राराबका कर्मचारी आन्दोलित

 Krishna Shrivastav

रामसागर रामस्वरुप बहुमुखी क्याम्पस (राराब)का कर्मचारीहरु आन्दोलित भएका छन् । ११ बुंदे माग राख्दै कर्मचारीहरु दोस्रो दिन सोमबार क्याम्पसको प्रशासनिक कामकाज ठप्प पारेका छन् । पहिलो दिन धर्ना दिँदै हातमा कालोपट्टी बाँधेर उनीहरुले प्रदर्शन गरेका थिए । विद्यार्थी संख्या अनुसार कर्मचारी र शाखा हुनुपर्ने उनीहरुको प्रमुख माग अघि सारेका छन् । स्ववियु निर्वाचनमा खटिएको कर्मचारीहरुको भत्ता पनि पठाइएको थिएनन् । तर उनीहरुले धर्नाको कार्यक्रम शुरु गरेपछि क्याम्पसले पठाएको बुझिएको छ । दरबन्दी मागको लागि क्याम्पसले पहल नगरेको कर्मचारीहरुको गुनासो छ । कर्मचारीहरुको मागको विषयमा मंगलबार वार्ता हुने क्याम्पस प्रमुखले तयारी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गाउँपालिका अध्यक्षलाई बद्नाम गराउन लागि पारे वडा अध्यक्ष कुर्मी

 Krishna Shrivastav

पर्सा ।कृष्णा कुशवाहा । पर्सा जिल्लाको बिन्दबासिनी गाँउपालिकाका अध्यक्षले पालिका भित्रका केही विकास विरोधी जनप्रतिनिधि र बाहिरका बिकास बिरोधी तत्वहरु आत्तिएको जनाएका छन् । अहिले विकासको काममा सक्रिय रुपमा क्रियाशील भएर काम गरिरहेको गाँउपालिकाको विकासको काम देख्न नसकेर वडा अध्यक्ष मुक्तिनाथ राउत कुर्मी र बाहिरका तत्वहरु आत्तिएको गाँउपालिकाका अध्यक्ष प्रमोद तिवारीले बताएका हुन् । विकासको काम देखेर विभिन्न आरोप लगाउदै , गाँउपालिकाले गरेको राम्रो काम देख्न नसकेर वडा अध्यक्ष कुर्मीले मलाई बदनाम गराउने षडयन्त्र गरे पनि फरक नपर्ने र विकाशको काम नरोकिने गाउँपालिका अध्यक्ष तिवारीले बताएका हुन् । अध्यक्ष तिवारीले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आउँदो आर्थिक वर्षका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल खरिद गरिने

 Krishna Shrivastav

वीरगन्ज । कृषि सामग्री कम्पनी लिमिटेडले आउँदो आर्थिक वर्षका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने भएको छ । लिमिटेडका कायम मुकायम प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलका अनुसार आउँदो आर्थिक वर्षमा पाँच लाख मेट्रिक टन रासायनिक मल ल्याउनका लागि समयमा बजेट विनियोजन गर्न सम्बन्धित निकायसँगको छलफलपछि निर्णय भएको छ । बजेट समयमा विनियोजन नहुँदा हरेक वर्ष रासायनिक मलको कमी हुने गरेको उहाँको भनाइ छ । मल अभाव हुन नदिन आउँदो वर्षका लागि चाहिने बजेट समयमा विनियोजन गर्न सरोकारवाला निकायलाई बेलैमा जानकारी गराएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन

 Krishna Shrivastav

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ । वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उनले बताए । तीन वटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन। कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ । यसमा भने दोष

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

भारतीय अभिनेता अजित कुमार मोटरसाइकलमा आए नेपाल

 Krishna Shrivastav

वीरगञ्ज । साउथ फिल्मका सुपरस्टार अजित कुमार बाइक हाँकेरै नेपाल आइपुगेका छन् । उनी भारतको सिलगुडी हुँदै सोमबार धनुषाको ढल्केबर आइपुगेका हुन। उनले ढल्केबर स्थित रामजी स्विट्स एण्ड फूडमा खाजा खाएर नेपाली खानाको तारिफसमेत गरेका थिए । पुरी, जेरी, दही र चिया खाइ फेरी पनि आउँछु भन्दै पसलबाट छुटेको पसलका सञ्चालक रामजी शाहले बताए । छायांकनका लागि मुस्ताङ आएको यही शिलशिलामा नेपालको ठाउँ पनि हेरौं भनेर बाइकमा आएको अजितले रामजीसँग बताएका थिए । सन् २०२२ को अक्टोबरमा अजित बाइक हाँकेरै थाइल्यान्डसम्म पुगेका थिए । उनी बाइक चलाएर यूरोप समेत पुगिसकेका

