प्रसाद कलवार •