स्मार्ट टेलिकमको लाइसेन्स खारेज

 Krishna Shrivastav

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम प्रालिलाई आफ्नो स्वामित्वमा रहेको सम्पत्ति हस्तान्तरण गर्न निर्देशन दिएको छ । लाइसेन्स नवीकरणका लागि शुल्कसहित आवेदन नदिएपछि नेपाल दूरसञ्चार प्राधिरकणले दूरसञ्चार ऐनअनुसार स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भएको घोषणा गर्दै उक्त निर्देशन दिएको हो । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै अनुमतिपत्र बहाल नरहेका दूरसञ्‍चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम ९ को उपनियम (१) बमोजिम दूरसञ्‍चार पूर्वाधार संरचना, दूरसञ्‍चार प्रणाली र दूरसञ्‍चार सञ्जाल चालु अवस्थामा प्राधिकरणलाई हस्तान्तरण गर्न निर्देशन दिएको हो । स्मार्टले नवीकरण दस्तुरका रुपमा मात्रै कुल २० अर्ब,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पानी जमेको खाल्डोमा डुबेर पर्सामा एक १२ महिने बालकको मृत्यु

 Krishna Shrivastav

वीरगञ्ज । पानी जमेको खाल्डोमा डुबेर पर्सामा एक १२ महिने बालकको मृत्यु भएको छ । जिल्लाको कालिकामाई गाउँपालिका–५ वीरञ्चीबर्वास्थित चापाकलको पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा जिराभवानि गाउँपालिका–३ परसवा बस्ने रसलिला महतो केवटको छोरा १२ महिने जितेन्द्र महतो केवट रहेका छन् । मंगलबार दिउँसो खेल्ने क्रममा डुबेर अशक्त भएका उनको पोखरीया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्रिकेट खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने सरकारको निर्णय

 Krishna Shrivastav

वीरगंज | एसीसी प्रिमियर कप क्रिकेट विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ । आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मंगलबार भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेटमा छनोट भएको थियो । खेलकुद पुरस्कार कार्यविधि अनुसार एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ५ लाख रुपैयाँ पुरस्कार

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

डा. सुबोधकुमार गुप्ता नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गत गठित व्यापार समितिको सभापतिमा मनोनयन

 Krishna Shrivastav

वीरगञ्ज | वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष डा. सुबोधकुमार गुप्ता नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गत गठित व्यापार समितिको सभापतिमा मनोनयन हुनु भएको छ । नेउवामहासङ्घको यहि बैशाख ३ गते बसेको पहिलो कार्यकारिणी समितिको बैठकले अध्यक्षलाई अख्तियारी प्रदान गरे बमोजिम डा. गुप्ता नेउवामहासङ्घको व्यापार समितिको सभापतिमा मनोनयन हुनु भएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गत गठित समितिहरु मध्ये एक महत्वपूर्ण समितिको रुपमा रहेको व्यापार समितिको सभापतित्वमा डा. सुबोधकुमार गुप्ताको मनोनयनले यस क्षेत्रमा रहेका व्यापार सम्बन्धी मुद्दाहरुलाई नेउवामहासङ्घ मार्फत् राष्ट्रिय मुद्दाका रुपमा रुपान्तरण गरी समाधानको लागि पहल गर्न सहज भएको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

दुर्घटना न्यूनीकरणका लागि साईकलमा स्टिकर टाँस्दै ट्राफिक प्रहरी

 Krishna Shrivastav

वीरगन्ज । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले साईकलमा स्टिकर टाँस्ने अभियान चलाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले रातको समयमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि स्टिकर टाँस्ने अभियान चलाएको हो । वीरगन्जको घण्टाघरमा ग्रामीणक्षेत्रबाट दैनिक ज्यालादारीको काम गर्न साईकलमा आउनेहरुको भीडमा आज ट्राफिक प्रहरीले उनीहरुको साईकलमा स्टिकर टासेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका हवल्दार रामेश्वर यादव र सहायक हवल्दार सुवोध यादवले साईकललाई रोकेर स्टिकर टाँसिदिएका हुँन् । साईकल यात्रीहरु आफ्नो गतिमा हिडिरहेको समयमा अध्याँरोमा नदेखिने हुँदा पछाडिबाट सवारी साधनले ठक्कर दिएर दुर्घटना हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रतिबन्धित लागु औषध गाँजा सहित एक जना मानिस पक्राउ