Breaking News, कला मनोरंजन, देश, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

मधेश सरकारको ९ महिनामा २१.४२ प्रतिशत मात्र बजेट खर्च

 Krishna Shrivastav

वीरगन्ज । मधेश प्रदेश सरकारले चालु वर्षको ९ महिनामा कुल विनियोजित रकमको २१.४२ प्रतिशत मात्र बजेट खर्च गरेको छ । मधेश सरकारले ०७९/८० का लागि ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजार रुपैयाँ विनियोजन गरेकोमा चैत मसान्तसम्ममा १० अर्ब ५ करोड १३ लाख ९९ हजार १८६ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय मधेश प्रदेशले जनाएको छ । चालु आर्थिक वर्षको बाँकी ३ महिनामा मधेश सरकारलाई ३६ अर्ब ८६ करोड ३४ लाख ८८ हजार ८१४ रुपैयाँ खर्च गर्न बाँकी रहेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि १८ अर्ब

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारा २ मा कसले मार्ला बाजी ?

 Krishna Shrivastav

बारा । आगामी बैशाख १० गते हुने निर्वाचनको मिति नजिंिकदो छ । उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । बारा निर्वाचन क्षेत्र नम्बर २ मा चार ‘हेवि वेट’सहित ३६ उम्मेदवार प्रतिस्पर्धामा छन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, नेकपा एमालेका पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेश खरेल मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन् । तर सबै उम्मेदवारले नतिजा आफनो पक्षमा ल्याउने गृहकार्य गरिरहेको छ । चर्चामा रहेका यी चारमध्ये जसपा अध्यक्ष यादव र रास्वपाका खरेल पर्यटक उम्मेदवार मात्रै छैनन्, गत मंसिरमा सम्पन्न निर्वाचनमा पराजित उम्मेदवार

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जनकपुरधाम उपमहानगरपालिकाद्वारा गरिएका कर्मचारीको स्तर वृद्धि अवैधानिक

 Krishna Shrivastav

जनकपुर | जनकपुरधाम उपमहानगरपालिकाले गरेको कर्मचारीको स्तर वृद्धि अवैधानिक रहेको महालेखा परीक्षकले ठहर गरेको छ । प्रदेश लोक सेवा आयोगबाट कुनै परामर्श नै नगरिकन कर्मचारीको स्तर वृद्धि गरेकोले सो अवैधानिक रहेको भन्दै महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०७८/७९ को ६० औँ वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख छ । मधेश प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा २ (झ) को व्यवस्था प्रतिकूल हुने गरी जनकपुरधाम उपमहानगरपालिकाले कर्मचारी समायोजन (स्तर वृद्धि) ऐन, २०७७ जारी गरेको र प्रमुख प्रशासकीय अधिकृतको २०७८ वैशाख ३० गतेको निर्णयबाट

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सडक निर्माणको माग गर्दै विरोध प्रदर्शन

 Krishna Shrivastav

जनकपुर । जनकपुरधामको परिक्रमा सडक निर्माणको माग गर्दै स्थानीयवासीहरुले विरोध प्रदर्शन गरेका छन् । धार्मिक तथा ऐतिहासिक महत्वको जनकपुरधाम परिक्रमा सडक निर्माण यथाशीघ्र गर्नुपर्ने माग गर्दै स्थानीयवासीहरुले जनकपुरधाम उपमहानगरपालिका–८ ज्ञानकुप विद्यालय नजिकको सडकमा आइतबार प्रदर्शन गरेका छन् । स्थानीयवासीहरुले सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । उनीहरूले भ्रमरपुराचोकदेखि बलबाटोल प्रहरी चौकी, ज्ञानकुप विद्यालय हुँदै, पिडारीको रेल्वे लिकसम्मको बाटो अवरुद्ध गरेर बिग्रे भत्केका सडकहरु तत्काल निर्माण गरिनु पर्ने माग अघि सारेका छन् । केही महिना अगाडि तत्कालीन शहरी विकास मन्त्री मेटमनि चौधरीले परिक्रमा सडकको रेल्वे ट्रयाकदेखि भ्रमरपुरा चोकसम्म निर्माण गर्ने गरी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सूचना लुकाउने प्रशासकीय अधिकृतलाई जवाफ पठाउन आयोगको आदेश

 Krishna Shrivastav

वीरगंज | सूचना दिन आलटाल गर्ने सप्तरीको राजविराज नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत निरन्जन यादवलाई ७ दिनभित्र लिखित जवाफ पठाउन राष्ट्रिय सूचना आयोगले आदेश दिएको छ । स्थानीय सूचना अभियन्ता एवम् पत्रकार सौरभ यादवले आयोगमा दिएको पुनरावेदनमाथि प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीको चैत २९ गते बसेको संयुक्त इजलासले सो आदेश दिएको छ । यादवले नगरपालिकामा उपलब्ध रहेको सवारी साधन (चालु,ठप्प,र हाल मर्मत)को विवरण,आर्थिक वर्ष ०७८/०७९ र हालसम्म इन्धन र सवारी मर्मतमा खर्च भएको रकमसहितको विवरण,आब ०७८/०७९ र हालसम्म खर्च गरिएको कुल बजेट (योजना

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

देशभर ३१ जिल्लाका ६४ ठाउँमा डढेलो

 Krishna Shrivastav

देशका ३१ जिल्लाका ६४ ठाउँमा अहिले पनि डढेलो लागिरहेको छ । बर्दियाका ४, बाँके, दाङ र प्युठानका तीन/तीन ठाउँमा डढेलो लागेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । यस्तै, धादिङ, डोटी, काभ्रे, कैलाली, कपिलवस्तु, मकवानपुर, ओखलढुङ्गा, पाल्पा, पर्सा, रुपन्देही र सिन्धुलीका दुई/दुई ठाउँमा डढेलो लागेको छ । यस्तै, उदयपुर, सल्यान, रामेछाप, पर्वत, नुवाकोट, नवलपुर, महोत्तरी, लमजुङ, कास्की, कञ्चनपुर, गुल्मी, दैलेख, डडेल्धुरा र अछामका एक/एक ठाउँमा डढेलो लागेको वन मन्त्रालयको तथ्याङ्कले देखाएको छ । मध्य र पूर्वी नेपालमा केन्द्रित रहेको डढेलो पछिल्ला दिनमा पश्चिम नेपालसम्म फैलिएको छ । राष्ट्रिय विपद् जोखिम

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जातिय विभेद विरुद्ध देशभरका दलितहरु अन्दोलनमा उत्रिन्छौ : दलित अगुवाहरु

 Krishna Shrivastav

वीरगञ्ज । पछिल्ला केहि दिनयता पर्सा र बारामा भइरहेका महायज्ञमा दलितलाई छुवाछूतको विभेद गरि प्रवेश गर्न वञ्चित गर्न थालिएपछि उनिहरु संगठित हुँदै विद्रोहमा उत्रिने तयारी गरेका छन् । नेपालको संविधानमै जातिय विभेद तथा छुवाछूतलाई दण्डनीय अपराधको रुपमा उल्लेख छ । जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ ले सार्वजनिक वा निजी स्थलमा जातीय भेदभाव वा छुवाछूतजन्य कार्य गरेको अवस्थामा ऐनअन्तर्गत फौजदारी दण्डको भागीदार बन्नुपर्ने व्यवस्था पनि गरेको छ । ऐनको दफा ४ को उपदफा २ (ख) मा व्यक्तिगत वा सामूहिक रूपमा सार्वजनिक स्थान वा समारोहमा कुनै प्रकारको भेदभाव गर्न

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतको महाराष्ट्रमा गर्मीका कारण ११ जनाको मृत्यु

 Krishna Shrivastav

वीरगञ्ज । भारतको महाराष्ट्रमा एउटा पुरस्कार वितरण समारोहमा अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । महाराष्ट्रको नविमुम्बईमा आइतबार दिउँसो आयोजित महाराष्ट्र भूषण पुरस्कार वितरण समारोहमा सहभागीहरुको मृत्यु भएको हो । अत्यधिक गर्मीका कारण शरीरमा पानीको अभाव तथा चर्को घाममा लामो समय बसेका कारण १ सय २० जना बिरामी परेको जनाइएको छ । जसमध्ये ११ जनाको मृत्यु भएको र अन्य १३ जनाको अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएकाे छ । मुम्बई शहरदेखि नजिकैको नविमुम्बई भन्ने स्थानको खर्घर मैदानमा आयोजित समारोहमा लाखौं मानिस सहभागी भएका थिए । ३ सय एकड

Breaking News, विश्व, समाचार  संग सबंधीत छ |

उपनिर्वाचनमा बारा २ मा पनि नेपाली सेना परिचालन गरिने

 Krishna Shrivastav

बारा । बैशाख १० मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न बारा २ सहित तीनवटै निर्वाचन क्षेत्रमा नेपाली सेना परिचालन गरिने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न बारा २, तनहु १ र चितवन २ मा सेना परिचालन गर्ने स्वीकृति दिएका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘एकीकृत सुरक्षा कार्य योजना, २०७९ मा व्यवस्था भएअनुसार सुरक्षा निकायबीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगञ्जका एक युवकको भारतमा रहस्यमय हत्या

 Krishna Shrivastav

वीरगञ्ज । वीरगञ्जका एकजना युवकको भारतमा रहस्यमय हत्या भएको छ । वीरगञ्ज –१ छपकैया सिसौंबारीका गणेश राउत कुर्मीका जेठा छोरा सोनालाल राउत कुर्मीको एक साताअगाडि रहस्यमये हत्या भएको हो । ३२ वर्षीय सोनालाल गत चैत २३ गते दिउँसो १ बजेपछि सम्पर्कविहीन भएका थिए । उनको शव चैत २६ गते बिहान महाराष्ट्रको मुम्बईस्थित कुर्ला स्टेशनबाट रक्सौल–मुम्बई जाने रेलबाट फेला परेको थियो । कुर्ला प्रहरीका अनुसार उनको घाँटी थिचेर टाउकोमा प्रहार गरी हत्या गरिएको थियो । मृतक सोनालालको शवको शल्यपरीक्षण प्रतिवेदन आउन बाँकी छ । शव बरामद भएपछि सोनालालका बुबा गणेश राउतसहित

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको सखुवाप्रसौनीको उत्तरी भेगमा दुई सातादेखि बाघ आतंक

 Krishna Shrivastav

वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ को उत्तरी भेगमा दुई सातादेखि बाघ आतंक छ । कोइलाभार बिन्दवासिनी साझेदारी वनसँग जोडिएको सिधपुर, सखुवनिया, सियरही लगायतका गाउमा बाघले आतंक मच्चाएको छ । स्थानीय लीला विकले बाघले आफ्नो घर पालुवा कुकुरलाई समेत सिकार बनाएको बताउनुभयो । वडाध्यक्ष वासुदेव महतो थारूले बाघको डरले स्थानीय किसान मकै खेतमा पस्नसमेत छाडेको बताउनुभयो । कोइलाभार बिन्दवासिनी साझेदारी वन पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । साझेदारी वनमा विगतमा बाघ नरहेकोमा हाल यस भेगमा देखा परेको बाघ निकुञ्जबाट आएको हुन सक्ने थारूको भनाइ छ । निकुञ्जमा हाल ४० बढी बाघ

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

भारतबाट इन्धनको मूल्य बढेर आयो, नेपालमा के होला?

 Krishna Shrivastav

भारत | भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपालले खरिद गर्ने इन्धनको मूल्य बढाएर पठाएको छ। आईओसीबाट पेट्रोलमा प्रतिलिटर साढे ६ रुपैयाँ र डिजेलमा प्रतिलिटर १ रुपैयाँले बढेर आएको निगमले जनाएको छ। अन्य इन्धनको मूल्य भने यथावत नै रहेको छ। अबको १५ दिनमा निगमले ६० करोड नाफा गर्ने प्रक्षेपण गरेको छ। यस अघि १५ दिनमा निगमले ८० करोड रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको थियो। मूल्य समायोजनको विषयमा एक/दुई दिनमा सञ्चालनक समितिले निर्णय गर्ने निगमले जनाएको छ।


साढे पाँच अर्बले घट्यो आन्तरिक राजस्व

 Krishna Shrivastav

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको आन्तरिक राजस्व असुली गत आवको सोही अवधिको तुलनामा साढे पाँच अर्ब रूपैयाँले न्यून देखिएको छ। आन्तरिक राजस्व विभागका अनुसार चालु आवको चैत मसान्तसम्ममा आन्तरिक राजस्व संकलन तीन खर्ब ३७ अर्ब १० करोड २० लाख रूपैयाँ बराबर छ। गत आवको सोही अवधिमा सरकारले तीन खर्ब ४२ अर्ब ६५ करोड ८७ लाख रूपैयाँबराबर कर उठाएको थियो। अहिले अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको असर सरकारी राजस्व असुलीमा पनि देखिएको हो। गत आवको सुरुवाती नौ महिनाको आन्तरिक राजस्व संकलनको तुलनामा चालु आवको सोही अवधिमा पाँच अर्ब

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

News

जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

News

सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

News

लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

News

पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा