लगातार दोस्रो जितको खोजीमा नेपाल

 Krishna Shrivastav

वीरगंज । एसीसी प्रिमियर कपको आफ्नो दोस्रो खेलमा आज (शुक्रबार) ओमानविरुद्ध मैदान उत्रिँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । नेपाल घरेलु मैदानमा भएको पछिल्लो नौ खेलमा अपराजित छ । नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई हराउनुअघि आईसीसी क्रिकेट विश्वकप लिग–२ को आठ खेलमा जित निकालेको थियो । यद्यपि, लिग–२ का सबै खेल आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय खेलको रुपमा मान्यता प्राप्त थियो । तर, अहिले जारी एसीसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय भए नभएको बारेमा भने आईसीसी र नेपाल क्रिकेट संघ (क्यान) दुवैले केही खुलाएका छैनन् । प्रतियोगितामा दुवै टिमको यो

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पूर्ण विद्युतीकरणका लागि बजेट स्वीकृत

 Krishna Shrivastav

बेनी । म्याग्दीलाई पूर्ण विद्युतीकरण घोषणा गर्न बजेट स्वीकृत भएको छ । जिल्लाका सबै घरधुरीमा बिजुलीको पहुँच पुर्‍याउने योजनाअन्तर्गत रु २० करोड ५८ लाख नेपाल विद्युत् प्राधिकरणमार्फत स्वीकृत भएको हो । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण शाखाले तयार गरेको लगत अनुमानका आधारमा प्राधिकरणमार्फत स्वीकृत भएर आएको उक्त बजेटलाई प्राधिकरणको प्रादेशिक कार्यालय, पोखराले चालु आर्थिक वर्षमै ठेक्का प्रक्रियामार्फत अघि बढाउने तयारी गरको गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले जानकारी दिए । पहुँच नपुगेका र लघुजलविद्युत्बाट उत्पादित बिजुली प्रयोग गर्दै आएका स्थानमा विद्युत विस्तार गर्न बजेट स्वीकृत भएको हो । धवलागिरि गाउँपालिका–१ गुर्जाबाहेक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पुल निर्माणमा ३१ लाख ७४ हजार हिनामिना गर्ने गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित २३ विरुद्ध मुद्दा

 Krishna Shrivastav

वीरगंज । पुल निर्माणमा अनियमितता गर्ने सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन अध्यक्ष रामबल्लभ साह, उपाध्यक्ष आशादेवी यादव, प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रकुमार महतसहित २३ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित धन्छवारको पश्चिम कटनिया नयाँ नदीमा पुल निर्माणका लागि ०७५/७६ र ०७६/७७ मा विनियोजित बजेटमा ३१ लाख ७४ हजार चार सय ६७ रुपैयाँ अनियमितता गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको हो । पुल निर्माणका लागि ०७५/७६ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत रकम स्वीकृत भई त्यसको निर्माणको काम गाउँपालिकाले विष्णुदेव यादव अध्यक्ष

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

स्थानीय तहका जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना

 Krishna Shrivastav

वीरगंज । नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालयमा भर्ना अभियान सुरु भएको छ । कतिपय पालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकका सन्तान अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेका छन् । यस्तो निर्णय गर्नेमध्येका कपिलवस्तुको शिवराज र कैलालीको घोडाघोडी नगरपालिकाका मेयर तथा तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्षले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन् । शिवराज नगरपालिका मेयर अजय थापाले आफ्नी छोरी एन्जललाई खैरेन्द्रपुरमा रहेको समयथान मावि कक्षा ८ मा भर्ना गरेका हुन् । उनकी छोरी अंशबाहिनी एकेडेमी इंग्लिस स्कुलमा पढ्थिन् । मेयर थापाले निःशुल्क शिक्षा कार्यान्वयन आफैँबाट गर्नुपर्छ भनेर यो कदम चालेको बताए । उनका अनुसार सामुदायिक विद्यालयीय