 Krishna Shrivastav

पर्सा।विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी गस्ती टोलीले मिति २०८०।०१।१७ गते अं.१२:३० बजेको समयमा जिल्ला पर्सा ठोरी गाउँपालिका वडा नं.५ स्थित बास वन नजिक ३ जना व्यक्तिहरूले प्रतिबन्धित लागु औषध गाँजा बोकी हिँडिरहेको अवस्थामा खटिएको गस्ती टोलीलाई देख्ना साथ दुई जना व्यक्तिहरू बोकी ल्याएको गाँजा छाडी भागी फरार भएको र जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नं.२ बस्ने वर्ष ५३ को वौद्ध सिंह घलानलाई प्रतिबन्धित लागु औषध गाँजा 48 के.जी. सहित बरामद तथा नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसुरमा मिति २०८०।०१।१९ गते पर्सा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

खुद्रा तथा विभिन्न किसिमका सामानहरू लोड रहेको ट्रक वीरगंजबाट पक्राउ

 Krishna Shrivastav

वीरगंज । बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू तथा खुद्रा मालबस्तुहरू बोकेको ट्रकहरू विरगञ्जबाट पोखरा तथा काठमाण्डौतर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेको छ। लिल्ला प्रहरी कार्यालय पर्साको मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०१।१८ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ घण्टाघर स्थित सडकखण्डबाट ना.३ ख ३९५० र ना.७ ख १६३१ नम्बरहरूको मालवाहक ट्रकहरूलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू.१,०६,००,०००।-(एक करोड छ लाख ) बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको औषधी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रतिबन्धित भारतीय नोट सहित मानिसहरू पक्राउ

 Krishna Shrivastav

पर्सा।लिल्ला प्रहरी कार्यालय पर्साको मातहत वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वा पर्साबाट वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकमा खटिएको संयुक्त चेकिङ टोलीले भारतबाट वीरगञ्जतर्फ संकास्पद पैदल हिँडी आउदै गरेको अपरिचित व्यक्तिलाई रोकी कानूनी रीतपुर्‍याई जाँच गर्दा भारत उत्तर प्रदेश जिल्ला गोरखपुर ग्राम महूई सुघरपुर बस्ने वर्ष ४२ को बिनोद कुमार गुप्ताले पछाडि भिरेको निलो रंगको झोलामा प्रतिबन्धित भारतीय रू.५०० को दरको नोट-३६३ थान रु.२०० को नोट-१३ थान, रु.१०० दरको नोट-१४५ थान रू.५० दरको नोट-२८ थान गरी जम्मा रु.२,००,०००।– ( दुई लाख ) फेला परेको हुँदा उक्त रकम बरामद

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अस्पतालबाट फरार भएका कैदी झण्डै एकमहिनापछि पक्राउ

 Krishna Shrivastav

महोत्तरी । महोत्तरीमा प्रहरीको सुरक्षामा अस्पताल आएर फरार भएका थुनुवा झण्डै एकमहिना पछि पक्राउ परेका छन् । अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान, चोरी र अपराधिक षड्यन्त्र समेतको मुद्दामा पुर्पक्षका लागि महोत्तरी कारागारमा रहेका लोहारपट्टी नगरपालिका ९ बस्ने २१ वर्षीय कृष्णा यादव पक्राउ परेका हुन् । गत चैत्र २४ गते फरार भएका यादवलाई झण्डै एकमहिना पछि हिजो राति जलेश्वर नगरपालिका ३ मलिबारास्थित लुकीछिपी हिडदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यादव कारागारमा रहेको समय बिरामी हुँदा उपचारका लागि जनकपुरधाम स्थित हाडजोर्नी तथा नशा रोग सम्बन्धि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेराप्राबि बखरीमा पाठ्यपुस्तक तथा स्टेसनरी वितरण गर्दै, वडाअध्यक्ष-मिया

 Krishna Shrivastav

पर्सा | राजन कुमार बानिया | पर्साको धोबिनी गाउँपालिका वडा नं ४ बखरीमा रहेको नेपाल रास्ट्रिय प्राथमिक बिधालय बखरीमा आज एक कार्यक्रमका बिच पाठेपुस्तक तथा स्टेसनरी वडाध्यक्ष अबास मियाँले बितरण गरेका छन। नेपाल रास्ट्रिय प्राथमिक बिधालय बखरीमा अध्यनरत कक्षा १ देखि ५ सम्मका बालबालिका हरुलाई बितरण गरिएको हो। न्या शत्र सुरु भएकोले सम्यमा नै बिधार्थी हरुलाई पाठेपुस्तक र स्टेसनरी बितरण गरिएको वडा सदस्य कमल ठाकुरले जनाएका छन। वडाध्यक्ष अबास मियाँले बिधालयको अनुगमन गरि बिधालयको अवस्था बारे जानकारी समेत लिनु भएको थियो। बिधालयमा भएको कमीकमजोरी लाई छिटै नै समधान गरिने बताए

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, शिक्षा समाचार, समाचार  संग सबंधीत छ |

मधेश विश्वविद्यालयमा कानून र सामान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने तयारीमा

 Krishna Shrivastav

वीरगञ्ज । मधेश विश्वविद्यालयले चालू शैक्षिक सत्रबाट कानून र सामान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । स्थापनाकालदेखि नै भौतिक पूर्वाधार र जनशक्तिको आभाव खेप्दै आएको मधेश विश्वविद्यालयले चालू शैक्षिक सत्रदेखि बिएएलएलबी र सामान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने अन्तिम तयारीमा जुटेको हो । सोको लागि प्रारम्भिक कार्य पूरा गरी विश्वविद्यालयद्वारा गठित पाठ्यक्रम विकास समिति र काठमाडौँ विश्वविद्यालयको विज्ञ टोलीले पाठ्यक्रम निर्माण गरिरहेको मधेश विश्वविद्यालयका उपकुलपति दीपक शाक्यले जानकारी दिनुभयो । यही शैक्षिक शत्रबाट कानून र सामान्य जनप्रशासन गरी दुई वटा सङ्कायको कक्षा सञ्चालन गर्ने तयारीमा जुटेको उहाँको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, शिक्षा समाचार, समाचार  संग सबंधीत छ |

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आगलागी, कार्यालयको सेवा अवरुद्ध

 Krishna Shrivastav

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीको नागरिकता प्रतिलिपि फाँटमा आगलागी भएको छ । आगलागी भएपछि कार्यालयको सेवा समेत अवरुद्ध भएको हो । आज बिहान विधुत सर्ट भएर कार्यालयको उक्त फाँटमा आगलागी भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । उहाँका अनुसार कार्यालयमा आज बिहान पौने ६ बजेतिर आगलागी भएको हो ।आगलागीबाट नागरिकता प्रतिलिपी फाँटमा रहेका दुई थान कम्प्युटर, दुई थान प्रिन्टर र दुई थान स्क्यानर लगायतका सामग्री जलेको छ । दमकलले पानी फाल्ने क्रममा राहदानी फाँटका थप दुई थान कम्प्युटरमा समेत क्षति पुगेको कार्यालयले जनाएको छ । प्रमुख जिल्ला

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

स्रोत नखुलेको भारतिय रुपैँया सहित भारतिय नागरिक पक्राउ

 Krishna Shrivastav

वीरगञ्ज । पर्साबाट प्रहरीले एकजना भारतिय नागरिकलाई स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ गरेको छ । प्रहरीले वीरगंज महानगर–१६ रजतजयन्ती चोकबाट भारत घर भएका ३९ वर्षीय अमित कुमार सिंहलाई हिजो राति पक्राउ गरेको हो । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले भारतको रक्सौलतर्फ पैदल जाँदै गरेका सिंहलाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको ३ लाख ७५ हजार ८ सय भारतीय रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट २ हजार दरका २१ थान, ५ सय दरका ६ सय ४४ थान, २ सय दरका ३३ थान र १ सय दरका ४५

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

शिक्षास्तर उकास्न सरकारले ध्यान नदिएको गुनासो

 Krishna Shrivastav

जनकपुर | जनकपुरधाममा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा केन्द्रका उपमहानिर्देशक तथा प्रवक्ता रुद्रप्रसाद अधिकारीले सरकारले शिक्षास्तर उकास्न ध्यान नदिएको गुनासो गरेका छन्। सरोकारवालाहरुले शिक्षक दरबन्दीको समस्या देशमा दशकौं देखि रहेपनि समस्या समाधानमा कुनै पनि सरकारले ध्यान नदिँदा शिक्षास्तर उकास्न अप्ठेरो भइरहेको उनले बताए। अधिकारीले २०७५ साल देखिनै ५३ हजार शिक्षकको दरबन्दी देशमा परिपूर्ति गर्न बाँकी रहेको बताउदै त्यसयता अहिलेसम्म एउटासमेत शिक्षक दरबन्दी थप गर्न नसकिएको बताए। केन्द्रका उपमहानिर्देशक तथा प्रवक्ता अधिकारीले शिक्षा क्षेत्रमा एक त नेपाल सरकारको बजेट पर्याप्त नहुने गरेको सुनाए।

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कोभिड अपडेट : ५५ जना संक्रमित थपिँदा ५३ जना संक्रमणमुक्त

 Krishna Shrivastav

वीरगंज | मंगलबार देशभर ५५ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १ हजार ७१८ जनामा गरिएको नमूना परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो। ५५ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा हाल देशभर २५२ जना सक्रिय संक्रमित रहेका छन्। हाल सक्रिय संक्रमितमध्ये २५ जना संस्थागत आइसोलेशनमा र ११ जना आइसियूमा उपचाररत रहेका छन्। ​मंगलबार ५३ जना संक्रमणमुक्त भएका छन्।


आन्दोलनरत चिकित्सक भन्छन् : आयोगका पदाधिकारी ‘ध्रुवे हात्ती’ जस्ता भए

 Krishna Shrivastav

काठमाडौं | एमडी/एमएस, एमबिबिएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरित भर्ना प्रक्रियाविरुद्ध चिकित्सकहरुले मंगलबार पनि शान्तिपूर्ण प्रदर्शन गरेका छन्। मंगलबार माइतीघर मण्डलामा भेला भएर चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र एमडी/एमएस, एमबिबिएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरित भर्ना प्रक्रियाविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। उनीहरुले आज २२ औं दिनसम्म पनि सरकार र सम्बन्धित निकायहरुले आफ्ना मागहरु पूरा नगरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग डा. छवि पन्थीले एमडी/एमएसको प्रवेश परीक्षाको नतिजामा वैज्ञानिक व्यवस्थापन हुन नसकेको बताए। उनले योग्यताक्रम मिचेर भर्ना प्रक्रिया

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपाली क्रिकेट टिमलाई सांसद यादव र मेयर सिंहले पनि दिए बधाई

 Krishna Shrivastav

वीरगन्ज | पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य तथा पुर्व वन तथा वातावरणमन्त्री प्रदीप यादवले एसीसी प्रिमियर कप क्रिकेटको विजेता बन्दै एसिया कपमा छनौट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएका छन् । मंगलबार नेपालले युएईविरुद्धको खेलमा जित निकालेपछि सांसद यादवले बधाई दिँदै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारले थप प्रोत्साहन र पुरस्कृती गर्नु पर्नेमा जोड दिएका छन् । सामाजिक सञ्जालमा सांसद यादवले लेखेका छन् , ‘ नयाँ इतिहास रच्दै नेपाललाई एसिया कपसम्म पुर्याउने नेपाली क्रिकेट टिमका प्रत्येक खेलाडीलाई सलाम । तपाईँहरूको निरन्तर अभ्यास, प्रयास, महिनेत र लगनशीलताले आज

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

घडीअर्वाको ब्रम्ह बाबा मन्दिरमा मूर्ती स्थापनाका लागि भव्य कलश यात्रा

 Krishna Shrivastav

वीरगन्ज | वीरगन्ज महानगरपालिका वडा नम्बर १० घडीअर्वास्थित ब्रम्ह बाबाको मन्दिरमा जाट जाटीन भगवानको मुर्तीको प्राण प्रतिष्ठानका लागि मंगलबार भव्य कलश यात्रा निकालिएको छ । ब्रम्ह बाबाको मन्दिरमा चाँदीबाट निर्मित जाट जाटीन भगवानको मुर्तीको प्राण प्रतिष्ठान् बुधबार गरिने भएकोले त्यसको एकदिन पहिले आज मंगलबार भव्य कलश यात्रा निकालिएको हो । मंगलबार बिहान घडीअर्वा पोखरीबाट कलशमा जल भरेर सुरु भएको कलश यात्रा माइस्थान , आदर्शनगर , अलखीयामठ हुदै ब्रम्ह बाबा मन्दिरमा पुगेर पूजापाठ गरि सम्पन्न भएको स्थानीय सोनालाल साह कानुले जानकारी दिए । कलश यात्रामा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, वडा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

News

इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

News

युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

News

दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

News

आज आइतबारको राशिफल