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

इम्बोस्ड नम्बर जडानमा फेरि कडाइ गरिँदै

 Krishna Shrivastav

वीरगंज  ।  पटक–पटक छलफल र निर्णय भएर पनि पूर्ण कार्यान्वयन हुन नसकेको सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानमा सरकारले फेरि कडाइ गर्ने भएको छ । सरकारले नम्बर प्लेटमा आधा नेपाली र आधा अंग्रेजी भाषा राख्ने गरी तयारी थालेको हो । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लिखित जवाफ पर्खिरहेको यातायात व्यवस्था विभागले जनाएको छ । नम्बर प्लेटको भाषामा विरोध भएपछि गत चैतमा बसेको मन्त्रिपरिषद् बैठकले सवारी तथा यातायात व्यवस्था ऐन ०४९ को अनुसूची २ लाई सच्याएर नेपालीमा पनि लेख्न पाउने निर्णय गरेको थियो । बैठकले नेपाली र अंग्रेजी दुवै भाषा प्रयोग गर्न सकिने निर्णय भएको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

साढे दुई करोडको कोकिनसहित केन्याली महिला पक्राउ, १० वर्षमा झन्डै डेढ अर्बको कोकिन बरामद

 Krishna Shrivastav

वीरगंज । अवैध लागुऔषध कोकिन कारोबारमा संलग्न एक केन्याली महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ६३ वर्षीया पिलिसिला वान्जा डिरुतु हुन् । उनको साथबाट प्रहरी झन्डै साढे दुई करोड मूल्यबराबरको कोकिन बरामद गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई ठमेलस्थित होटेलबाट पक्राउ गरेको हो । उनले एक किलो ८० ग्राम परिमाणको कोकिन इथियोपियाबाट कतारको दोहा हुँदै काठमाडौं ल्याएकी थिइन् । ब्युरोका अनुसार लेडिज ब्यागभित्र ‘फल्स बटम’ बनाई ल्याइएको कोकिन भारतको नयाँदिल्ली लैजाने तयारी थियो । कोकिन लिन दिल्लीबाट भारत उत्तर प्रदेश अलिगढका ५१ वर्षीय रवीन्द्रकुमार परासर काठमाडौं आएका थिए । उनले कोकिन रवीन्द्रकुमारलाई

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

फास्ट ट्रयाकको सुस्त निर्माण

 Krishna Shrivastav

वीरगंज । सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माण सम्पन्न हुने म्याद दुई वर्षका लागि थप गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रक्षामन्त्री पूर्णबहादुर खड्कासहित मन्त्रीहरूको टोलीले ५ वैशाखमा द्रुतमार्ग अवलोकन गरेर फर्केपछि सोही दिन मन्त्रिपरिषद् बैठकले म्याद थपेको हो । ०८१ पुससम्म द्रुतमार्ग सम्पन्न हुने लक्ष्य थियो । तर, कोरोना समयमा काम रोकिएका कारण हालसम्म पूरै खण्डमा ठेक्का लगाउन नसकिएको कारण देखाउँदै सेनाले म्याद थप्न प्रस्ताव गरेको थियो । ‘काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजनाको निर्माण अवधि ०८३ चैत मसान्तसम्म थप्ने निर्णय भएको छ,’ सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन् । मन्त्रिपरिषद्ले आयोजनाका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

निरन्तर घाटामा १९ संस्थान

 Krishna Shrivastav

वीरगंज । विसं १९९३ मा विराटनगर जुट मिल सञ्चालनबाट सुरु भएको सार्वजनिक संस्थानको यात्रा ०४७ मा आइपुग्दा ६२ वटासम्म पुगेको थियो । तर, ०४९ देखि सरकारले सार्वजनिक संस्थान निजीकरण गर्ने नीति लिएपछि संस्थानको संख्या घट्दै गएर हाल ४४ मा झरेको छ । यसमध्ये ४२ मात्र सञ्चालनमा छन् । सञ्चालनमा रहेकामध्ये आव ०७७/७८ सम्म १९ वटा खुद नोक्सानी र २२ वटा खुद नाफामा छन् । त्यसैगरी, निरन्तर सञ्चित नोक्सानीबाट १६ संस्थान गुज्रिरहेका छन् । यसबाहेक जनकपुर चुरोट कारखाना बन्द अवस्थामा छ । त्यसैगरी, विद्युत् उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले भर्खरै व्यवसाय सुरु गरेका छन् । सञ्चित

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सर्लाहीको गडैता नगरपालिकाले डेढ लाख पर्ने सडकबत्ती साढे १४ लाखमा गर्‍यो खरिद

 Krishna Shrivastav

सर्लाही । सर्लाहीको गडैता नगरपालिकामा सडकबत्ती जडानमा अनियमितता भएको छ । नगरपालिकाले एक लाख ५७ हजार सात सय ६० रुपैयाँ पर्ने सडकबत्ती १४ लाख ६२ हजारमा खरिद गरिएको हो । प्राप्त विवरणअनुसार नगरपालिकाले गत २८ पुसमा ६८ थान ‘एनबिटी लिड आल्मुनियम’ सडकबत्ती खरिद गरेको थियो । लिड लाइट विक्रेता कम्पनीको वेबसाइट ‘इन्डिमार्ट डटकम’मा उक्त बत्तीको मूल्य प्रतिथान भारु १४५० (दुई हजार तीन सय २० नेपाली रुपैयाँ) राखिएको छ । यस आधारमा ६८ थान बत्तीको बजार मूल्य एक लाख ५७ हजार सात सय ६० रुपैयाँ पर्न आउँछ । तर, गडैता नगरपालिकाले प्रतिथान २१ हजार

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बरन्डामा ३१ सहसचिव

 Krishna Shrivastav

वीरगंज  ।  मन्त्रालयका महाशाखा हाँक्ने सहसचिवहरूलाई जिम्मेवारीविहीन पार्दा सेवाप्रवाहमा असर मात्रै होइन, कर्मचारीको मनोबल पनि गिरेको छ, कतिपय सहसचिवलाई मन्त्रालयमा बस्ने कुर्सी–टेबुलसम्म छैन विभिन्न मन्त्रालयका महाशाखा हाँक्ने ३१ सहसचिवलाई सरकारले जिम्मेवारीविहीन बनाएको छ । काम नपाउँदा उनीहरू हाजिर गरेर घर फर्किने गरेका छन् । जसले सेवाप्रवाहमा त असर परेको छ नै, कर्मचारीतन्त्रकै मनोबल पनि गिरेको छ । सेवा लम्साल, प्रवक्ता पराराष्ट्र मन्त्रालय केही देशहरूमा राजदूत नियुक्ति बाँकी छ, राजदूत नियुक्तिपछि तथा अन्य जिम्मेवारीको टुंगो लागेपछि समस्याको हल हुन्छ स्वास्थ्य मन्त्रालयमा सहसचिवद्वय नारायण ढकाल र डा. राधिका थपलिया (एघारौँ तह) १५ महिनादेखि जिम्मेवारीविहीन छन् ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

निजामती कर्मचारीको वृत्ति विकासमा बन्ध्याकरणको प्रयास

 Krishna Shrivastav

वीरगंज । ओली । संविधान जारी भएको वर्षौंपछि निजामती सेवासम्बन्धी विधेयक संसद्मा प्रस्तुत गर्ने तयारी थालिएको छ । ऐनको आधिकारिक मस्यौदा सार्वजनिक नगरिए पनि अनौपचारिक रूपमा सार्वजनिक गरिएको विधेयकमा अन्तर्निहित विषयवस्तुले आशा र ऊर्जा सञ्चार गर्न सकेका छैनन् । बरु प्रस्तावित मस्यौदाले निजामती सेवालाई थप अस्तव्यस्त बनाउने खतरा देखिन्छ । निजामती कर्मचारीको वृत्ति विकासमा संकुचन आउने तथा श्रमबजारमा रहेका दक्ष जनशक्तिलाई निराश बनाउने गरी ऐनको मस्यौदा तर्जुमा भएको पाइन्छ । आन्तरिक र अन्तरसेवा प्रतिस्पर्धालाई निषेध किन ?:  प्रस्तावित मस्यौदा चाकडी वा खुसामद गरी आफ्ना प्रमुखलाई रिझाउन नचाहने, आफ्नो क्षमतामा विश्वास गर्ने, शक्ति केन्द्रभन्दा आफ्नो काममा

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

के नेपालमा नयाँ मौसमी प्रणाली भित्रिँदै हो?

 Krishna Shrivastav

वीरगंज । नेपालमा आजदेखि नयाँ मौसमी प्रणाली विकासको संकेत देखिएको छ। बढिरहेको गर्मी र वायु प्रदूषणको कार‌ण जनजीवन प्रभावित भइरहेका बेला नेपालमा नयाँ मौसमी प्रणाली भित्रिले संकेत देखिएको हो। पछिल्लो एक सातादेखि अधिकतम तापक्रम बढेर तराईमा ४० डिग्री सेल्सियस पुगेको छ। नयाँ मौसमी प्रणाली विकास नहुँदा स्थिर मौसमको कारण लगातार तापक्रम बढिरहेको मौसम विज्ञान विभागले जनाएको छ। हिजोदेखि सुदूरपश्चिमतिर बाक्लो बादल देखिएकाले आजदेखि मौसममा त्यसको केही असर देखिन सक्ने विभागको अनुमान छ। नयाँ मौसमी प्रणालीवाट ठूलो वर्षा नभए पनि हल्का तथा क्षणिक वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सेनाले माग्यो ४५०० जनशक्ति, आठ पास भएकाले आवेदन दिन पाउने

 Krishna Shrivastav

वीरगंज । नेपाली सेनाले चार हजार ५०० जनशक्ति माग गरेको छ । गोरखापत्रमा सूचना निकाल्दै सेनाले १८ वर्ष पूरा भएर २२ वर्ष ननाघेकाले १४ जेठसम्म आवेदन दिन पाउने जनाएको छ । न्यूनतम आठ कक्षा पास भएका व्यक्तिले आवेदन दिन सक्नेछन् । सेनाले खुलातर्फ दुई हजार ३५१, सैन्य परिवारलाई २२५, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेसी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जनाको लागि आवेदन मागेको हो ।


आज शुक्रवार ०८ बैशाख २०८० को राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । पुराना शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन्

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

कारागार भित्र बेहोश भएका कैदीवन्दीको विच बाटोमा मृत्यु

 Krishna Shrivastav

मकवानपुर । मकवानपुरको भिमफेदी कारागारका एकजना कैदीवन्दीको मृत्यु भएको छ। मकवानपुको मनहरी गाउँपालिका वडा नम्बर ६ लोथरका ३५ वर्षीय समिर परीयारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आफ्नै दाजुको हत्या गरेको आरोपमा कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका परियार हिडदा हिडदै एक्कासी बहोस भएर ढलेका थिए। उनलाई उपचारको लागि हेटौडा अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको भिमफेदी कारागारका प्रमुख तिर्थराज पौडेलले बताए । परियारलाई उपचारको लागि हेटौँडा अस्पताल पुर्‍याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। उनी १५ महिना अघि मात्र भिमफेदी कारागारमा ल्याइएको थियो । जेल

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

शुक्रबार रातिदेखि बारामा नेपाल-भारत सीमानाका बन्द हुने

 Krishna Shrivastav

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअघि नेपाल-भारत सीमानाका बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै ८ वैशाख शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजेसम्म जिल्लाका भारतीय सिमाना बन्द रहने जनाएको हो । यस्तै मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाएको छ । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाद्वारा जारी सुचनामा बारा क्षेत्र नम्बर २ भित्र पर्ने हुलाकी राजमार्ग लगायत

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा काका, भतिजाको मृत्यु

 Krishna Shrivastav

सर्लाही । सर्लाहीको लालबन्दीमा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग सडक खण्डअन्तर्गतको रानिगञ्ज र लालबन्दी बिचमा पर्ने जङ्गल क्षेत्रमा बिहिबार बिहान भएको दुर्घटनामा दुईजना मोटरसाइकल चालकको मृत्यु भएको हो । प्रहरीकाअनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । पूर्वबाट पश्चिम तर्फ आइरहेको प्रदेश २-०३-००१ ख ८१५ नम्बरको ट्रकले विपरित दिशाबाट गइरहेको बा ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको सर्लाही प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेश राज सुवेदीले जानकारी दिए । घटनामा महोत्तरीको गौशाला नगरपालिका– ११ का अन्दाजी २९ वर्षका श्रवणकुमार महतो र सोही

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

News

लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

News

पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

News

इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

News

युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन